Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

डोल्पाका विद्यार्थीलाई डा. सुनिल शर्माको १ करोड १४ लाख बराबरको छात्रवृत्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
डोल्पाका विद्यार्थीलाई डा. सुनिल शर्माको १ करोड १४ लाख बराबरको छात्रवृत्ति
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माले डोल्पाका गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीका लागि एक करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेका छन् । डोल्पाबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका ६ विधामा अध्ययन गर्न काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजमार्फत छात्रवृत्ति उपलब्ध गराउने उनले घोषणा गरेका हुन् । शुक्रबार दुनैमा आयोजित निःशुल्क स्वास्थ्य शिविरका क्रममा शर्माले छात्रवृत्तिसँगै थप १०० जनाको केएमसीमा निःशुल्क उपचार र पाँच जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा पनि गरे । काठमाडौंमा उपचारका लागि आउने बिरामीलाई पाँच लाख रुपैयाँ बराबरको औषधि आफ्नै खर्चमा उपलब्ध गराउने तथा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई अस्पताल भर्ना भएको दिनदेखि डिस्चार्ज हुँदासम्म खानाको व्यवस्था गरिदिने उनले बताए । गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजना तथा केएमसीको समन्वयमा सञ्चालित शिविरमा एकै दिन करिब दुई हजार नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा तथा चिकित्सकीय परामर्श लिएका छन् । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा सहभागी हुन कतिपय स्थानीय तीन–चार दिनसम्म पैदल हिँडेर दुनै पुगेका थिए । शिविरमा १०३ जनाको ईसीजी, १६३ जनाको प्रयोगशाला परीक्षण, ३४९ जनाको भिडियो एक्सरे र २०४ जनाको इको परीक्षण गरिएको थियो । त्यस्तै, २७ जनाको दाँत निकालिएको छ भने थप उपचार आवश्यक देखिएका ८२ जनालाई केएमसीमा रिफर गरिएको आयोजकले जनाएको छ । रिफर गरिएका बिरामीको मिर्गौला प्रत्यारोपण र ओपन हार्ट सर्जरीबाहेक अन्य सबै प्रकारका शल्यक्रिया निःशुल्क गरिने आयोजकले जनाएको छ । औषधिको खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्नेछ । यद्यपि, काठमाडौंमा उपचारका लागि आउने बिरामीलाई पाँच लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराउने प्रतिबद्धता शर्माले जनाएका छन् । शर्माले कर्णालीका दुर्गम बस्तीमा सामान्य उपचारका लागि समेत नागरिकले तीन–चार दिन पैदल हिँड्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न राज्य गम्भीर हुनुपर्ने बताए । डोल्पाको सडक तथा यातायातको अवस्था सुधारमा पनि सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले शिविरमा सहभागी हुन नसकेका थप १०० जनाको उपचार गर्ने र आवश्यकताअनुसार बिरामीलाई काठमाडौं ल्याएर उपचार गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए । शर्माको स्वामित्वमा रहेका केएमसी र नोबेल मेडिकल कलेजमार्फत यसअघि असहाय, आदिवासी, दलित तथा विपन्न परिवारका एक हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाइसकेको जनाइएको छ । छात्रवृत्तिमा अध्ययन गरेका कतिपय विद्यार्थी अहिले चिकित्सक, ल्याब टेक्निसियन, रेडियोग्राफर तथा नर्सका रूपमा कार्यरत छन् । यसै अभियानअन्तर्गत मंसिर १३ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–राडी बजार र मंसिर १५ गते सल्यानको बागचौर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । ती शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, रोग पहिचान तथा परामर्श प्रदान गरिनेछ । थप उपचार आवश्यक पर्ने बिरामीलाई केएमसीमा रिफर गरी उपचार तथा शल्यक्रियाको व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हेटौंडामा खानेपानी आयोजना विस्तार हुँदै, ३८ करोडको बोलपत्र आह्वान
Latest NewsJust now

हेटौंडामा खानेपानी आयोजना विस्तार हुँदै, ३८ करोडको बोलपत्र आह्वान

३८ करोड ९१ लाख रुपैयाँको सहलगानीबाट नयाँ संरचना थपिँदा बोर्डका ३० हजारभन्दा बढी धारामा सेवा अझ भरपर्दो बन्ने अपेक्षा छ। ...

कान्तिपुर
शल्यचिकित्सामा एआई प्रविधिको प्रयोगमा जोड दिँदै मेदान्ता र किस्टबीचको सहकार्यको एक वर्ष पूरा
Latest NewsJust now

शल्यचिकित्सामा एआई प्रविधिको प्रयोगमा जोड दिँदै मेदान्ता र किस्टबीचको सहकार्यको एक वर्ष पूरा

काठमाण्डु – भारतको गुरुग्रामस्थित मेदान्ता–द मेडिसिटी र नेपालको ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच चिकित्सकीय सहकार्यको एक वर्ष पूरा गरेको छ। यस अवसरमा दुवै संस्थाले कृत्रिम बुद्धिमत्ता (एआई) र मुटु उपचार तथा छातीको शल्यचिकित्सामा भइरहेका नयाँ प्रगतिबारे केन्द्रित स्वास्थ्यसम्बन्धी छलफल गरेका छन्। ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोल्याबोरेसन’ अर्थात् चिकित्सकीय तथा शल्यचिकित्सकीय उत्कृष्टताका लागि सहकार्य भन्ने […] ...

काठमाण्डुपाटी
उम्मेदवारबारे रवि : नेतासँगको तस्बिर देखाउँदै टिकट मैले पाउने हो भनेर बेच्न पाइँदैन
Latest NewsJust now

उम्मेदवारबारे रवि : नेतासँगको तस्बिर देखाउँदै टिकट मैले पाउने हो भनेर बेच्न पाइँदैन

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्थानीय तहको निर्वाचनको उम्मेदवारको विषयमा नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् । कुनै नेतासँग खिचिएको फोटो देखाउँदै, म नजिक छु मैले नै... ...

रातोपाटी
चीनद्वारा नयाँ रिमोट सेन्सिङ भू–उपग्रह समूह प्रक्षेपण
Latest NewsJust now

चीनद्वारा नयाँ रिमोट सेन्सिङ भू–उपग्रह समूह प्रक्षेपण

बेइजिङ । चीनले नयाँ रिमोट सेन्सिङ भू–उपग्रह समूह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । चीनले लङ मार्च–२डी वाहक रकेटमार्फत याओगान–४९ ०१ भू–उपग्रह समूह अन्तरिक्षमा पठाएको हो । चिनियाँ समयअनुसार बिहीबार साँझ ५... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement