Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

सरकारी कागजात किर्तेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारी कागजात किर्तेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
Photo / Coverage: पर्दाफास

सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ परेका छन्। वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँ सभा सञ्चालन तथा नीति तथा कार्यक्रम पारित गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं सूचना अधिकारी वेदप्रसाद गौतमका अनुसार मंगलबार दिउँसो करिब ५ बजे बसबरिया गाउँपालिका–१ स्थित आफ्नै निवासबाट ५५ वर्षीय अध्यक्ष रायलाई पक्राउ गरिएको हो। मिति २०८० साल असार १० गते आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम पारित गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो। उजुरीमा गाउँसभामा सहभागी नभएकी वडा सदस्यको हस्ताक्षर नक्कली रूपमा प्रयोग गरी गाउँ सभा सम्पन्न भएको देखाइएको तथा सोही आधारमा नीति तथा कार्यक्रम पारित गरिएको उल्लेख गरिएको थियो। उक्त उजुरीपछि प्रहरीले सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी घटनाको अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा सर्लाही जिल्ला अदालतबाट मिति २०८३ साल असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले अध्यक्ष रायलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका अध्यक्ष रायमाथि सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पूर्वाधार विकास मन्त्रालयका ७ इन्जिनियर सेवाबाट हटाइए
OthersJust now

पूर्वाधार विकास मन्त्रालयका ७ इन्जिनियर सेवाबाट हटाइए

२ मंसिर, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको हो । सेवाबाट हटाइएकामध्ये ६ जना कार्यालयमा हाजिर नभएको र एक जना स्वीकृत नगराई… ...

अनलाइन खबर
कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी
OthersJust now

कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

२ मंसिर, काठमाडौं । कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी भएको छ । कीर्तिपुर प्रहरी वृत्तका अनुसार मंगलबार बिहान केन्द्रमा चोरी भएको हो । प्रहरीका अनुसार केन्द्रबाट एक थान कम्यप्युटर र ड्रोनमा प्रयोग हुने ब्याट्री चोरी भएको छ । चोरीको समयमा सीसीक्यामेरामा कैद भएको भिडियो फुटेज सार्वजनिक गर्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सामाजिक सञ्जालमार्फत… ...

अनलाइन खबर
गोलबजारमा लामो समयदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्र सेवा सुरु
OthersJust now

गोलबजारमा लामो समयदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्र सेवा सुरु

२ मंसिर, सिरहा । सिरहाको गोलबजार नगरपालिकामा लामो समयदेखि अवरुद्ध रहेको राष्ट्रिय परिचयपत्र बनाउने सेवा मंगलबारदेखि पुनः सञ्चालनमा आएको छ। सेवा सुरु भएसँगै नगरपालिकाका १३ वटै वडाका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सहज हुने अपेक्षा गरिएको छ। गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठ, उपप्रमुख मान्तीदेवी साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार कर्णलगायत वडा अध्यक्षहरूको उपस्थितिमा सेवाको… ...

अनलाइन खबर
लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर
OthersJust now

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर

१. ४९ औँ आसियान शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?  सन् २०२६ नोभेम्बर १५–१७, मनिला, फिलिपिन्स – उद्घाटन : फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरद्वारा – प्रमुख... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play