Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

गत आर्थिक वर्षमा वर्ल्डलिंक र सुबिसुसहित २४ सेवा प्रदायकमाथि दूरसञ्चार प्राधिकरणको कारवाही

Share:WhatsAppFacebookX (Twitter)Telegram
गत आर्थिक वर्षमा वर्ल्डलिंक र सुबिसुसहित २४ सेवा प्रदायकमाथि दूरसञ्चार प्राधिकरणको कारवाही
Photo / Coverage: टेक्नोलोजी खबर

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त व्यक्तिहरुले अनुमतिपत्रको शर्तहरुको पालना नगरेको भन्दै गत आर्थिक वर्ष २०८२/८३ मा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम विभिन्न ३ ठूला सेवा प्रदायक कम्पनीहरुलाई कारबाही तथा जरिवाना गरेको छ। प्रधिकरणले वाईफाई नेपाल प्राइभेट लिमिटेड, वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड र सुबिसु लिमिटेडलाई कारवाही गरी जरिवाना तिराएको हो। यसबारे हालै दूरसञ्चार प्राधिकरणले जारी गरेको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार वाईफाई नेपाल प्राइभेट लिमिटेडलाई प्राधिकरणबाट स्वीकृत नगरिएको महसुलदर सहितको प्याकेज विज्ञापन गरेको र प्राधिकरणबाट दिएको आदेश वा निर्देशन पालना नगरेकोले उक्त कम्पनीलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (२) बमोजिम १ लाख रुपैयाँ जरिवाना गरेको छ। त्यस्तै प्राधिकरणले वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडलाई दुई प्रकारको कारवाही गरेको पाइएको छ। वर्ल्डलिंकलाई अनुमतिपत्रको शर्त विपरित कार्य गरेकोले दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (२) बमोजिम ५१ हजार जरिवाना र शर्त विपरित आईपीएलसी ब्यान्डविथ आयात गरेको पाइएकाले दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (२) बमोजिम ५१ हजार रुपैंया जरिवाना गरेको हो। त्यस्तै, सुबिसु लिमिटेडलाई केए ब्यान्डको फ्रिक्वेन्सी प्राधिकरणबाट अनुमति नलिई परीक्षण गरेकोले दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (२) बमोजिम प्रधिकरणले ५१ हजार जरिवाना गरेको छ। यस्तै आर्थिक वर्ष २०८०/८१ को आय व्ययको विवरण मान्यता प्राप्त लेखा परिक्षकद्वारा लेखापरीक्षण गर्न लगाई प्राधिकरण समक्ष पेश गर्नुपर्ने व्यवस्था अनुसार लेखापरीक्षण प्रतिवेदन पेश नगरेकोले २१ वटा सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ ९२० बमोजिम जनही १ लाख रुपैयाँ जरिवाना गरेको छ। कारवाही हुने कम्पनीहरुको विवरण निम्नानुसार छः एरोनेट प्रा. लि. ब्रोडब्यान्ड सोलुसन्स प्रा. लि. क्लिन नेटवर्क प्रा. लि. कस्मिक नेट प्रा. लि. डाइरेक्ट मिडिया प्रा. लि. डिभाइन स्ट्रिम नेटवर्क प्रा. लि. एभरेस्ट वायरलेस नेटवर्क प्रा. लि. गोरेटो कम्युनिकेशन प्रा. लि. इन्टरनेट हार्बर प्रा. लि. आइटेल नेटवर्क्स प्रा. लि. जानकी नेट प्रा. लि. कालिका नेट प्रा. लि. कृति दर्शन मिडिया प्रा. लि. क्षीरेश्वर नेटवर्क प्रा. लि. नेपाल नेट सञ्चार प्रा. लि. नुम्बुर नेटवर्क प्रा. लि. प्राइम नेटवर्क प्रा. लि. शाङ्ग्रिला इन्फर्मेटिक्स प्रा. लि. अल्ट्रानेट कम्युनिकेशन प्रा. लि. युनिफाइड कम्युनिकेशन प्रा. लि. युनाइट नेटवर्क्स प्रा. लि. त्यसैगरी दुधमती इन्टरनेट प्रालिले प्राधिकरणबाट इन्टरनेट सेवा सञ्चालनको अनुमतिपत्र नलिई उपकरण प्रयोग गरेको, आफ्नै नाममा होर्डिङ बोर्ड राखेको, तथा अप्टिकल फाइबर विस्तार लगायतका कार्य गरेकाले दूरसञ्चार ऐन, २०५३ को दफा २१ को प्रावधान बमोजिम कसैले पनि अनुमतिपत्र नलिई सेवा संचालन गर्न नपाउने र उक्त कम्पनीले प्राधिकरणमा पेश गरेको स्पष्टीकरण चित्त बुझ्दो नभएकोले दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (२) बमोजम २ लाख जरिवाना गरिएको प्रतिवेदनमा उल्लेख छ। The post गत आर्थिक वर्षमा वर्ल्डलिंक र सुबिसुसहित २४ सेवा प्रदायकमाथि दूरसञ्चार प्राधिकरणको कारवाही appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विराट एक्स्पो २०२६ मंसिर २ देखि, २ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य
TechnologyJust now

