Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

सञ्चारमन्त्रीले विश्व दूरसञ्चार मञ्चमा उठाए नेपालको जलवायु विपद् र डिजिटल विभाजनको मुद्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सञ्चारमन्त्रीले विश्व दूरसञ्चार मञ्चमा उठाए नेपालको जलवायु विपद् र डिजिटल विभाजनको मुद्दा
Photo / Coverage: टेक्नोलोजी खबर

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जलवायुजन्य विपद्बाट दूरसञ्चार पूर्वाधारको संरक्षण, डिजिटल विभाजन न्यूनीकरण तथा कृत्रिम बौद्धिकता (एआई)लगायतका उदीयमान प्रविधिमा समान पहुँच सुनिश्चित गर्न अन्तरराष्ट्रिय सहयोग विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। कतारको दोहामा जारी अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को विश्व दूरसञ्चार नीति मञ्च (पीपी–२६) मा नेपालको राष्ट्रिय नीति वक्तव्य प्रस्तुत गर्दै उनले विकासोन्मुख तथा अल्पविकसित मुलुकलाई डिजिटल रूपान्तरणको प्रक्रियामा पछाडि पर्न नदिन लक्षित प्राविधिक सहायता, प्रविधि हस्तान्तरण तथा सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेको बताए। विश्वव्यापी डिजिटल रूपान्तरणले नयाँ अवसर सिर्जना गरे पनि कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति, लगानी तथा प्रविधिमा असमान पहुँचका कारण विकासोन्मुख मुलुक थप पछाडि पर्ने जोखिम रहेको उनले उल्लेख गरे। डिजिटल पहुँचमा रहेको असमानतासँगै कृत्रिम बौद्धिकता, फाइभजीलगायतका उदीयमान प्रविधिमा पहुँचका आधारमा नयाँ प्रकारको डिजिटल विभाजन सिर्जना भइरहेको उनको भनाइ थियो । डिजिटल रूपान्तरणको लाभ सबै देश तथा समुदायमा समान रूपमा पु¥याउन अन्तरराष्ट्रिय सहकार्य अपरिहार्य रहेको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए। नेपालले डिजिटल कनेक्टिभिटी विस्तारमा उल्लेखनीय प्रगति गरेको जानकारी दिँदै उनले मोबाइल भ्वाइस सेवाको पहुँच जनसङ्ख्याको अनुपातमा शतप्रतिशत भन्दा बढी पुगेको र फाइबर ब्रोडब्यान्डको पहुँच ५३ दशमलव चार प्रतिशत रहेको बताए। ग्रामीण दूरसञ्चार विकास कोषमार्फत सेवा नपुगेका तथा दुर्गम क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तार भइरहेको उल्लेख गर्दै उनले राष्ट्रिय सूचना महामार्गअन्तर्गत २० हजार किलोमिटर बढी अप्टिकल फाइबर विस्तार भइसकेको जानकारी दिए। उक्त पूर्वाधारमार्फत २४ हजार ५०० भन्दा बढी सरकारी कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थालाई जोडिएको उनले बताए। अधिकांशः २४ कोर वा सोभन्दा बढी क्षमताका फाइबर केबल प्रयोग गरिएको जानकारी दिँदै उनले फोरजी विस्तारसँगै प्रमुख सहरबाट फाइभजी सेवा सञ्चालनको तयारी भइरहेको उल्लेख गरे। नेपालले डिजिटल पूर्वाधार विस्तारमा प्रगति गरे पनि भौगोलिक विकटता, छरिएका बस्ती, सीमित स्रोतसाधन तथा उच्च पूर्वाधार