Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

सर्लाहीको बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, चार जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्लाहीको बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, चार जना पक्राउ
Photo / Coverage: लुम्बिनी सञ्चार

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने फरार रहेका छन् । प्रहरीका अनुसार २०८३ मंसिर ६ गते राति करिब ८ः३० बजे अस्पतालमा उपचारका क्रममा ९ महिनाकी गर्भवती २१ वर्षीया सीमा राम देवी बेहोस भएपछि उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण यस्तो अवस्था आएको भन्दै अस्पतालको आकस्मिक (इमरजेन्सी) कक्षमा आगजनी तथा तोडफोड गरेका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो । बेहोस अवस्थामा रहेकी सीमा राम देवीलाई थप उपचारका लागि चन्द्रनिगाहपुर प्रा.ली. अस्पताल लगिएकोमा चिकित्सकले राति १०ः५३ बजे मृत घोषणा गरेका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गजुरा नगरपालिका–९ सिमराका ४२ वर्षीय भुसेनि महरा र २० वर्षीय राजन रामलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ । घटनामा संलग्न रहेको आशंकामा अस्पतालमा करारमा कार्यरत धिरज महरा र सुरेश महरा भने फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगजनी तथा तोडफोडका क्रममा अस्पतालको आकस्मिक कक्षमा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । घटनापछि अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भोलिपल्ट बिहान ६ः१५ बजेसम्म अस्पताल क्षेत्रको अवस्था सामान्य रहेको थियो । यस घटनाले अस्पतालमा उपचाररत गर्भवती महिलाको मृत्यु र त्यसपछि उत्पन्न तनावका साथै स्वास्थ्य संस्थाको सुरक्षा तथा चिकित्सकीय लापरबाहीको आरोपमाथि निष्पक्ष छानबिनको माग गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज, साँझसम्म नयाँ नेतृत्व चयनको तयारी
Latest NewsJust now

देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज, साँझसम्म नयाँ नेतृत्व चयनको तयारी

रुपन्देही । नेपाली कांग्रेसको देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज दाङको भालुवाङमा सुरु हुँदैछ। अधिवेशनलाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, डा. शशांक कोइराला, एनपी साउद, विमलेन्द्र निधिलगायतका नेताहरू दाङ आउने... ...

रातोपाटी
पुर्ख्यौली धानखेतीबाट वार्षिक चार लाखभन्दा बढी आम्दानी
Latest NewsJust now

पुर्ख्यौली धानखेतीबाट वार्षिक चार लाखभन्दा बढी आम्दानी

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले यस वर्ष ७० मुरी धान फलाएका छन्। पुर्ख्यौली खेतीकिसानीलाई निरन्तरता दिँदै आएका उनले गौरिया जातको धानबाट चामल उत्पादन गरी वार्षिक चार लाख... ...

रातोपाटी
पाँचौँ पटक म्याद थप्दा पनि अधुरै प्रशासकीय भवन
Latest NewsJust now

पाँचौँ पटक म्याद थप्दा पनि अधुरै प्रशासकीय भवन

नवराज नेपालीबागलुङ, मङ्सिर ७ गते । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको बागलुङको जैमिनी नगरपालिकाको प्रशासकीय भवन पाँच वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन... ...

गोरखापत्र
भारतसँगको विश्वासको दूरी घटाउन प्रधानमन्त्री बालेनलाई ज्ञवालीको सुझाव
Latest NewsJust now

भारतसँगको विश्वासको दूरी घटाउन प्रधानमन्त्री बालेनलाई ज्ञवालीको सुझाव

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा दुई देशबीच बढेको अविश्वास अन्त्य गर्दै सम्बन्ध सुधारलाई प्राथमिकता दिन सुझाव दिनुभएको छ । भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै ज्ञवालीले पछिल्लो समय नेपाल र भारतबीच आपसी विश्वासको संकट देखिएको उल्लेख गर्दै त्यसलाई पुनःस्थापित गर्न प्रधानमन्त्री शाहले पहल गर्नुपर्ने बताउनुभएको हो । गत वर्ष सेप्टेम्बरका घटनाक्रम, त्यसपछि सम्पन्न निर्वाचन र नयाँ सरकार ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement