Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

सरकार सत्ता कब्जा गर्ने र लोकतन्त्र हरण गर्ने दिशातर्फ उन्मुख : डिला सङ्ग्रौला

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकार सत्ता कब्जा गर्ने र लोकतन्त्र हरण गर्ने दिशातर्फ उन्मुख : डिला सङ्ग्रौला
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २१ । नेपाली कांग्रेसकी महामन्त्री डिला सङ्ग्रौला पन्तले सरकारले दुई तिहाइको बहुमतलाई जनताका प्रश्नबाट उम्किने र असहमत आवाज दबाउने अधिकार ठानेको बत्ताउनुभएको छ । नेपाल विद्यार्थी संघ गोरखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री पन्तले सरकार सत्ता कब्जा गर्ने र लोकतन्त्र हरण गर्ने दिशातर्फ अघि बढिरहेको टिप्पणी गर्नुभयो। लोकतन्त्रका लागि सङ्घर्ष गरेका राजनीतिक दल र नेताविरुद्ध नै राज्यशक्ति प्रयोग गरेर तर्साउने तथा सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनेहरूलाई लखेट्ने प्रवृत्ति बढेको उहाँको भनाइ छ । उहाँले मुलुकका विकराल समस्या समाधान गर्नुपर्ने सरकारको ध्यान लोकतन्त्रका लागि सङ्घर्ष गरेका नेता तथा राजनीतिक दलविरुद्ध राज्यशक्ति प्रयोग गर्न केन्द्रित भएको बताउनु बाउनुभयो। सरकारको आलोचना गर्ने र प्रश्न उठाउनेहरूलाई जवाफ दिनुको सट्टा लखेट्ने तथा खेद्ने काम भइरहेको भन्दै उहाँले यस्तो प्रवृत्ति लोकतान्त्रिक व्यवस्थाका लागि दुर्भाग्यपूर्ण भएको बताउनुभयो। सरकार दुई तिहाइको दम्भमा अघि बढिरहेको उल्लेख गर्दै पन्तले लोकतन्त्र र नागरिक स्वतन्त्रतामाथि प्रहार गर्ने गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। सरकारको कार्यशैलीले लोकतान्त्रिक अधिकार र राजनीतिक स्वतन्त्रतामाथि खतरा उत्पन्न गराएको उहाँको भनाइ थियो। यस्ता गतिविधिविरुद्ध कांग्रेस आवश्यक परे सडकमा उत्रिनसमेत पछि नहट्ने उहाँले चेतावनी दिनुभयो। उहाँले मुलुकको शिक्षा, रोजगारी र युवा पलायनको समस्याप्रति पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। शिक्षाको गुणस्तर खस्किँदै गएको र युवाका लागि विदेश नै प्रमुख गन्तव्य बन्दै गएको उल्लेख गर्दै उहाँले स्वदेशमै भविष्य देख्न सक्ने वातावरण निर्माण गर्न सरकार असफल भएको आरोप लगाउनुभयो। नेपाली कांग्रेसले युवालाई विदेश होइन, स्वदेश फर्काउने अभियान सञ्चालन गर्ने बताउँदै महामन्त्री पन्तले पार्टीभित्र परिवर्तनको अभियानले कांग्रेसलाई युवामय बनाएको उल्लेख गर्नुभयो। अब राष्ट्रको नेतृत्व गर्ने जिम्मेवारी युवाले लिनुपर्ने समय आएको उहाँको धारणा थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल–भारतका भक्तजनको साझा आस्थाको केन्द्र बन्दै राजदेवी मन्दिर
PoliticsJust now

नेपाल–भारतका भक्तजनको साझा आस्थाको केन्द्र बन्दै राजदेवी मन्दिर

सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–९ र ब्रह्मपुरी गाउँपालिका–३, भेल्हीस्थित नेपाल–भारत सीमा क्षेत्रनजिक रहेको राजदेवी माई फुलमत माता मन्दिर पछिल्लो समय श्रद्धालु भक्तजनको आस्थाको केन्द्र बन्दै गएको छ । मलंगवा बजार क्षेत्रबाट पूर्वोत्तर दिशामा झिम नदीको नजिक अवस्थित यस मन्दिरको वातावरण निकै मनमोहक र रमणीय छ । चारैतिर हरियाली रुखबिरुवाले घेरिएको मन्दिर परिसरले धार्मिक तथा प्राकृतिक सौन्दर्यलाई एकसाथ समेटेको छ । राजदेवी माईप्रति श्रद्धा ...

फरकधार
प्रचण्ड भन्छन्- भाषा र संस्कृतिको उद्गमस्थल कर्णाली राज्यबाटै उपेक्षित भयो
PoliticsJust now

प्रचण्ड भन्छन्- भाषा र संस्कृतिको उद्गमस्थल कर्णाली राज्यबाटै उपेक्षित भयो

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भाषा, इतिहास र संस्कृतिको उद्गमस्थल कर्णाली राज्यबाटै लामो समय उपेक्षामा परेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘कर्णाली, उपेक्षा र उज्यालो’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेपालको भाषा, संस्कृति र इतिहासको जननी मानिने खस प्रदेश अर्थात् सिञ्जा उपत्यका र कर्णाली क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको बताएका हुन् । उनले सामान्यतः कुनै पनि देशले ...

फरकधार
कोप–३१ मा नेपालको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान
PoliticsJust now

कोप–३१ मा नेपालको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्किए प्रस्थान गर्नुभएको छ । टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, उहाँले नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा ...

फरकधार
सरकारको शैली हिन्दी जासुसी फिल्मजस्तै : प्रचण्ड
PoliticsJust now

सरकारको शैली हिन्दी जासुसी फिल्मजस्तै : प्रचण्ड

काठमाडौं, कात्तिक २१ । देशमा राज्य सञ्चालनको अवस्था असामान्य बन्दै गएको र नागरिकले भोलि के हुन्छ भन्ने सामान्य अनुमानसमेत गर्न नसक्ने परिस्थिति सिर्जना भएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउनुभएको छ। काठमाडौंमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले सरकारमा निरंकुश, अराजक र विवेकहीन प्रवृत्ति हाबी भएको टिप्पणी गर्नुभयाे । उहाँले ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play