काठमाडौं । दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको थालनी गर्ने पहिलो मल्टिप्लेक्स बिग मुभिजले प्रविधिको तीव्र विकास र दर्शकको बढ्दो अपेक्षा सम्बोधन गर्ने उद्देश्यले सिनेमा हललाई रेनोभेसन गरी अत्याधुनिक सुविधा सम्पन्न बनाएको छ । रेनोभेसनका क्रममा कम्पनीले आफ्नो मूल नारा ‘एक्स्पेरियन्स सिनेमा, एक्स्पेरियन्स द डिफरेन्स’लाई सार्थक बनाउन हलका हरेक पक्ष- प्रविधि, ध्वनि, सिट, वातावरणजस्ता पक्षमा अन्तर्राष्ट्रिय स्तर कायम गरेको छ । कम्पनीका अनुसार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजको हलमा स्टेट-अफ-द- आर्ट दृश्य प्रविधि वारको फोके आरजिबी लेजर प्रोजेक्टर जडान गरिएको छ । कम्पनीले युरोपेली ब्राण्डको बहुचर्चित वारको एसपिफोके-२० सी(सेरिज ४) स्मार्ट लेजर प्रोजेक्टरमा २१००० लुमेन्सको ब्राइटनेसन र फोके नेटिभ रेजुलेसन रहेको छ । पर्दामा चलचित्रका दृश्य अत्यन्त स्पष्ट, चम्किलो र जीवन्त बनाउन कम्पनीले ठूलो रकम खर्चेर उक्त प्रोजेक्टर जडान गरेको हो । चलचित्रका दृश्यमा वास्तविक र उच्च गुणस्तरीय रङ संयोजनका लागि ९८.५ प्रतिशतभन्दा बढी आरइसी २०२० र डिसिआई ए ३ कलर स्पेस सपोर्ट गर्ने प्रविधि जडान गरिएको छ । पर्दाका दृश्य अत्यन्त स्पष्ट, चम्किलो र जीवन्त बनाउन बिग मुभिजका हलहरूमा १९-४३ फिट, २०-४३ फिट र २०–४६ फिट आकारका विशेष सिल्भर स्क्रिन राखिएका छन् । साउण्ड सिस्टमतर्फ थ्री-डी इमर्सिभ साउण्ड सिस्टम जडान गरिएको छ । परम्परागत साउण्ड सिस्टमभन्दा फरक हरेक स्पिकरलाई स्वतन्त्र अडियो फिड दिने गरी ६४-च्यानल डल्बी एट्मस प्रविधि जडान गरिएको छ । हलको ओभरहेड र चारैतिर राखिएका स्पिकरहरू तथा सिपी(५) ए साउण्ड प्रोसेसरको मद्दतले १२८ वटासम्म साउण्ड अब्जेक्टहरूलाई एकैपटक नियन्त्रण गरी दर्शकलाई चारैतर्फबाट वास्तविक ध्वनि अनुभव गराउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार हलका सिट पनि आरामदायी बनाइएको छ । दर्शकलाई विशेष अनुभूति दिलाउन नयाँ लक्जरी तथा एर्गोनोमिक सिटिङ राखेको छ । दर्शकको सहजताका लागि २५५ वटा २२ इन्चका ‘च्याम्पियन सिरिज’ थिएटर कुर्सीहरू राखिएका छन् । थप विलासी र आरामदायी अनुभवका लागि २९ वटा २९ इन्चका ‘रोयल लक्जुरिया’ क्रिम कलर रिक्लाइनरहरू जडान गरिएको छ । हलभित्र नयाँ कार्पेटिङ, अकोस्टिक वाल कभरिङ र आधुनिक लाइटिङ व्यवस्था गरी पूर्णरूपमा नयाँ वातावरण तयार पारिएको बिग मुभिजका चेयरम्यान राजेन्द्र अर्यालले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
बिग मुभिजमा अन्तर्राष्ट्रियस्तरको सुविधा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






