सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते

पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलमा शनिबार ट्रक र इभी गाडी ठोक्किँदा १२ जना घाइते भएका छन् । सर्लाहीबाट पूर्व बर्दिबासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक ठोक्किँदा इभीमा सवार मानिसहरू घाइते भएका हुन् । दुर्घटनामा बाराको महागढीमाई नगरपालिका ६ का ४१ वर्षीय कामेश्वर सहनी, सोही नगरपालिकाको वडा नं। ९ का ४८ वर्षीय राजेन्द्र राम, बाराकै सुवर्ण गाउँपालिका ४ बस्ने ३७ वर्षीय रञ्जित राम, ४५ वर्षीय भवन राम, ४० वर्षीय रामदेव राम, ४० वर्षीय विनोद राम, ४७ वर्षीय रुदल राम, सुवर्ण गाउँपालिका ७ बस्ने ६३ वर्षीय हरिहर राम घाइते भएका छन् । त्यस्तै बाराकै कलैया उपमहानगरपालिका २६ बस्ने ३७ वर्षीय नन्दन राम, ३७ वर्षीय उमेश राम, बाराको पचरौता नगरपालिका ७ बस्ने ५५ वर्षीय राम सन्देश राम र बाराकै सिम्रौनगढ नगरपालिका ४ बस्ने ४० वर्षीय नवलकिशोर राम घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये सुवर्ण गाउँपालिका ४ बस्ने ३७ वर्षीय रञ्जित रामको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि एलएस न्युरो अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको मोडेल अस्पताल लाल बन्दीमा उपचार भइरहेको सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेका सवारी प्रहरी चौकी फूल जोरमा ल्याएर राखिएको छ । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इन्स्पेक्टर केसीले बताए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

जो सडकमा ज्यान गुमाउँछन्, तर तथ्याङ्कमा पर्दैनन्
सरकारी तथ्याङ्कअनुसार नेपालका सडकमा दैनिक करिब ७ जनाको मृत्यु हुन्छ, तर विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनले यो सङ्ख्या २३ रहेको देखाउँछ। यो केवल तथ्याङ्कीय भिन्नता होइन, हाम्रो संस्थागत असफलताको डरलाग्दो चित्र हो। ...

धनुषामा श्रीमतीको हत्या, श्रीमान् मृत फेला
धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या भएको छ भने श्रीमान् पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घटनामा उनीहरूको चार वर्षीय छोरा घाइते अवस्थामा फेला परेका छन् । गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवको शव झुण्डिएको अवस्थामा मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा फेला परेको छ । उक्त स्थानबाट १ किलोमिटर टाढा मिथिलेश्वरस्थित ससुरालीमा ...

बिग बोस : प्रतियोगीको हर्कत देखेर किन झोक्किए रोहित शेट्टी ?
सलमान खानले सञ्चालन गर्दै आएको ‘बिग बोस २०’ अहिले चर्चामा छ । यसपटकको ‘वीकेन्डका वार’मा रोहित शेट्टीले कार्यक्रम सञ्चालन गरेका थिए । उनले स्काउट र लव गिलबीचको निकटतालाई लिएर प्रश्न उठाउँदै उनीहरूलाई सचेत गराए । काश्वीले लवलाई सोधिन् प्रश्न ‘वीकेन्डका वार’को एउटा प्रोमो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा स्काउटकी प्रेमिका काश्वी बिग… ...

चितवनमा दसैंमा घट्यो सवारी दुर्घटना
८ कात्तिक, नारायणगढ (चितवन) । चितवनमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष सवारी दुर्घटना करिब ७३ प्रतिशतले कमी आएको हो । कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को दसैँ अवधिमा जिल्लामा ३३ वटा सवारी दुर्घटना… ...


