सप्तकोशीमा नयाँ पुल निर्माण गरिने

सप्तरी।सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ। केही वर्षअघि तयार पारिएको परियोजनासम्बन्धी विस्तृत प्रतिवेदनका आधारमा निर्माण गर्न लागिएको पुलको अनुमानित लागत ४३ अर्ब रहेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले जानकारी दिए। एसियाली विकास बैंक सहयोगमा निर्माण हुने उक्त पुल सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गको १४ किमी यात्रा कम हुनेछ। निर्देशक ढकालले भने, “अहिले नयाँ पुल तथा सडक निर्माणसम्बन्धी आवश्यक प्राविधिक तयारी भइरहेको छ।” त्यस परियोजनाअन्तर्गत विशिष्ट प्रकृतिको पुलसँगै ४३ किलोमिटर नयाँ सडक निर्माण गरिनेछ। हाल पुल र सडकको समग्र संरचना निर्माणका लागि आवश्यक प्रक्रियागत काम अगाडि बढिरहेको छ। परियोजना क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय एवं कानुनी स्वीकृतिका केही विषयका कारण काम भइरहेको छ। कोशी ब्यारेज पुरानो हुँदै गएको र बढ्दो सवारी चापका कारण प्रस्तावित वैकल्पिक मार्ग नेपालको पूर्वी क्षेत्रमा यातायात सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण सावित हुनेछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

कांग्रेस देउवा समूहको महाधिवेशन पनि खुलामञ्चमै
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको समानान्तर महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । महाधिवेशनका लागि काठमाडौँ महानगरपालिकासँग राष्ट्रिय सभा गृह र भृकुटीमण्डप पनि मागेर पत्राचार गरिएको महाधिवेशन... ...
.jpg)
नेपालगन्ज अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिपको तयारी अन्तिम चरणमा
सिराज खाननेपालगन्ज, कात्तिक १३ गते । यही शनिबार र आइतबार (कात्तिक १४ र १५ गते) नेपालगन्जमा आयोजना हुने तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको तयारी पूरा भएको आयोज... ...

ऐतिहासिक सम्पदा र प्राकृतिक सुन्दरता हुँदाहुँदै मकवानपुर किन बनेन आकर्षक पर्यटकीय गन्तव्य ?
प्रकृति र संस्कृतिका साथै ऐतिहासिकताका दृष्टिले सम्पन्न जिल्ला हो मकवानपुर । प्रकृति, संस्कृति र इतिहासलाई पर्यटकीय सम्पदाका रुपमा जोड्नका लागि निरन्तर प्रयासहरू भइरहे पनि यहाँका ...

सरकारको निर्देशन अटेर गरेपछि एन प्याब्सन निलम्बित
काठमाडौं । सरकारी निर्देशन पटक–पटक अवज्ञा गरेको आरोपमा सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) लाई निलम्बन गरेको छ । गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सूचनामार्फत राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई निलम्बन गरिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार एन प्याब्सनले सरकारबाट जारी विभिन्न निर्देशनको […] ...


