Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

सांस्कृतिक चेतना कमजोर हुँदा राजनीति पनि खलबलियो : ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
सांस्कृतिक चेतना कमजोर हुँदा राजनीति पनि खलबलियो : ओली
Photo / Coverage: पर्दाफास

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सांस्कृतिक तथा नैतिक चेतना कमजोर बन्दै जाँदा राजनीतिक वातावरणसमेत अस्थिर बनेको टिप्पणी गरेका छन्। सोमबार भक्तपुरमा एमाले जिल्ला कमिटीले बडादसैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले समाजमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा स्वार्थ तथा विध्वंसको प्रवृत्ति हाबी हुन थालेको बताएका हुन्। राजनीति र समाजमा देखिएका विकृतिलाई सांस्कृतिक मूल्यमा आएको ह्राससँग जोड्दै उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको सट्टा तोडफोड र आगजनी गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए। निर्माण भएका संरचना ध्वस्त पार्ने गतिविधिले विकासको गति मात्र अवरुद्ध नगरी सामाजिक सद्भाव र देशको प्रतिष्ठामा समेत असर पार्ने उनको भनाइ थियो। ओलीले आफ्नो नेतृत्वमा सरकार रहेका बेला सार्वजनिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको दाबी गरे। गोदावरीमा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको सभागृह, विभिन्न स्थानका रंगशाला तथा अन्य संरचनालाई उनले त्यसका उदाहरणका रूपमा प्रस्तुत गरे। भक्तपुरमा समेत ठूला सार्वजनिक तथा सामुदायिक सभा हल आवश्यक रहेको उल्लेख गर्दै ओलीले सामान्य कार्यक्रम आयोजना गर्न पनि निजी पार्टी प्यालेसमा निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए। सार्वजनिक उपयोगका संरचना निर्माणमा राज्यले ध्यान दिनुपर्ने उनको भनाइ थियो। भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्दा पहिलेभन्दा बलियो र व्यवस्थित बनाउने प्रयास गरिएको उल्लेख गर्दै उनले दशरथ रङ्गशालाको पुनर्निर्माण तथा पोखरालगायतका स्थानमा खेल पूर्वाधार विकास गरिएको बताए। विकासका उपलब्धि संरक्षण गर्न नसकिए नयाँ निर्माणको अर्थ नरहने उनको आशय थियो। ओलीले भाटभटेनी सुपरमार्केटका २१ वटा शाखामा भएको तोडफोड, लुटपाट र आगजनीको प्रसङ्गसमेत उठाए। यस्ता घटनाले निजी तथा सार्वजनिक सम्पत्तिको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको भन्दै उनले हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूको आलोचना गरे। सांस्कृतिक संरक्षणलाई चाडपर्व मनाउने औपचारिकतामा मात्र सीमित राख्न नहुने उनको धारणा थियो। मानिसको व्यवहारमा इमानदारी, सद्भाव, करुणा र सामाजिक उत्तरदायित्व कायम हुनुपर्नेमा उनले जोड दिए। समाजमा बढ्दो घृणा, असत्य र विध्वंसको प्रवृत्ति रोक्न सकारात्मक सोच तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै ओलीले निर्माण, संरक्षण र जिम्मेवारीबोधको संस्कारलाई सामाजिक तथा राजनीतिक जीवनको आधार बनाउनुपर्ने बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युवराजको शतक मद्दतमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य
OthersJust now

युवराजको शतक मद्दतमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

क्यानडाका ओपनर समेत रहेका सम्राले एनपीएलमा आफ्नो दोस्रो खेल खेल्दै शतक बनाएका हुन् । यस सिजन एनपीएलमा शतक प्रहार गर्ने युवराज पहिलो खेलाडी हुन् । ...

अनलाइन खबर
फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’
OthersJust now

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ । नेपाली युवाको पहलमा तयार भएको यस प्लेटफर्ममा हाल १५ हजार ३०० भन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । फेसबुक, टिकटक र अन्य अन्तर्राष्ट्रिय सामाजिक सञ्जालको प्रयोग बढिरहेका बेला नेपाली समुदाय, भाषा, संस्कृति र सिर्जनशीलतालाई प्राथमिकता दिएर थोप्ला विकास गरिएको हो । नेपालमा मात्र ...

पर्दाफास
पटका पड्काएपछि दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा
OthersJust now

पटका पड्काएपछि दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा

दीपावलीपछि सोमबार बिहान दिल्लीको वायु गुणस्तर खतरनाक अवस्थामा पुगेको छ । आइतबार राति मानिसहरूले ठूलो मात्रामा पटका पड्काएपछि सोमबार बिहान दिल्लीका विभिन्न क्षेत्रमा हुस्सु र धुवाँका कारण दृश्यता (भिजिबिलिटी) समेत निकै कम भएको थियो । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार दिल्लीको पटपडगञ्जमा वायु गुणस्तर सूचकांक ९एक्यूआई० ४१८, आईटीओमा ४०६, राजीव चोकमा ३८१ र… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play