लागतका कारण सबै नागरिकमा समान रूपमा डिजिटल पहुँच पुर्याउनु चुनौतीपूर्ण रहेको उनले बताए। जलवायु परिवर्तनका कारण उत्पन्न विपद्ले दूरसञ्चार पूर्वाधार तथा सञ्चार सेवामा गम्भीर जोखिम निम्त्याइरहेको विषयमा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै सञ्चारमन्त्री डा. तिमिल्सिनाले सन् २०२६ को अगस्टमा आएको आकस्मिक बाढीले नेपालको मुख्य दूरसञ्चार फाइबर सञ्जालमा क्षति पुर्याउनुका साथै १९८ ओटा मोबाइल बेस ट्रान्ससिभर स्टेसन (बिटीएस) प्रभावित भएको उल्लेख गरे। विपद्का कारण सञ्चार सम्पर्क अवरुद्ध हुँदा उद्धार, राहत तथा आपत्कालीन सूचनाको आदानप्रदानमा चुनौती सिर्जना भएको उनले बताए। तथापि, प्रभावित सञ्चार सेवामध्ये ९० प्रतिशतभन्दा बढी सेवा तीन दिनभित्र पुनःस्थापित गरिएको उल्लेख गर्दै उनले विपद् प्रतिरोधी दूरसञ्चार पूर्वाधार तथा भरपर्दो आपत्कालीन सञ्चार प्रणालीको आवश्यकता थप स्पष्ट भएको बताए। डिजिटल सेवाको विस्तारसँगै बढ्दो साइबर ठगी तथा साइबर सुरक्षाका चुनौती, डिजिटल प्रविधिको प्रयोगमा आवश्यक सीपको अभाव र दूरसञ्चार पूर्वाधारलाई वातावरणमैत्री बनाउने आवश्यकता नेपालको प्राथमिकतामा रहेको उनले स्पष्ट पारे। ञनेपालले सस्तो र भरपर्दो डिजिटल कनेक्टिभिटी, डिजिटल पूर्वाधार, साइबर सुरक्षा, डिजिटल सीप विकास तथा उदीयमान प्रविधिको जिम्मेवार प्रयोगलाई प्राथमिकताका साथ अघि बढाइरहेको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए। उनले आइटियु तथा सदस्य राष्ट्रलाई ग्रामीण क्षेत्रमा डिजिटल पहुँच विस्तार, विपद् प्रतिरोधी सञ्चार पूर्वाधार निर्माण, आपत्कालीन सञ्चार प्रणालीको विकास तथा उदीयमान प्रविधिमा समान पहुँच सुनिश्चित गर्न विशेष सहयोग गर्न आग्रह गरे। यसका लागि लक्षित प्राविधिक सहायता, सहुलियतपूर्ण ऋण तथा अनुदान, प्रविधि हस्तान्तरण, क्षमता विकास र नीतिगत तथा नियामकीय सुधारमा सहयोग आवश्यक रहेको उनले बताए। आइटियुको सन् २०२८–२०३१ को रणनीतिक तथा वित्तीय प्राथमिकता निर्धारण गर्दा अल्पविकसित तथा विकासोन्मुख राष्ट्रका आवश्यकता र आवाजलाई अर्थपूर्ण रूपमा समेट्नुपर्नेमा समेत सञ्चारमन्त्री डा तिमिल्सिनाले जोड दिए। नेपाल डिजिटल रूपान्तरणका साझा उद्देश्य हासिल गर्न अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै उनले भौगोलिक अवस्थाका कारण कुनै पनि देश डिजिटल विकासको प्रक्रियाबाट पछाडि नछुट्ने विश्वव्यापी डिजिटल भविष्य निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे। रासस The post सञ्चारमन्त्रीले विश्व दूरसञ्चार मञ्चमा उठाए नेपालको जलवायु विपद् र डिजिटल विभाजनको मुद्दा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मोटोरोलाले सार्वजनिक गर्‍यो क्वालकमको फ्ल्यागशिप चिपसहितको ‘सिग्नेचर २७’ प्रिमियम ह्यान्डसेट
TechnologyJust now

