Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालासम्बन्धी जिल्ला र उच्च अदालतका फैसला सदर गर्दै धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने ठहर गरेको छ । यससँगै पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषमै रहने कानुनी आधार थप बलियो भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले मारवाडी सेवा समितिले दायर गरेको मुद्दा दोहोर्‍याएर हेरिपाऊँ भन्ने निवेदनमा अनुमति नदिने आदेश जारी गरेको हो । सर्वोच्चले उच्च अदालत पाटनको २०८३ वैशाख २१ गतेको फैसलामा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याएर हेर्नुपर्ने अवस्था नदेखिएको भन्दै अनुमति दिन अस्वीकार गरेको छ । विवाद साविक पशुपति वडा नं. २ स्थित कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गासँग सम्बन्धित छ । उक्त जग्गामा मारवाडी सेवा समितिको मोही हक नरहेको ठहर जिल्ला अदालत काठमाडौँले गरेको थियो । उच्च अदालत पाटनले उक्त फैसला सदर गरेको थियो । काठमाडौँ जिल्ला अदालतका तत्कालीन न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले २०८१ असोज १६ गते गरेको फैसलाको पूर्णपाठमा पशुपति गौशाला धर्मशालाको जग्गामा समितिको मोही हक स्थापित नहुने उल्लेख छ । फैसलामा साविकदेखि पशुपति गौशाला धर्मशाला नामको कुनै संस्था अस्तित्वमा रहेको नदेखिएको र मारवाडी सेवा समितिले २०६० जेठ १२ गते पशुपति अमालकोट कचहरीसँग सम्झौता गर्दा उक्त तथ्य स्वीकार गरेको उल्लेख गरिएको छ । जिल्ला अदालतको फैसला उच्च अदालतबाट सदर भएपछि मारवाडी सेवा समितिले २०८१ मङ्सिर २१ गते पशुपति क्षेत्र विकास कोष, कोषका तत्कालीन सदस्य–सचिव डा मिलनकुमार थापासहित १२ जनालाई विपक्षी बनाएर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतबाट पशुपति गौशाला धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नरहेको ठहर कायम भएको छ । यसले धर्मशालाको व्यवस्थापन र सञ्चालन कोषको मातहतमा ल्याउने बाटो स्पष्ट गरेको छ । The post सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चार महिनामा एक लाख १२ हजारभन्दा बढी पर्यटक मुस्ताङ भित्रिए
Latest NewsJust now

चार महिनामा एक लाख १२ हजारभन्दा बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक लाख १२ हजार ४८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार साउनदेखि कात्तिक मसान्तसम्म भित्रिने कुल पर्यटकमध्ये ५७ हजार... ...

रातोपाटी
क्वालिफायरमा विपक्षी को छ भन्ने कुराले खासै फरक पार्दैन : कामिल मिशारा
Latest NewsJust now

क्वालिफायरमा विपक्षी को छ भन्ने कुराले खासै फरक पार्दैन : कामिल मिशारा

काठमाडौँ । चितवन राइनोजका ब्याटर कामिल मिशाराले व्यक्तिगत कीर्तिमानभन्दा टोलीको जित महत्त्वपूर्ण रहेको बताएका छन् । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई ६१ रनले हराउँदै चितवन दोस्रो... ...

रातोपाटी
सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत
Latest NewsJust now

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत

• सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने ठहर गर्दै जिल्ला र उच्च अदालतका फैसला सदर गरेको छ। • यस निर्णयले पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषमा रहने कानुनी आधारलाई बलियो बनाएको छ। • तीन तहका अदालतहरूले मारवाडी सेवा समितिको मोही हक नरहेको ठहर गर्दै धर्मशालाको व्यवस्थापन र सञ्चालन कोषको मातहतमा ल्याउने ...

नेपालबहस
पाथीभरा केबलकारको काम रोकिएकै बेला ‘नो केबलकार समूह’ले दियो आन्दोलनको चेतावनी
Latest NewsJust now

पाथीभरा केबलकारको काम रोकिएकै बेला ‘नो केबलकार समूह’ले दियो आन्दोलनको चेतावनी

ताप्लेजुङ सदरमुकाम फुङलिङ, काठमाडौंको माइतीघरलागायतका स्थानमा पत्रकार सम्मेलन तथा विरोध प्रदर्शन गरेर निर्माणको चलखेल भएको भन्दै खबरदारी गरिएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play