Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/समाचार कक्षमै छिरेर बिनापुर्जी पत्रकार पक्राउ गरिएकोमा प्रेस काउन्सिलको आपत्ति

समाचार कक्षमै छिरेर बिनापुर्जी पत्रकार पक्राउ गरिएकोमा प्रेस काउन्सिलको आपत्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
समाचार कक्षमै छिरेर बिनापुर्जी पत्रकार पक्राउ गरिएकोमा प्रेस काउन्सिलको आपत्ति

काठमाडौं । सञ्चारमाध्यमको समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले आपत्ति जनाएको छ । अदालतको अनुमतिसमेत नलिएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय भएको काउन्सीलले जनाएको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले विज्ञप्ति जारी गर्दै घटनाबारे ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमतिसमेत नलिएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय भएको उल्लेख छ । ‘लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यसरी पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय हो, विज्ञप्तिमा भनिएको छ,’ यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।’ काउन्सिलले सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा आचारसंहिता सम्बन्धी उजुरी भएमा त्यसको छानबिन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलको भएको सरकार र प्रहरी प्रशासनलाई स्मरण गराएको छ । समाचारकै विषयलाई लिएर सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समाधान खोज्न सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

पक्राउ परेका सबै पत्रकार रिहा भए, सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री
ताजा खबरJust now

पक्राउ परेका सबै पत्रकार रिहा भए, सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री

काठमाण्डु– सरकारले पक्राउ परेका सबै पत्रकार रिहा भएको जनाएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन्। मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै जिम्मेवार पत्रकारिता र प्रेस स्वतन्त्रता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पक्राउ परेका सबै पत्रकारहरू […] ...

काठमाण्डुपाटी
काठमाडौँ फिल्म फेस्टिभल सुरु, तस्बिरहरू
ताजा खबरJust now

काठमाडौँ फिल्म फेस्टिभल सुरु, तस्बिरहरू

काठमाडौँ। महानगरपालिकाको आयोजनामा तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ सुरु भएको छ । कात्तिक १५ गते आइतबारसम्म सञ्चालन हुने महोत्सवमा स्वदेशी तथा विदेशी फिल्मकर्मी, कलाकार, निर्देशक र विज्ञहरूको सहभागिता रहनेछ। काठमाडौंको मौलिक... ...

रातोपाटी
समाचार कक्षमा प्रहरी किन?
ताजा खबरJust now

समाचार कक्षमा प्रहरी किन?

आज (१३ कात्तिक) दिउँसो सादा पोसाकका प्रहरी नयाँ बानेश्वरस्थित नेपाल प्रेसको कार्यालय पुगे। सुरक्षागार्डलाई साथी भेट्न आएको बताएर भित्र पसेका उनीहरूले काम गरिरहेका पत्रकार विश्वमणि सुवेदीलाई आफूसँग जान भने। त्यहाँका पत्रकारहरूका अनुसार प्रहरीले पक्राउ पुर्जी देखाएका थिएनन्। सुवेदी आफैँ मोटरसाइकलमा जान तयार हुँदा पनि उनलाई प्रहरीको गाडीमा राखेर लगियो। पछि उनी साइबर ब्युरोमा पुर्‍याइएको खुल्यो। पत्रकारसँग कुनै विषयमा सोधपुछ गर्नुपर्ने ...

नेपालन्युज
सल्यानमा जिप दुर्घटना, ८ जना गम्भीर घाइते
ताजा खबरJust now

सल्यानमा जिप दुर्घटना, ८ जना गम्भीर घाइते

सल्यानको शारदा नगरपालिका–१ श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप सिद्धकुमाख गाउँपालिका–२ रातामाटे खोला नजिक भित्री सडक खण्डमा दुर्घटना भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play