Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सर्लाहीमा यात्रुवाहक भ्यान र ट्रक ठोक्किँदा १२ जना घाइते

सर्लाहीमा यात्रुवाहक भ्यान र ट्रक ठोक्किँदा १२ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्लाहीमा यात्रुवाहक भ्यान र ट्रक ठोक्किँदा १२ जना घाइते

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक विद्युतीय भ्यान र साबुन बनाउन प्रयोग हुने रासायनिक पदार्थ बोकेको ट्रक ठोक्किँदा १२ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०४–००१ ज ००५७ नम्बरको विद्युतीय भ्यान र विपरीत दिशाबाट आउँदै गरेको कोशी प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल पठाइएको छ। गम्भीर घाइते रञ्जित रामलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक चालक मोरङको बूढीगंगा गाउँपालिका–४ क्याम्पसचोकका करिब ३५ वर्षीय विष्ण्ॉप्रसाद चौलागाईंलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय केशरगञ्ज पठाइएको छ । दुर्घटनामा परेका दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरमा ल्याउने प्रक्रिया अघि बढाइएको छ। दुर्घटनाका कारण राजमार्गमा सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ । The post सर्लाहीमा यात्रुवाहक भ्यान र ट्रक ठोक्किँदा १२ जना घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

चितवनमा तीन महिनामा ३ हजार ६२ जनाले लिए वंशजका आधारमा नागरिकता
ताजा खबरJust now

चितवनमा तीन महिनामा ३ हजार ६२ जनाले लिए वंशजका आधारमा नागरिकता

काठमाडौं। चितवनमा चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन महिनाको अवधिमा तीन हजार ६२ जनाले वंशजका आधारमा नेपाली नागरिकता लिएका छन्। जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त संख्यामा नागरिकता जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विकास विकका अनुसार जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता लिएका ...

नेपालन्युज
सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते
ताजा खबरJust now

सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते

जनार्जन खत्रीसर्लाही, कात्तिक ७ गते । पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलमा शनिबार ट्रक र इभी गाडी ठोक्किँदा १२ जना घाइते भएका छन् । सर्... ...

गोरखापत्र
सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?
ताजा खबरJust now

सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?

काठमाडौं । गत ४ कात्तिकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुनसरीबाट विभिन्न प्रकारका लागूऔषधसहितको मोटरसाइकल बरामद ग¥यो । लागूऔषधसहितको मोटरसाइकल बरामदपछि अहिले सामाजिक सञ्जालमा सुरक्षाकर्मीलाई दोषी देखाउन अनेक प्रयास भएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा त्यस दिन दिउँसो साढे २ बजे सुनसरीको भोक्राह […] ...

लोकपथ
छ महिनाभित्र जानकी आँखा अस्पतालमा सुधार गर्ने सांसद झाको प्रतिबद्धता
ताजा खबरJust now

छ महिनाभित्र जानकी आँखा अस्पतालमा सुधार गर्ने सांसद झाको प्रतिबद्धता

झाले जनकपुरधामस्थित जानकी आँखा अस्पतालको सेवा प्रवाह र व्यवस्थापन सुधार गर्न आगामी ६ महिनाभित्र देखिने परिवर्तन ल्याउने प्रतिबद्धता ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play