Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एशिया भ्रमणमा ट्रम्प : मनिला र सेन्जेनमा महत्वपूर्ण भेटघाट

Share:WhatsAppFacebookX (Twitter)Telegram
एशिया भ्रमणमा ट्रम्प : मनिला र सेन्जेनमा महत्वपूर्ण भेटघाट
Photo / Coverage: केन्द्रबिन्दु

मनिला । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दक्षिणपूर्वी एसियाली (आशियान) शिखर सम्मेलनमा सहभागी हुन फिलिपिन्सको मनिला आइपुग्दै छन् । उनले त्यहाँ इन्डो-प्यासिफिक देशहरूको ‘क्वाड’ समूहका नेताहरूको बैठकमा पनि सहभागिता जनाउनेछन् । ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति चुनिएपछि क्वाडको बैठक बस्न लागेको यो पहिलोपटक हो । क्वाडमा अमेरिका, जापान, अष्ट्रेलिया र भारत सदस्य छन् । ट्रम्पले यस एसिया भ्रमणमा चीनको शेन्जेनमा हुने एपेक मञ्चमा सहभागिता जनाउनेछन् । यस मञ्चमा विश्वका २१ अर्थतन्त्र संलग्न छन् । त्यसमध्ये १२ अर्थतन्त्रका प्रमुख नेता सम्मेलनमा सहभागी हुँदैछन् । ट्रम्पले यही सम्मेलनको साइडलाइनमा बिहीबार चिनियाँ राष्ट्रपति सी चीनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन् । यस भेटमा इरान युद्ध, एआईको विकास तथा विभिन्‍न राजनीतिक मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ । मनिलामा ट्रम्पको भ्रमणविरुद्ध विरोध प्रदर्शन हुन सक्नेछ। यसअघि नै त्यहाँ पश्चिम एशिया द्वन्द्वको विरोध गर्दै ट्रम्पको पुत्ला दहन गरिएको थियो । त्यस्तै अमेरिकाले अघि सारेको ‘प्यास सिलिका’ परियोजनामा फिलिपिन्सको संलग्‍नताको विरोध गर्दै प्रदर्शनहरु भएका छन् । यो बैठक राष्ट्रपति ट्रम्पको कार्यकालको पहिलो हो। चीनका राष्ट्रपति सी जिनपिङले यसअघि यसको विरोध गरे पनि, सदस्य राष्ट्रहरूले यो समूह कुनै एक देशविरुद्ध लक्षित नरहेको बताएका छन्।रोयटर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपद्का कारण गोरखाका यी सडक अझै अवरुद्ध
Latest NewsJust now

विपद्का कारण गोरखाका यी सडक अझै अवरुद्ध

• गण्डकी प्रदेशको गोरखा जिल्लामा विपद्को कारण मुख्य राजमार्ग र बाटो अवरुद्ध भएको छ। • बाढीका कारण आरुघाट गाउँपालिका वडा नं. २ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध भएको छ। ...

नेपालबहस
आज बढ्यो कि घट्यो विदेशी मुद्राको मूल्य ? हेर्नुहोस् सबै देशको विनिमयदर
Latest NewsJust now

आज बढ्यो कि घट्यो विदेशी मुद्राको मूल्य ? हेर्नुहोस् सबै देशको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज मंसिर २ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ४९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८९ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ...

विश्वखबर
कारागारमा क्षमताभन्दा तेब्बर कैदी बन्दी
Latest NewsJust now

कारागारमा क्षमताभन्दा तेब्बर कैदी बन्दी

• जिल्ला कारागार कालिकोटमा १५ जनाको क्षमता भए पनि हाल ४८ जना कैदी बन्दी रहेका छन्, जसले व्यवस्थापनमा समस्या सिर्जना गरेको छ। • जीर्ण भवन र सीमित पूर्वाधारका कारण कैदीको स्वास्थ्य र दैनिक जीवनयापनमा कठिनाइ भइरहेको छ। • कारागार २०३७ सालमा स्थापना भएको हो र २०६५ सालमा सामान्य मर्मत गरिएको भए पनि अहिलेको अवस्थामा जोखिम बढेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play