सरकारले चिकित्सा शिक्षा क्षेत्र सुधारका माग सम्बोधन गर्ने भनेपछि गोविन्द केसीले २ दिन सारे सत्याग्रह

काठमाडौं । स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग सरकारले विगतमा गरेका सहमतिको समीक्षा गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहितको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई समन्वयका साथ समयमै टुङ्ग्याउने निर्णय गरेको हो। साथै, बैठकमा हालसम्म कार्यान्वयनमा आएका सहमतिबारे समीक्षासमेत गरिएको थियो। वर्तमान सरकारले विगतमा विभिन्न पक्षसँग भएका सहमतिहरूको नियमित समीक्षा गर्ने योजनाबमोजिम यो बैठक आयोजना गरिएको स्वास्थ्यमन्त्रीको सचिवालयले जनाएको छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले विभिन्न माग राखेर सत्याग्रहमा सुरु गर्न अल्टिमेटम दिएपछि सरकारले चिकित्सा शिक्षा क्षेत्र सुधारका माग सम्बोधन गर्ने जनाएको हो। डा.केसीले सत्याग्रहमा बस्न दिएको अल्टिमेटमको अवधि २ दिन पछि सारेका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु, १८ र ३० वर्षका युवक घाइते
काठमाडौं । तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना युवक घाइते भएका छन्। बन्दीपुर गाउँपालिका-४ बिमलनगरस्थित पृथ्वी राजमार्गमा गएराति बा.प्र.०२-०५५ प १६३९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीया पम्फा बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ।गम्भीर घाइते बोटेको उपचारका क्रममा गएराति नौ बजेतिर मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय अनिल गोतामे र पछाडि सवार १८ वर्षीय ...

मौसम विभागले भन्यो-नेपालमा चक्रवात ‘अर्नब’को उल्लेखनीय प्रभाव पर्छ (सूचनासहित)
काठमाण्डु – बंगालको खाडीबाट बुधबार भारत आइपुगेको अति शक्तिशाली चक्रवात ंअर्नब’को प्रभाव नेपालमा पनि उल्लेखनीय रूपमा पर्ने भएको छ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि नेपालमा अर्नबको उल्लेखनीय प्रभाव पर्ने जनाएको छ । यो चmत्रपातका कारण गएरातिदेखि नै देशभर साधारणतया बादल लागे पनि वर्षा भएको छैन। महाशाखाले बिहीबारदेखि यो चक्रपातको उल्लेखनीय प्रभाव देखिने […] ...

ग्रान्ड बार्गेन’को ‘ग्लोबल एम्बेसडर’मा जगन चापागाईं चयन
काठमाडौँ। विश्व मानवीय सहायता प्रणालीलाई थप प्रभावकारी, जवाफदेही र स्थानीय नेतृत्वमा आधारित बनाउने प्रमुख अन्तर्राष्ट्रिय पहल ‘ग्रान्ड बार्गेन’ को ‘ग्लोबल एम्बेसडर’ मा मानवीय नेतृत्वकर्ता जगन चापागाईं नियुक्त भएका छन् । यसअगाडि (सन् २०२३–२०२६) मा सो जिम्मेवारी सामूहिक रूपमा डा जेमिला महमुद (मलेसिया), म्यानुएल बेस्लर (स्वीट्जरल्याण्ड) र माइकल कोहलर (युरोपेली संघ) ले गरेका थिए । स्वीट्जरल्याण्डको जेनेभामा हालै सम्पन्न ‘ग्रान्ड बार्गेन–२०२६’ वार्षिक सम्मेलनले ...

‘ग्रान्ड बार्गेन’को ‘ग्लोबल एम्बेसडर’मा जगन चापागाईं नियुक्त
विश्व मानवीय सहायता प्रणालीलाई थप प्रभावकारी, जवाफदेही र स्थानीय नेतृत्वमा आधारित बनाउने प्रमुख अन्तर्राष्ट्रिय पहल ‘ग्रान्ड बार्गेन’ को ‘ग्लोबल एम्बेसडर’ मा मानवीय नेतृत्वकर्ता जगन चापागाईं नियुक्त भएका छन्। यसअगाडि (सन् २०२३–२०२६) मा सो जिम्मेवारी सामूहिक रूपमा डा जेमिला महमुद (मलेसिया), म्यानुएल बेस्लर (स्वीट्जरल्याण्ड) र माइकल कोहलर (य... ...


