Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

Share:WhatsAppFacebookX (Twitter)Telegram
फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’
Photo / Coverage: पर्दाफास

नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ । नेपाली युवाको पहलमा तयार भएको यस प्लेटफर्ममा हाल १५ हजार ३०० भन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । फेसबुक, टिकटक र अन्य अन्तर्राष्ट्रिय सामाजिक सञ्जालको प्रयोग बढिरहेका बेला नेपाली समुदाय, भाषा, संस्कृति र सिर्जनशीलतालाई प्राथमिकता दिएर थोप्ला विकास गरिएको हो । नेपालमा मात्र नभई अस्ट्रेलिया, अमेरिका, बेलायत, जापान, खाडी मुलुकलगायत विश्वका विभिन्न देशमा रहेका नेपालीलाई एउटै डिजिटल सञ्जालमा जोड्ने यसको मुख्य उद्देश्य छ । चितवनका उज्ज्वल खनालको पहलमा सुरु भएको थोप्लाको अवधारणा सन् २०२१ तिरै अघि सारिएको थियो। अस्ट्रेलियामा अध्ययन र रोजगारीसँगै सूचना प्रविधिप्रतिको रुचिलाई निरन्तरता दिँदै उनले साथीहरूसँग मिलेर यस प्लेटफर्मलाई थप विकसित गरेका हुन्। थोप्लामा प्रयोगकर्ताले फोटो, भिडियो, स्टोरी तथा छोटा भिडियो ९रिल्स० सार्वजनिक गर्न, एकअर्कालाई फलो गर्न, कमेन्ट तथा सन्देश आदानप्रदान गर्न सक्छन्। साथै, अडिओ तथा भिडियो कल र सामूहिक कुराकानीका लागि च्याट रुमको सुविधा पनि उपलब्ध छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
९ तहसम्म ट्रान्स्फर भएको पैसा १५ मिनेटमै रोक्का, एन्टिस्क्याम सेन्टरको हटलाइन ‘१२४७’
OthersJust now

९ तहसम्म ट्रान्स्फर भएको पैसा १५ मिनेटमै रोक्का, एन्टिस्क्याम सेन्टरको हटलाइन ‘१२४७’

नेपाल राष्ट्र बैंकका अनुसार स्क्यामरले ९ तहसम्म ट्रान्स्फर गरेको रकम एन्टिस्क्याम सेन्टरले १५ मिनेटमै रोक्का राख्न सफल भएको छ । ...

अनलाइन खबर
रास्वपा सांसद खत्रीलक्षित बस्नेतको टिप्पणी– एक लाख पनि बजेट ल्याउन नसक्ने
OthersJust now

रास्वपा सांसद खत्रीलक्षित बस्नेतको टिप्पणी– एक लाख पनि बजेट ल्याउन नसक्ने

२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका सविच महेश बस्नेतले भक्तपुरको विकास बजेट र जनप्रतिनिधिको क्षमतामाथि प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीमाथि टिप्पणी गरेका छन् । सोमबार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादशैं, शुभदीपावली, नेपाल संवत ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भक्तपुरवासीको… ...

अनलाइन खबर
चार दिनमै ५०७ करोड कमायो ‘रामायणः पार्ट–१’ले, बन्यो वर्षकै तेस्रो सर्वाधिक कमाउने फिल्म
OthersJust now

चार दिनमै ५०७ करोड कमायो ‘रामायणः पार्ट–१’ले, बन्यो वर्षकै तेस्रो सर्वाधिक कमाउने फिल्म

नितेश तिवारीको निर्देशनमा बनेको फिल्म ‘रामायणः पार्ट–१’ले प्रदर्शनको चार दिनमै विश्वभरबाट ५०० करोड भारुभन्दा बढी कमाइ गरेको छ । प्रदर्शनको सुरुवाती दिनदेखि नै बक्स अफिसमा आक्रामक देखिएको फिल्मले चौथो दिनसम्म आइपुग्दा ५०७ करोड २० लाख भारु कमाएको हो । यो कमाइसँगै फिल्म सन् २०२६ मा सर्वाधिक कमाउने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा पुगेको छ ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play