Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की । पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा आज सरकारका तर्फबाट विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्राइएको छ । परम्पराअनुसार जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाइमा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको उपस्थितिमा फूलपाती भित्राइएको हो । सो अवसरमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवान र सर्वसाधारणको सहभागिता रहेको थियो । फूलपाती भित्र्याउन पोखराको मानव अधिकार चोकबाट बाजागाजासहित शोभायात्रा निकालिएको थियो । भिमसेन मन्दिर, नालाको मुख र मोहोरियाटोल हुँदै विन्ध्यवासिनी मन्दिर परिसर पुगेको शोभायात्रा पूजाआजासँगै समापन भएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी गुरुङ, प्रहरी प्रमुख नवीन कार्की लगायत सुरक्षा निकायका अधिकृतले कस्केली नागरिकको सुख, शान्ति र समृद्धिको कामना गर्दै विन्ध्यवासिनी मन्दिरमा पूजाआजा गर्नुभएको थियो । साथै, चारवटै सुरक्षा निकायका तर्फबाट नवदुर्गा भगवतीलाई सलामी अर्पण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गुरुङले चाडपर्वका अवसरमा शान्ति सुरक्षा कायम गरी सबैलाई भयरहित वातावरणमा खुसीसाथ चाडपर्व मनाउने व्यवस्था मिलाउन सहयोग गर्न आग्रह गरे। “जिल्ला प्रशासन कार्यालयको अगुवाइमा विधिपूर्वक फूलपाती भित्राइएको हो । सरकारी तवरबाटै परम्परागत रूपमा यो कार्य हामीले गर्दै आएका छौँ ।” उनले भने । परम्परादेखि नै विन्ध्यवासिनी मन्दिर र कास्कीकोटमा नेपाल सरकारका तर्फबाट विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्राउने प्रचलन रहिआएको छ । फूलपातीका दिन पोखराका विन्ध्यवासिनी, तालबाराही, भद्रकाली, अकलादेवी लगायतका मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनको घुइँचो लागेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

न्युक्यासलमाथि एस्टन भिल्लाको साँघुरो जित
ताजा खबरJust now

न्युक्यासलमाथि एस्टन भिल्लाको साँघुरो जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा एस्टन भिल्लाले न्युक्यासल युनाइटेडमाथि १–० गोलको साँघुरो जित दर्ता गरेको छ । एस्टन भिल्लालाई जित दिलाउन जोहान मान्जाम्बीले गरेको एकमात्र गोल नै... ...

रातोपाटी
१० खेलाडीमा समेटिएको बेटिसमाथि बार्सिलोनाको फराकिलो जित
ताजा खबरJust now

१० खेलाडीमा समेटिएको बेटिसमाथि बार्सिलोनाको फराकिलो जित

काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत सम्पन्न खेलमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले रियल बेटिसमाथि ५-२ गोल अन्तरको फराकिलो जित हात पारेको छ । खेलमा सुरुवाती अग्रता बार्सिलोनाले लिएको थियो । १०... ...

रातोपाटी
प्रवासी नेपालीको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेसको नयाँ नेतृत्वलाई आरके शर्माको आग्रह
ताजा खबरJust now

प्रवासी नेपालीको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेसको नयाँ नेतृत्वलाई आरके शर्माको आग्रह

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष आरके शर्माले नेपाली कांग्रेसको महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा, वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित विश्वप्रकाश शर्मालगायत नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल... ...

रातोपाटी
१२ बजे १२ समाचार : लगानी बोर्डका पूर्व सीईओ पक्राउ, प्रधानन्यायाधीशको जग्गाबाटै अवैध उत्खनन
ताजा खबरJust now

१२ बजे १२ समाचार : लगानी बोर्डका पूर्व सीईओ पक्राउ, प्रधानन्यायाधीशको जग्गाबाटै अवैध उत्खनन

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. अवैध उत्खनन बहालवाला प्रधानन्यायाधीश मनोजकुमार शर्माको निजी जग्गाबाट अवैध रूपमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play