Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/सनातनिक परम्परालाई जस्ताको तस्तै राखेर पुस्तान्तरण गर्नु आवश्यक : किरण थापा मगर

सनातनिक परम्परालाई जस्ताको तस्तै राखेर पुस्तान्तरण गर्नु आवश्यक : किरण थापा मगर

Share:WhatsAppFacebookX (Twitter)Telegram
सनातनिक परम्परालाई जस्ताको तस्तै राखेर पुस्तान्तरण गर्नु आवश्यक : किरण थापा मगर

काठमाडौं, कात्तिक ९ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भूगोल मात्र नभई साझा इतिहास, आस्था, संस्कृति, परम्परा र पहिचानको प्रतीक भएको बताउनुभएको छ । उहाँले नेपालको लामो ऐतिहासिक विरासत र पुर्खाहरूको त्याग, तपस्या तथा बलिदानबाट वर्तमान नेपाल निर्माण भएको उल्लेख गर्दै सनातनिक परम्पराको संरक्षण र पुस्तान्तरणमा जोड दिनुभएको हो । मुख्यमन्त्री थापा मगरले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेपालको मौलिक संस्कृति, परम्परा र ऐतिहासिक पहिचानलाई भावी पुस्तासम्म पुर्‍याउनु आवश्यक रहेको बताउनुभएको छ । “नेपाल केवल भूगोल मात्र होइन, यो हाम्रो साझा इतिहास, आस्था, संस्कृति, परम्परा अनि चिनारी पनि हो,” उहाँले भन्नुभएको छ । नेपालको वर्तमान स्वरूप निर्माणमा पुर्खाहरूको योगदान स्मरण गर्दै उहाँले भन्नुभएको छ, “निकै लामो विरासत, पुर्खाको पौरख, पसिना र रगतको बलिदानीको परिणति आजको हाम्रो विशाल नेपाल हो ।” मुख्यमन्त्री थापा मगरले नेपालको सनातनिक परम्परालाई मौलिक स्वरूपमै संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । “यहाँको सनातनिक परम्परालाई जस्ताको तस्तै राखेर पुस्तान्तरण गर्नु हाम्रो आवश्यकता हो,” उहाँले उल्लेख गर्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

आफ्नै छोराछोरी सामुदायिक विद्यालयमा पढाउँछन् शिक्षक, नतिजामा देखियो सुधार
राजनीतिJust now

आफ्नै छोराछोरी सामुदायिक विद्यालयमा पढाउँछन् शिक्षक, नतिजामा देखियो सुधार

दङ्गीशरण गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालय बुटनिया विगत ६ वर्षअघिसम्म भौतिक पूर्वाधारका हिसाबले कमजोर र विद्यार्थी सङ्ख्याका हिसाबले अत्यन्त न्यून थियो । तर, २०७६ सालमा कक्षा ६ देखि अध्ययन अध्यापन सुरु गरेको यस विद्यालयले त्यसयता शैक्षिक क्षेत्रमा सुधार गर्दै हरेक परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । हालसम्म यस विद्यालयबाट एसइइका चार वटा ‘ब्याच’का विद्यार्थीहरूले परीक्षा दिइसकेका छन् । परीक्षाको ...

फरकधार
सरकार पाँच वर्ष चल्नुपर्छ, गलत काम गरे खबरदारी गर्छौँ : प्रदीप पौडेल
राजनीतिJust now

सरकार पाँच वर्ष चल्नुपर्छ, गलत काम गरे खबरदारी गर्छौँ : प्रदीप पौडेल

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए । उनले सबै पक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध […] ...

लोकपथ
दोलखाको चित्र : भाषणमा परिवर्तन-गाउँबस्तीमा उस्तै सास्ती
राजनीतिJust now

दोलखाको चित्र : भाषणमा परिवर्तन-गाउँबस्तीमा उस्तै सास्ती

प्रश्न केवल बालेन सरकारले के भन्यो भन्ने होइन। भाषणले आशा जगाउन सक्छ, तर जनताको विश्वास कायम राख्ने काम परिणामले मात्र गर्छ । दोलखाले पनि त्यही परिणाम खोजिरहेको छ गणेश बस्नेत प्रकृतिको सुन्दर उपहार प्राप्त छ, हिमाल छ, पहाड छ, नदी छ, बहुमूल्य जडीबुटी छ, धार्मिक तथा सांस्कृतिक सम्पदा छन् ।जता हेर्यो मनमोहक दृष्यले जोकोहीको मन लोभ्याउँछन । जलविद्युत्, कृषि, पर्यटन र प्राकृतिक ...

जनताटाइम्स
क्रिकेटसँगै गैँडा संरक्षणमा पनि ‘चितवन राइनोज’को योगदान
राजनीतिJust now

क्रिकेटसँगै गैँडा संरक्षणमा पनि ‘चितवन राइनोज’को योगदान

दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो ।   क्लबमार्फत चितवन र यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी हुँदैछ । चितवन राइनोज स्पोर्टस क्लबका अध्यक्ष आयुष ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play