Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले व्यहोर्ने

सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले व्यहोर्ने

10/26/2026, 2:57:30 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले व्यहोर्ने

सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण र त्यसको ब्याज अनुदान उपलब्ध गराउने तयारी गरेको छ । ‘सरकारी कर्मचारीहरूका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ निर्देशिका तयार गर्दै सरकारले मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपाङ्गे सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था गर्न लागेको हो । निर्देशिकाअनुसार सहसचिव वा ११ औँ तहका कर्मचारीले ५० लाख, उपसचिव वा नवौँ–दशौँ तहका कर्मचारीले ४० लाख, शाखा अधिकृत वा छैटौँ–आठौँ तहका कर्मचारीले दुईपाङ्ग्रे सवारी खरिद गर्न चार लाख र राजपत्र अनङ्कित तथा सहायकस्तरका कर्मचारीले दुई लाख रुपैयाँसम्म ऋण सुविधा पाउनेछन् । ऋणको ब्याज सरकारले व्यहोर्ने र साँवा सम्बन्धित कर्मचारीले किस्ताबन्दीमा तिर्नुपर्नेछ । कर्मचारीलाई सवारीसाधनको इन्धन तथा मर्मत खर्चसमेत पदअनुसार उपलब्ध गराइनेछ । मुख्यसचिव, सचिव तथा १२ औँ तहका कर्मचारीले वार्षिक एक लाख ४० हजार रुपैयाँ इन्धन र एक लाख रुपैयाँ मर्मत खर्च पाउनेछन् । सहसचिव वा ११ औँ तहका कर्मचारीले इन्धनमा एक लाख २० हजार र मर्मतमा ७५ हजार, उपसचिव वा नवौँ–दशौँ तहले एक लाख र ५० हजार रुपैयाँ दिने तयारी सरकारको छ । त्यस्तै, शाखा अधिकृत वा छैटौँ–आठौँ तहका कर्मचारीले वार्षिक ४० हजार इन्धन र १५ हजार मर्मत खर्च पाउनेछन् । राजपत्र अनङ्कित तथा सहायकस्तरका कर्मचारीका लागि इन्धनमा २५ हजार र मर्मतमा १० हजार रुपैयाँ तोकिएको छ । यी रकम वार्षिक हुन् । मुख्यसचिव, सचिव र सहसचिव वा सोसरहका कर्मचारीले चालक राख्न वा आफैँ सवारी चलाउन सक्नेछन् । आफैँ चलाउनेले चालकको शुरु तलबमान बराबरको रकम पाउने व्यवस्था गर्न लागिएको छ । सरकारले सरकारी सवारीसाधनको दोहोरो प्रयोग र सञ्चालन खर्च घटाउन कर्मचारीलाई व्यक्तिगत सवारी खरिदमा प्रोत्साहन गर्ने नीति लिएको छ । योजनामा सहभागी नहुने कर्मचारीका लागि कार्यालयमा उपलब्ध गाडीलाई साझा रूपमा प्रयोग गर्ने व्यवस्था गरिनेछ । प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत तथा सरकारले विशेष पदस्थापनका रूपमा तोकेका पदमा भने सरकारी सवारी उपलब्ध गराइने प्रश्तावित निर्देशिकामा उल्लेख छ । निर्देशिकाले विद्युतीय, स्वदेशमै उत्पादित तथा एसेम्बल गरिएका सवारीसाधनलाई प्राथमिकता दिने, सरकारी कार्यालयमा चार्जिङ स्टेसन निर्माण गर्न नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गर्ने र सवारीसाधनको विवरण तथा ऋण–भुक्तानीको अभिलेख डिजिटल प्रणालीमा राख्ने व्यवस्था पनि गरिदैँछ । यो निर्देशिका संघीय निजामती, स्वास्थ्य तथा संसद् सेवासहित तोकिएका संघीय निकायका स्थायी कर्मचारीमा लागू गर्न खोजिदैँछ । गलत विवरण पेश गरी दोहोरो सुविधा लिएमा सुविधा रोक्का गरी रकम असुलउपर गर्नुका साथै प्रचलित कानूनअनुसार कारबाही गर्ने सरकारी तयारी छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा
OthersJust now

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

९ कात्तिक, वालिङ (स्याङ्जा) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुन:स्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् । स्याङ्जाको पुतलीबजारमा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले मतभन्दा पनि कांग्रेसले विश्वास गुमाएको बताए । ‘कांग्रेसले गुमाएको मत होइन, विश्वास हो,’ उहाँले भन्नुभयो, ‘विश्वास पुन:स्थापित भयो भने मत त्यसलाई पछ्याउँदै… ...

अनलाइन खबर
सञ्चारमन्त्रीद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह
OthersJust now

सञ्चारमन्त्रीद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

९ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका छन् । बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई आज मन्त्रालयलमा नियुक्तिपत्र हस्तान्तरणका अवसरमा उहाँले चलचित्रकर्मीहरूले बोर्ड सबैको साझा हुन सकेन भन्ने गुनासो रहेको उल्लेख गर्र्दै चलचित्रकर्मीहरूले वर्तमान सरकारबाट ठूलो… ...

अनलाइन खबर
आसाममा गुञ्जियो ‘प्रमोद एण्ड परम्परा’, झुम्मिए हजारौं नेपालीभाषी
OthersJust now

आसाममा गुञ्जियो ‘प्रमोद एण्ड परम्परा’, झुम्मिए हजारौं नेपालीभाषी

काठमाडौं । नेपालबाट आसाम पुगेका लोकप्रिय गायक प्रमोद खरेल र उनको ‘परम्परा ब्यान्ड’ ले त्यहाँका नेपाली भाषीमाझ नेपाली संगीतको इन्द्रेणी छरे । दसैंको अवसरमा अक्टोबर १९ र २० मा असमका दुई फरक स्थानमा उनको सांगीतिक प्रस्तुती रहेको थियो । कार्यक्रमअन्तर्गत पहिलो दिन अक्टोबर १९ मा सोनितपुर जिल्लाको लोखरामा भव्य सांगीतिक धमाका भयो भने, अक्टोबर २०… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play