Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

सन् २०२८ देखि व्यापक स्तरमा ड्रोन पत्ता लगाउने प्रणाली जडान गर्ने लक्ष्यमा एरिक्सन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सन् २०२८ देखि व्यापक स्तरमा ड्रोन पत्ता लगाउने प्रणाली जडान गर्ने लक्ष्यमा एरिक्सन
Photo / Coverage: टेक्नोलोजी खबर

एरिक्सनको एकीकृत सेन्सिङ तथा सञ्चार (आईएसएसी) प्रविधिमा आधारित ड्रोन पत्ता लगाउने प्रणाली व्यावसायिक प्रयोगका लागि लगभग तयार भएको छ। स्विडिस दूरसञ्चार उपकरण निर्माता एरिक्सनले पछिल्लो समय आफ्नो यो प्रविधिको क्षमता पटक-पटक प्रदर्शन गर्दै आएको छ। कम्पनीले सार्वजनिक गरेको नयाँ जानकारीअनुसार सन् २०२७ मा छनोट गरिएका ग्राहकसँग व्यावसायिक परीक्षण सुरु गर्ने र त्यसपछि सन् २०२८ देखि ठूलो स्तरमा प्रणाली जडान गर्ने योजना छ। एरिक्सनले सुरुमा सेन्सिङ सुविधासहितको संस्करण उपलब्ध गराउने जनाएको छ। ६जी नेटवर्क विस्तार हुन थालेपछि यसमा एकीकृत सञ्चार सुविधा पनि थपिनेछ। एरिक्सनका मिसन क्रिटिकल नेटवर्क तथा रक्षा क्षेत्रका विश्वव्यापी प्रमुख फ्रेडी सोडरग्रेनले भने, “कम उचाइमा उड्ने ड्रोन पत्ता लगाउन अहिलेको कुनै एउटा सेन्सरले मात्रै प्रभावकारी रूपमा पूरा गर्न नसक्ने क्षेत्रगत चुनौती छ। एरिक्सनको आईएसएसी प्रणालीले धेरै ५जी साइटलाई समन्वय गरेर ठूलो क्षेत्रमा ड्रोन पत्ता लगाउन र तिनको निरन्तर निगरानी गर्न सक्षम बनाउँछ। यसबाट प्राप्त तथ्यांकलाई परम्परागत सेन्सिङ प्रविधि र सञ्चालन प्रणालीसँग पनि एकीकृत गर्न सकिन्छ। यसले सञ्चालकलाई विद्यमान नेटवर्क संरचनाबाटै नयाँ सेवा विकास गर्ने बाटो पनि खोल्छ।” टेलिकम्स डटकमका अनुसार आईएसएसी प्रविधिले वरपरका वस्तुमा ठोक्किएर फर्किने रेडियो संकेतको विश्लेषण गरेर काम गर्छ। यसको शुद्धता र स्थिरता बढाउन विभिन्न स्थानमा सेन्सरहरू जडान गरिन्छ। एरिक्सनका अनुसार परीक्षणबाट यसको आईएसएसी प्रणालीले हातको हत्केलामा अट्ने आकारका साना ड्रोनलाई पनि किलोमिटर दूरीबाट भरपर्दो रूपमा पत्ता लगाउन र तिनको निगरानी गर्न सक्ने पुष्टि भएको छ। यसले ड्रोनको तीन आयाममा (थ्रीडी) स्थानसमेत सटीक रूपमा पहिचान गर्न सक्छ। विभिन्न सञ्चालन अवस्था, प्रणालीको बनावट र ड्रोन उडानका तरिकामा पनि परीक्षणको नतिजा एकरूप रहेको कम्पनीको दाबी छ। यद्यपि, एरिक्सनले वास्तविक कार्यक्षमता भने लक्ष्य बनाइएको वस्तुको विशेषता र उडान शैली, सेन्सरको अवस्थिति, भूभाग तथा वरपरको वातावरण र प्रणालीको बनावटजस्ता पक्षमा निर्भर रहने पनि स्पष्ट पारेको छ। साना र तुलनात्मक रूपमा सस्ता ड्रोनलाई युक्रेन युद्धमा विनाशकारी प्रभाव पार्ने गरी हतियारका रूपमा प्रयोग गरिएको छ। त्यसैले एरिक्सनले पछिल्लो समय आफ्ना प्रविधिको प्रदर्शन पूर्वी युरोपमा गरिरहेको छ। कम्पनीले हालै पोल्यान्डको क्राकोमा रहेको आफ्नो अनुसन्धान तथा विकास केन्द्रमा पछिल्लो प्रदर्शन गरेको थियो। यसका लागि प्लेको मोबाइल नेटवर्क प्रयोग गरिएको थियो। उक्त कार्यक्रममा सैन्य अनुसन्धान संस्थाका प्रतिनिधिसहित विभिन्न उच्च अधिकारीहरू सहभागी थिए। यो प्रदर्शन विशेष थियो, किनकि यसमा एसेकोले विकास गरेको अर्को ड्रोन पत्ता लगाउने प्रणालीसँगै एरिक्सनको प्रविधि प्रयोग गरिएको थियो। एसेकोको प्रणालीमा सडक बत्तीमा जडान गरिएका सेन्सर प्रयोग गरिन्छ। गत महिना एरिक्सनले फिनल्यान्डको राजधानी हेलसिन्कीमा पनि ५जी आईएसएसी प्रविधिको प्रदर्शन गरेको थियो। सार्वजनिक प्रशासन र महत्त्वपूर्ण पूर्वाधार सञ्चालन गर्ने संस्थाहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी सेवा उपलब्ध गराउने सरकारी स्वामित्वको कम्पनी एरिलिसभेरकोटसँगको सहकार्यमा उक्त प्रदर्शन गरिएको थियो। ड्रोनबाट ठूलो अवरोध सिर्जना हुन त्यसमा हतियार जडान हुनैपर्छ भन्ने छैन। कतिपय अवस्थामा ड्रोनको उपस्थितिले मात्रै पनि समस्या निम्त्याउन सक्छ। गत साता जर्सी विमानस्थलमा अनुमति नलिई ड्रोन उडाइएको पाइएपछि उडानहरू अन्यत्र मोड्नुपरेको थियो। यस घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। विश्वका अन्य विमानस्थलमा पनि यस्तै घटना र दुर्घटना हुनबाट जोगिएका अवस्थाहरू रेकर्ड भएका छन्। जर्सीका मुख्यमन्त्री सिनेटर लिन्डन फार्नहमले भने, “यस्ता गतिविधिको गम्भीरताबारे कसैले पनि भ्रम पाल्नु हुँदैन। विमानस्थलनजिक ड्रोन उडाउनु मजाक वा सामान्य मनोरञ्जन होइन। यसले सार्वजनिक सुरक्षालाई जोखिममा पार्छ, महत्त्वपूर्ण यातायात पूर्वाधारमा अवरोध पुर्‍याउँछ र सयौँ यात्रु तथा व्यवसायमा गम्भीर असर पार्न सक्छ।” उनले थपे, “यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई हाम्रो स्पष्ट सन्देश छ– यदि तपाईंको पहिचान भयो भने कानुनअनुसार पूर्ण कारबाही भोग्नुपर्नेछ।” भीडको निगरानी र सडक सुरक्षाजस्ता क्षेत्रमा पनि आईएसएसी प्रविधिको प्रयोग गर्न सकिन्छ। तर ड्रोन पत्ता लगाउनुको महत्त्व र संवेदनशीलतालाई ध्यानमा राख्दा एरिक्सनले यो नयाँ प्रविधिबाट सुरुमा आम्दानी गर्ने माध्यमका रूपमा यसैलाई प्राथमिकता दिनु स्वाभाविक देखिन्छ। The post सन् २०२८ देखि व्यापक स्तरमा ड्रोन पत्ता लगाउने प्रणाली जडान गर्ने लक्ष्यमा एरिक्सन appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त
TechnologyJust now

