सवारी दुर्घटनामा १० को मृत्यु, १४१ जना घाइते

काठमाडौं। देशका विभिन्न जिल्लामा गएको २४ घण्टामा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्। प्रहरीका अनुसार ललितपुर, मकवानपुर, उदयपुर, सप्तरी, सर्लाही, रौतहट र बाँकेमा दुर्घटनामा परी १० जनाले ज्यान गुमाएका हुन्। घाइतेमध्ये कोसी प्रदेशमा सबैभन्दा बढी ४२ जना छन्। मधेस प्रदेशमा ३८, लुम्बिनीमा ३२, बागमती प्रदेशका काठमाडौं उपत्यकाबाहेकका जिल्लामा ८, सुदूरपश्चिममा ८, गण्डकीमा ५, काठमाडौं उपत्यकामा ५ र कर्णाली प्रदेशमा ३ जना घाइते भएका प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान
यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ। उत्पादनदेखि उपभोक्तासम्म ... ...

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी
काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका विभिन्न परियोजना अनुकूलन कोषबाट स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएकी छन् । नेपालले जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका ३ वटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले शुक्रबार स्वीकृत गरेको हो । […] ...

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका विभिन्न परियोजना अनुकूलन कोषबाट स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएकी... ...

पाकिस्तानमा एलपीजी ग्यास सिलिन्डरको मूल्यले छोयो आकाश
पाकिस्तानमा एलपीजी ग्यास सिलिन्डरको मूल्य ह्वात्तै बढेको छ। ...


