Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा आज दुई खेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा आज दुई खेल
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । बुधबार विश्राम दिइएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज (बिहीबार) दुई खेल हुने छन् । नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजनिक गरेको खेलतालिकाअनुसार अन्तर्गत आज दुई खेल हुनेछन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्टस भिड्दा साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्स प्रतिस्पर्धा गर्नेछन् । हालसम्म तीन खेलमध्ये दुई जित र एक खेलमा अंक बाँडेको लुम्बिनी पाँच अंकसहित शीर्ष स्थानमा छ । लगातार तीन खेल नै हारेको पोखरा पुछारमा छ । एनपीएलको तेस्रो संस्करणमा आठ टोली प्रतिस्पर्धामा छन् । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गरिरहेका छन् । समूह चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् । पहिलो क्वालिफायर मंसिर १, इलिमिनेटर मंसिर २, दोस्रो क्वालिफायर मंसिर ३ र फाइनल मंसिर ५ गते हुनेछ । जारी एनपिएलमा हालसम्म १३ खेल सम्पन्न भएका छन् । जसमा ११ अर्अशतक प्रहार भएका छन् । शतक भने जारी सिजनमा हालसम्म कुनै पनि खेलाडीले जोड्न सकेका छैनन् । ११ अर्धशतकमा सात अर्धशतक भने नेपाली खेलाडीको नाममा रहेको छ । विराटनगर किङ्सका लोकेश बमले दुई अर्धशतक प्रहार गरिसक्नुभएको छ । यस्तै विराटनगरकै इमरान शेख, आन्द्रे रसेल, काठमाडौं गोर्खाजका राशिद खान, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, चितवन राइनोजका डेभिड मलानले अर्धशतक हिर्काउनुभएको छ । जसमा आन्द्रे, मोइन, हसन, मलानबाहेक सबै नेपाली खेलाडी छन् । कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा १३ खेल सम्पन्न हुँदा प्लेयर अफ दी म्याचमा पनि नेपाली खेलाडीकै वर्चश्व देखिएको छ । १३ मध्ये एक खेल वर्षाका कारण रद्द भएकोमा १२ खेल भएका थिए । जसमा आठ नेपाली र चार विदेशीले प्लेयर अफ दी म्याच पाए । आफ्नो टिमलाई जिताउन महत्त्वपूर्ण भूमिका निभाएका खेलाडी प्लेयर अफ दी म्याच चुनिँदै ५० हजार पुरस्कार पाउने गरेका छन् । प्लेयर अफ दी म्याच पाउने नेपाली खेलाडीमा लुम्बिनीका शेर मल्ल,चितवनका कमलसिंह ऐरी, कर्णालीका कप्तान सोमपाल कामी, युनिश विक्रम सिंह, सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, जनकपुरका राहुल यादव, तृतराज दास र काठमाडौंका कप्तान करण केसी रहनुभएको छ । यस्तै विदेशी खेलाडीमा सुदूरपश्चिमका ब्रान्डन म्याकमलेन, विराटनगरका आन्द्रे रसेल, लुम्बिनीका रुबेन ट्रम्पेलम्यान रहनुभएको छ । रसेल दुई खेलमा प्लेयर अफ दी म्याच हुनुभएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्यो, युरो र पाउन्डको बढ्यो
Latest NewsJust now

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्यो, युरो र पाउन्डको बढ्यो

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित कतिपय मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहित केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ।  हिजो पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारको मूल्य घट्दा युरो, पाउन्डसहित केही मु... ...

नेपालखबर
हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटी विजयी, लाइपझिग ३-२ ले पराजित
Latest NewsJust now

हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटी विजयी, लाइपझिग ३-२ ले पराजित

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर सिटीले आरबी लाइपझिगलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । खेलको ३७औँ मिनेटमा लाइपझिगका क्यास्टेलो लुकेबाले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न... ...

रातोपाटी
एसियामा श्रमशील जनसंख्या उच्च बिन्दुमा पुगेर घट्दै जाने
Latest NewsJust now

एसियामा श्रमशील जनसंख्या उच्च बिन्दुमा पुगेर घट्दै जाने

काठमाडौं । दक्षिण एसियामा काम गर्ने उमेरको जनसंख्या आगामी दिनमा घट्दै जाने प्रक्षेपण गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार उक्त जनसंख्या आगामी आठ वर्षभित्र उच्च बिन्दुमा पुगेर घट्न थाल्नेछ । तर, नेपालमा भने त्यस्तो अवस्था आउने छैन । विश्व बैंकले सार्वजनिक गरेको ‘डेमोग्राफिक चेन्ज इन साउथ एसियाः फ्रम टेलविन्ड्स टु हेडविन्ड्स फर डेभलपमेन्ट’ प्रतिवेदनअनुसार दक्षिण एसियामा हाल ...

हिमालय टाइम्स
स्लाभिया प्रागलाई पराजित गर्दै आर्सनल तेस्रो स्थानमा उक्लियो
Latest NewsJust now

स्लाभिया प्रागलाई पराजित गर्दै आर्सनल तेस्रो स्थानमा उक्लियो

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा इङ्लिस क्लब आर्सनलले स्लाभिया प्रागलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफमै बनाएको दुई गोलको अग्रता जोगाउँदै आर्सनलले महत्त्वपूर्ण अवे जित हात... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play