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

१९ कात्तिक, काठमाडौं। नेपाल सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोष (Deposit and Credit Guarantee Fund – DCGF) को प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कोषको कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनियुक्त […] The post निक्षेप तथा कर्जा ...

आइसिटी फ्रेम
नेपाल स्टक एक्सचेञ्ज (NEPSE) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त
TechnologyJust now

नेपाल स्टक एक्सचेञ्ज (NEPSE) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

१९ कात्तिक, काठमाडौं। नेपाल सरकारले नेपाल स्टक एक्सचेञ्ज (NEPSE) को प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नेप्सेको आगामी कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। नेप्सेको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुवेदीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको […] The post नेपाल स्टक एक्सचेञ्ज ...

आइसिटी फ्रेम
आईफोन डुओको आपूर्ति समस्या कहिले समाधान हुन्छ भन्ने पक्का नभएको एप्पलको धारणा
TechnologyJust now

आईफोन डुओको आपूर्ति समस्या कहिले समाधान हुन्छ भन्ने पक्का नभएको एप्पलको धारणा

एप्पलका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सबिह खानले सोमबार कम्पनीको आर्थिक वर्षको चौथो त्रैमासिकको आम्दानीसम्बन्धी छलफलका क्रममा नयाँआईफोन डुओ को आपूर्तिमा देखिएको ढिलाइ स्वीकार गरेका छन्। तर ग्राहकले यो समस्या कहिलेसम्म समाधान हुने अपेक्षा गर्न सक्छन् भन्नेबारे उनले स्पष्ट जानकारी दिन सकेनन्। टेकक्रञ्चका अनुसार आपूर्तिमा देखिएको ढिलाइ आम्दानीसम्बन्धी छलफलका क्रममा उठेका विभिन्न चिन्तामध्ये एक थियो। कृत्रिम बुद्धिमता उद्योगको बढ्दो मागका कारण मेमोरी ...

टेक्नोलोजी खबर
गत आर्थिक वर्षमा वर्ल्डलिंक र सुबिसुसहित २४ सेवा प्रदायकमाथि दूरसञ्चार प्राधिकरणको कारवाही
TechnologyJust now

गत आर्थिक वर्षमा वर्ल्डलिंक र सुबिसुसहित २४ सेवा प्रदायकमाथि दूरसञ्चार प्राधिकरणको कारवाही

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त व्यक्तिहरुले अनुमतिपत्रको शर्तहरुको पालना नगरेको भन्दै गत आर्थिक वर्ष २०८२/८३ मा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम विभिन्न ३ ठूला सेवा प्रदायक कम्पनीहरुलाई कारबाही तथा जरिवाना गरेको छ। प्रधिकरणले वाईफाई नेपाल प्राइभेट लिमिटेड, वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड र सुबिसु लिमिटेडलाई कारवाही गरी जरिवाना तिराएको हो। यसबारे हालै दूरसञ्चार प्राधिकरणले जारी गरेको गत आर्थिक ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play