Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

आईफोन डुओको आपूर्ति समस्या कहिले समाधान हुन्छ भन्ने पक्का नभएको एप्पलको धारणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईफोन डुओको आपूर्ति समस्या कहिले समाधान हुन्छ भन्ने पक्का नभएको एप्पलको धारणा
Photo / Coverage: टेक्नोलोजी खबर

एप्पलका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सबिह खानले सोमबार कम्पनीको आर्थिक वर्षको चौथो त्रैमासिकको आम्दानीसम्बन्धी छलफलका क्रममा नयाँआईफोन डुओ को आपूर्तिमा देखिएको ढिलाइ स्वीकार गरेका छन्। तर ग्राहकले यो समस्या कहिलेसम्म समाधान हुने अपेक्षा गर्न सक्छन् भन्नेबारे उनले स्पष्ट जानकारी दिन सकेनन्। टेकक्रञ्चका अनुसार आपूर्तिमा देखिएको ढिलाइ आम्दानीसम्बन्धी छलफलका क्रममा उठेका विभिन्न चिन्तामध्ये एक थियो। कृत्रिम बुद्धिमता उद्योगको बढ्दो मागका कारण मेमोरी चिपको मूल्य बढिरहेको विषयमा पनि छलफलका क्रममा धेरै प्रश्न उठेका थिए। “आईफोन डुओको आपूर्ति अहिले पनि सीमित छ। यसको उत्पादन विस्तार राम्रोसँग भइरहेको छ र यो नयाँ तथा क्रान्तिकारी उत्पादन सकेसम्म छिटो ग्राहकको हातमा पुर्‍याउन हामी कडा मेहनत गरिरहेका छौँ। तर अहिले माग र आपूर्तिबीच सन्तुलन कहिले कायम हुन्छ भनेर अनुमान गर्न निकै कठिन छ,” खानले भने। एप्पल स्टोरमा लाइन बसेर फोन नकिनेका वा अग्रिम अर्डर खुल्नेबित्तिकै अर्डर नगरेका ग्राहकले अहिले फोनको डेलिभरीका लागि अर्को वर्षसम्म कुर्नुपर्ने अवस्था देखिएको छ। यसैबीच, भेरिजोनले पनिआईफोन डुओ को प्रि-अर्डर ढिलाइ भएको भन्दै आफ्ना ग्राहकसँग माफी मागेको छ। उसले क्षतिपूर्तिस्वरूप गिफ्ट कार्ड उपलब्ध गराइरहेको छ। अक्टोबरमा फाइनान्सियल टाइम्समा प्रकाशित एक रिपोर्टमा एप्पललेआईफोन डुओ को मागलाई “असाधारण” भनेको थियो। बिक्री सुरु भएको केही घण्टामै कम्पनीको वेबसाइटमा यो डिभाइसको स्टक सकिएपछि डेलिभरीको मिति अर्को वर्षसम्म पुगेको थियो। एप्पल आफ्नो प्रभावकारी आपूर्ति व्यवस्थापन प्रणालीका लागि परिचित भए पनि लामो समयसम्म डेलिभरीमा भइरहेको ढिलाइ उल्लेखनीय छ। तर आपूर्ति समस्याको सामना गर्ने एप्पल एक्लो कम्पनी भने होइन। कृत्रिम बुद्धिमता उद्योगबाट मेमोरी चिपको माग अत्यधिक बढेपछि विभिन्न हार्डवेयर उत्पादकका लागि आवश्यक सामग्रीको लागत बढेको छ। यसले उपकरणको मूल्य अझै बढ्न सक्ने जोखिम निम्त्याएको छ। खानले छलफलका क्रममा एप्पलले पनि आफ्ना विभिन्न उत्पादनको मूल्य बढाएको बताए। तर यस्ता निर्णय आफूहरूले “अनिच्छापूर्वक” गरेको उनको भनाइ थियो। आईफोन डुओको माग पूरा गर्न एप्पलले गरिरहेको प्रयासको अर्को संकेतस्वरूप कम्पनीले नयाँ फोल्ड गर्न मिल्ने डिभाइसका लागि टाइटानियम आपूर्ति गर्ने उत्पादक पेरिम्यानसँगको साझेदारी थप विस्तार गरिरहेको जनाएको छ। एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोन टर्नसले प्रारम्भिक मन्तव्यका क्रममा समीक्षक र ग्राहकबाट प्राप्त प्रतिक्रियाप्रति आफूहरू उत्साहित रहेको बताए। “आईफोन डुओसकेसम्म छिटो ग्राहकको हातमा पुर्‍याउन हामी कडा मेहनत गरिरहेका छौँ,” उनले भने। The post आईफोन डुओको आपूर्ति समस्या कहिले समाधान हुन्छ भन्ने पक्का नभएको एप्पलको धारणा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त
TechnologyJust now

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

१९ कात्तिक, काठमाडौं। नेपाल सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोष (Deposit and Credit Guarantee Fund – DCGF) को प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कोषको कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनियुक्त […] The post निक्षेप तथा कर्जा ...

आइसिटी फ्रेम
नेपाल स्टक एक्सचेञ्ज (NEPSE) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त
TechnologyJust now

नेपाल स्टक एक्सचेञ्ज (NEPSE) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

१९ कात्तिक, काठमाडौं। नेपाल सरकारले नेपाल स्टक एक्सचेञ्ज (NEPSE) को प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नेप्सेको आगामी कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। नेप्सेको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुवेदीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको […] The post नेपाल स्टक एक्सचेञ्ज ...

आइसिटी फ्रेम
गत आर्थिक वर्षमा वर्ल्डलिंक र सुबिसुसहित २४ सेवा प्रदायकमाथि दूरसञ्चार प्राधिकरणको कारवाही
TechnologyJust now

गत आर्थिक वर्षमा वर्ल्डलिंक र सुबिसुसहित २४ सेवा प्रदायकमाथि दूरसञ्चार प्राधिकरणको कारवाही

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त व्यक्तिहरुले अनुमतिपत्रको शर्तहरुको पालना नगरेको भन्दै गत आर्थिक वर्ष २०८२/८३ मा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम विभिन्न ३ ठूला सेवा प्रदायक कम्पनीहरुलाई कारबाही तथा जरिवाना गरेको छ। प्रधिकरणले वाईफाई नेपाल प्राइभेट लिमिटेड, वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड र सुबिसु लिमिटेडलाई कारवाही गरी जरिवाना तिराएको हो। यसबारे हालै दूरसञ्चार प्राधिकरणले जारी गरेको गत आर्थिक ...

टेक्नोलोजी खबर
विराट एक्स्पो २०२६ मंसिर २ देखि, २ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य
TechnologyJust now

विराट एक्स्पो २०२६ मंसिर २ देखि, २ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य

उद्योग, व्यवसाय, सीप विकास, रोजगारी र लगानीका अवसरलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित विराटनगरमा विराट एक्स्पो २०२६ आयोजना हुने भएको छ। उद्योग संगठन मोरङको आयोजनामा आगामी मंसिर २ देखि ११ गतेसम्म विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा एक्स्पो सञ्चालन हुनेछ। एक्स्पो बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। बुधबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिअनुसार यस वर्षको एक्स्पोको मुख्य विषयवस्तु ‘द ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play