विराट एक्स्पो २०२६ मंसिर २ देखि, २ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य

उद्योग, व्यवसाय, सीप विकास, रोजगारी र लगानीका अवसरलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित विराटनगरमा विराट एक्स्पो २०२६ आयोजना हुने भएको छ। उद्योग संगठन मोरङको आयोजनामा आगामी मंसिर २ देखि ११ गतेसम्म विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा एक्स्पो सञ्चालन हुनेछ। एक्स्पो बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। बुधबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिअनुसार यस वर्षको एक्स्पोको मुख्य विषयवस्तु ‘द ...

टेक्नोलोजी खबर
बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न सीएसआरआई नेपालको ‘ग्लोबल रिसर्च ग्रान्ट २०२६’ घोषणा
TechnologyJust now

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न सीएसआरआई नेपालको ‘ग्लोबल रिसर्च ग्रान्ट २०२६’ घोषणा

नेपालको पहिलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल) ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई) क्षेत्रलाई लक्षित गर्दै ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ घोषणा गरेको छ। आधुनिक समयमा वित्तीय क्षेत्रमा एआईको तीव्र प्रयोग बढिरहेका बेला उत्पन्न नयाँ प्रकृतिका साइबर जोखिम, डाटा गोपनीयताका जटिल चुनौती तथा नियमनकारी मापदण्डको पालनालाई व्यवस्थित ...

टेक्नोलोजी खबर
One Cover Academy and Aadim National College partner for Next-Gen Tech & AI education
TechnologyJust now

One Cover Academy and Aadim National College partner for Next-Gen Tech & AI education

The landscape of technology education in Kathmandu is undergoing a transformative shift. As the demand for specialized tech professionals surges both locally and globally, bridging the gap between traditional classroom theory and practical industry requirements has never been more critical. In a major development for higher education, One Cover Academy has officially partnered with Aadim National College to revolutionize artificial intelligence ...

टेक्नोलोजी खबर
‘पल्सर आरपीएम’ को पोखरा संस्करण सम्पन्न
TechnologyJust now

‘पल्सर आरपीएम’ को पोखरा संस्करण सम्पन्न

बजाज पल्सरको युवाकेन्द्रित कार्यक्रम ‘पल्सर आरपीएम’ को पोखरा संस्करण ३ हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ। कात्तिक १४ गते (अक्टोबर ३१) पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा मोटरसाइकल स्टन्ट, क्यालिस्थेनिक्स प्रतियोगिता, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरिएको थियो। सम र कार्यक्रमस्थलसम्मको पहुँचमा केही चुनौती रहे पनि दर्शकको उल्लेखनीय उपस्थितिले पोखरामा पल्सर आरपीएमप्रति देखिएको उत्साहलाई ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play