मोटोरोलाले सार्वजनिक गर्‍यो क्वालकमको फ्ल्यागशिप चिपसहितको ‘सिग्नेचर २७’ प्रिमियम ह्यान्डसेट

मोटोरोलाले क्वालकमको फ्ल्यागशिप चिपसहितको ‘सिग्नेचर २७’ प्रिमियम ह्यान्डसेट सार्वजनिक गरेको छ। सेप्टेम्बरमा आयोजित ‘स्मार्टग्रागन समिट’ मा आफ्नो फ्ल्यागशिप डिभाइस ‘सिग्नेचर २७’ को झलक प्रस्तुत गरेपछि, मोटोरोलाले आधिकारिक रूपमा यस स्मार्टफोनलाई बजारमा ल्याएको हो। ७,००० एमएएच ब्याट्री क्षमता भएको यो ह्यान्डसेटमा रहेको ब्याट्री, यसको अघिल्लो ‘सिग्नेचर’ मोडलको तुलनामा ३५ प्रतिशत ठूलो छ। ७.९९ मिलिमिटर बाक्लो आल्मुनियम बडीमा निर्मित यस फोनमा क्वालकमको प्रिमियम ...

टेक्नोलोजी खबर
स्मार्टफोन लामो समयसम्म नयाँजस्तै चलाउन अपनाउनुहोस् यी ६ प्रभावकारी उपाय
TechnologyJust now

स्मार्टफोन लामो समयसम्म नयाँजस्तै चलाउन अपनाउनुहोस् यी ६ प्रभावकारी उपाय

काठमाडौं । स्मार्टफोन अहिले सञ्चारको साधनमा मात्र सीमित छैन । अनलाइन भुक्तानी, कार्यालयका काम, मनोरञ्जन, अध्ययनदेखि व्यक्तिगत जानकारी भण्डारण गर्नेसम्मका काममा यसको प्रयोग हुन्छ । दैनिक जीवनका अधिकांश काम स्मार्टफोनमा निर्भर हुन थालेपछि यसको कार्यक्षमता र सुरक्षा कायम राख्नु पनि उत्तिकै आवश्यक बनेको छ ।तर, धेरै प्रयोगकर्ताले फोन खरिद गर्दा यसको मूल्य र सुविधामा ध्यान दिए पनि प्रयोगका क्रममा आवश्यक ...

आइसिटी समाचार
एनभिडियाका सीईओमाथि विवादै विवाद, पद गुम्ने चर्चादेखि ८० अर्ब डलरको सम्पत्तिसम्म
TechnologyJust now

एनभिडियाका सीईओमाथि विवादै विवाद, पद गुम्ने चर्चादेखि ८० अर्ब डलरको सम्पत्तिसम्म

काठमाडौं । विश्वकै अग्रणी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङ व्यक्तिगत सम्बन्ध र कम्पनीको नेतृत्वलाई लिएर विवादमा तानिएका छन् । द न्युयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टअनुसार, हुआङको चिनियाँ नागरिक एलिस हुआङसँग मात्र नभई एनभिडियाकी वरिष्ठ अधिकारी किम्बर्ली पावेलसँग पनि सम्बन्ध रहेको दाबी सार्वजनिक भएको छ ।रिपोर्टमा किम्बर्लीले कम्पनीभित्र सिधै हुआङलाई रिपोर्ट गर्ने गरेको उल्लेख छ । ...

आइसिटी समाचार
जिमेल प्रयोगकर्ताले जान्नैपर्ने ७ उपयोगी फिचर, जसले बचाउँछ समय र बनाउँछ काम सहज
TechnologyJust now

जिमेल प्रयोगकर्ताले जान्नैपर्ने ७ उपयोगी फिचर, जसले बचाउँछ समय र बनाउँछ काम सहज

काठमाडौं । इमेल पठाउन र प्राप्त गर्न मात्र नभई दैनिक कामलाई व्यवस्थित बनाउन पनि जिमेल निकै उपयोगी प्लेटफर्म हो । व्यक्तिगत कुराकानी, कार्यालयका काम, व्यावसायिक सम्पर्कदेखि विभिन्न अनलाइन सेवामा खाता खोल्नेसम्म जिमेलको प्रयोग व्यापक छ । तर, धेरै प्रयोगकर्तालाई यसमा उपलब्ध सबै उपयोगी सुविधाबारे जानकारी नहुन सक्छ ।गुगलले जिमेलमा यस्ता थुप्रै फिचर उपलब्ध गराएको छ, जसको सही प्रयोगले समय बचाउनुका ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play