Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ : विष्णु पौडेल

सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ : विष्णु पौडेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ : विष्णु पौडेल

काठमाडौं, कात्तिक १० । नेकपा (एमाले)ले पार्टीको आन्तरिक एकता सुदृढ गर्दै संगठनलाई निर्वाचनकेन्द्रित बनाउन आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारीलाई तीव्रता दिएको छ। भेलामार्फत पार्टी पङ्क्तिलाई एकताबद्ध र सक्रिय बनाउँदै आगामी स्थानीय तहको निर्वाचनसहित बदलिँदो राजनीतिक परिस्थितिको सामना गर्ने रणनीति एमालेले अघि सारेको छ। राष्ट्रिय भेलाको तयारीका क्रममा पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा दोस्रो बैठक सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकासँग जोडिएका सवालमा नेता तथा कार्यकर्ताबीच साझा बुझाइ र एकरूपता विकास गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताउनुभयो। पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले सिंगो पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने निर्णय गरेको स्मरण गराउँदै उहाँले उक्त निर्णयको भावनाअनुसार पार्टी पङ्क्तिलाई उत्साहित बनाउने र निर्वाचनको तयारीमा परिचालित गर्ने काममा राष्ट्रिय भेला सफल हुने विश्वास व्यक्त गर्नुभयो। उपाध्यक्ष पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले आफ्नो प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो। २०८२ सालको निर्वाचन परिणामलाई क्षणिक र अस्थायी धक्काका रूपमा पार्टीले लिएको उल्लेख गर्दै उहाँले व्यवहारबाट उक्त बुझाइ पुष्टि गरी एमालेलाई पुरानै राजनीतिक धारमा फर्काउनुपर्ने बताउनुभयो। आगामी दिनमा उत्पन्न हुन सक्ने राजनीतिक चुनौतीको सामना गर्न पार्टी पङ्क्तिलाई तयार पार्नुपर्ने उहाँको भनाइ थियो। “सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,” उपाध्यक्ष पौडेलले भन्नुभयो। बैठकमा पार्टी महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक परिचालित हुन आग्रह गर्नुभयो। भेलाका उद्देश्य र सन्देशलाई पार्टी पङ्क्तिदेखि जनस्तरसम्म पुर्‍याउन व्यापक प्रचारप्रसारमा जुट्नुपर्ने उहाँले बताउनुभयो। बैठकको अध्यक्षता गर्नुभएका पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले भेलाको तयारीका क्रममा हालसम्म भएका कामबारे जानकारी गराउनुभयो। उहाँका अनुसार राष्ट्रिय भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटी, स्थानीय तह, जनसंगठन र विभिन्न तहका जनप्रतिनिधिसहित कुल ३ हजार १६४ जनाको सहभागिता रहनेछ। एमालेले उपलब्ध गराएको विवरणअनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य र केन्द्रीय निकायबाट ८१ जना सहभागी हुनेछन्। आठ प्रदेश कमिटी, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जनाको सहभागिता रहनेछ। त्यसैगरी, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लासहित जिल्ला तहबाट ४४० जना सहभागी हुनेछन्। पालिकास्तरका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जनालाई सहभागी गराइनेछ। संघीय संसद् तथा राष्ट्रिय सभाबाट ३५ जना र प्रदेशसभा सदस्यबाट १५५ जना सहभागी हुनेछन्। स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना र उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जनाको सहभागिता रहने एमालेले जनाएको छ। जनसंगठनका तर्फबाट ९६ जना सहभागी हुनेछन्। एमालेले राष्ट्रिय भेलालाई पार्टीभित्रको एकता थप मजबुत बनाउने, संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने र आगामी निर्वाचन तथा राजनीतिक गतिविधिमा नेता–कार्यकर्तालाई एकीकृत रूपमा परिचालन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। भेलाबाट पार्टीको आगामी कार्यदिशा स्पष्ट पार्दै संगठनलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

आनी  छोइङ डोल्माको नियुक्तिको विरोधमा प्रदर्शन गरेकाे आराेपमा पक्राउ परेका अकरम खाँन रिहा
राजनीतिJust now

आनी  छोइङ डोल्माको नियुक्तिको विरोधमा प्रदर्शन गरेकाे आराेपमा पक्राउ परेका अकरम खाँन रिहा

काठमाडौं, कात्तिक १० । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिको विरोधमा पर्यटनमन्त्रीको पुत्ला दहन गरेको घटनामा पक्राउ पर्नुभएका लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँन रिहा हुनुभएको छ। उहाँसँगै पक्राउ पर्नुभएका अर्का व्यक्ति वाजिउद्दिन मुसलमान पनि रिहा हुनुभएको छ। खाँनका अनुसार प्रहरीले उहाँलाई राति नियन्त्रणमा लिएर बिहान प्रहरी अधिकारीहरूसँगको छलफलपछि रिहा गरेको हो। आफू होटलतर्फ जाँदै गर्दा राति साढे १० ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play