Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्। नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका लागि काँग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्। महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। महामन्त्री पौडेलले भने “जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा काँग्रेस सधैँ अगाडि लाग्नुपछ। ” उनले काँग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली काँग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे। काँग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे। कार्यक्रममा काठमाडौँ क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो। यस्तै, काँग्रेस काठमाडौँ महानगरका सभापति इन्जिनियर सुशन वैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हेटौंडामा खानेपानी आयोजना विस्तार हुँदै, ३८ करोडको बोलपत्र आह्वान
Latest NewsJust now

हेटौंडामा खानेपानी आयोजना विस्तार हुँदै, ३८ करोडको बोलपत्र आह्वान

३८ करोड ९१ लाख रुपैयाँको सहलगानीबाट नयाँ संरचना थपिँदा बोर्डका ३० हजारभन्दा बढी धारामा सेवा अझ भरपर्दो बन्ने अपेक्षा छ। ...

कान्तिपुर
शल्यचिकित्सामा एआई प्रविधिको प्रयोगमा जोड दिँदै मेदान्ता र किस्टबीचको सहकार्यको एक वर्ष पूरा
Latest NewsJust now

शल्यचिकित्सामा एआई प्रविधिको प्रयोगमा जोड दिँदै मेदान्ता र किस्टबीचको सहकार्यको एक वर्ष पूरा

काठमाण्डु – भारतको गुरुग्रामस्थित मेदान्ता–द मेडिसिटी र नेपालको ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच चिकित्सकीय सहकार्यको एक वर्ष पूरा गरेको छ। यस अवसरमा दुवै संस्थाले कृत्रिम बुद्धिमत्ता (एआई) र मुटु उपचार तथा छातीको शल्यचिकित्सामा भइरहेका नयाँ प्रगतिबारे केन्द्रित स्वास्थ्यसम्बन्धी छलफल गरेका छन्। ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोल्याबोरेसन’ अर्थात् चिकित्सकीय तथा शल्यचिकित्सकीय उत्कृष्टताका लागि सहकार्य भन्ने […] ...

काठमाण्डुपाटी
उम्मेदवारबारे रवि : नेतासँगको तस्बिर देखाउँदै टिकट मैले पाउने हो भनेर बेच्न पाइँदैन
Latest NewsJust now

उम्मेदवारबारे रवि : नेतासँगको तस्बिर देखाउँदै टिकट मैले पाउने हो भनेर बेच्न पाइँदैन

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्थानीय तहको निर्वाचनको उम्मेदवारको विषयमा नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् । कुनै नेतासँग खिचिएको फोटो देखाउँदै, म नजिक छु मैले नै... ...

रातोपाटी
डोल्पाका विद्यार्थीलाई डा. सुनिल शर्माको १ करोड १४ लाख बराबरको छात्रवृत्ति
Latest NewsJust now

डोल्पाका विद्यार्थीलाई डा. सुनिल शर्माको १ करोड १४ लाख बराबरको छात्रवृत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माले डोल्पाका गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीका लागि एक करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेका छन् । डोल्पाबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका ६ विधामा अध्ययन गर्न काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजमार्फत छात्रवृत्ति उपलब्ध गराउने उनले घोषणा गरेका हुन् । शुक्रबार दुनैमा आयोजित ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement