सप्तकोसीमा मोटरबोट दुर्घटना अपडेटः तीन जनाको मृत्यु, चार बेपत्ता

काठमाडौँ । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्। दुर्घटनामा परेका नौ जना भने सकुशल बाहिर निस्किएका छन्। सशस्त्र प्रहरी बल नेपालका अनुसार आइतबार भोजपुरबाट बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोट भोजपुर, उदयपुर र धनकुटाको संगमस्थल त्रिवेणीमा दुर्घटनामा परेको हो । मोटरबोटको स्टार्ट बन्द भएपछि दुर्घटना भएको जनाइएको छ। मोटरबोटमा १६ जना सवार थिए । दुर्घटनामा परेका तीन जनाको उपचारका क्रममा मृत्यु भएको र चार जना बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ। दुर्घटनापछि मोटरबोटसमेत सप्तकोसी नदीमा बेपत्ता भएको छ। बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटबाट गोताखोरसहितको टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकलीबाट पाँच जना गोताखोरसहित नौ जनाको टोली खटिएको छ। त्यस्तै, सुरक्षा बेस रामपुरबाट छ जना, नं. ६ गुल्म धनकुटाबाट डीएसपी राजेश फुयालसहित नौ जना र विपद् व्यवस्थापन बेस मुलघाटबाट सात जनाको टोली परिचालन गरिएको छ। त्यसैगरी, विपद् व्यवस्थापन बेस चतराबाट पाँच जना विपद् व्यवस्थापन जनशक्तिसहित सात जनाको टोली पनि उद्धार कार्यमा खटिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
![[अर्काइभ] ओखलढुंगा काण्डका योद्धालाई फाँसी दिनेलाई नै मानव अधिकार आयोगको अध्यक्ष बनाएपछि...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2018/default/ekantipur-default-2025.png)
[अर्काइभ] ओखलढुंगा काण्डका योद्धालाई फाँसी दिनेलाई नै मानव अधिकार आयोगको अध्यक्ष बनाएपछि...
ओखलढुंगा काण्डमा यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिने फैसला हुँदा प्रधानन्यायाधीश रहेका नयनबहादुर खत्रीलाई गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष नियुक्त गरेपछि राजनीतिक वृत्तमा विवाद भएको थियो । ...

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता अनिश्चित बनेको छ। क्रिकइन्फोका अनुसार एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीहरूले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गर्ने सम्बन्धमा समस्या देखिएको छ। यसअघि एनओसी पाइसकेका खेलाडीहरूलाई समेत प्रतियोगितामा सहभागी हुन रोक लगाइएको बताइएको छ। एनपीएलसँग सम्बन्धित स्रोतहरूले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनओसी जारी गर्नका लागि प्रत्येक खेलाडीसँग २५ हजार अमेरिकी डलर माग गरेको ...
बेनिघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न
गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक ८ गते । बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्... ...

सिरहामा खैरो हेरोइनसहित दुई जना पक्राउ
काठमाडौं। प्रहरीले सिरहाको गोलबजार नगरपालिका-४ बाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। आइतबार लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबास शाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका-५ का ३१ वर्षीय अजय कुमार यादव र सोही ठाउँका २० वर्षीय अरविन्द कुमार यादव रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता तथा डीएसपी जीवन निरौलाका अनुसार आरोपीहरूको साथबाट ५३ ग्राम ...


