काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले साविक विजेता लुम्बिनी लायन्सलाई जितका लागि १०६ रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमा समेटियो। डेभिड मिलरको कप्तानीमा मैदान उत्रिएको कर्णालीको ब्याटिङ प्रदर्शन कमजोर रह्यो। टोलीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए। उनले १८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। त्यसैगरी, हुसेन तलतले २२ बलमा २४ रन जोडे जसमा २ चौका र १ छक्का समावेश थियो। गुल्सन झाले १३ र पवन सर्राफले १२ रन बनाए। टोलीका अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। दीपेन्द्र रावत शून्यमा आउट हुँदा अरिफुल इस्लाम र दीपक डुम्रेले समान ४, कप्तान मिलरले ५, नन्दन यादवले ३ र मार्क वाटले २ रन बनाए। लुम्बिनीको बलिङमा अभिशेष गौतम, डार्शी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले समान २-२ विकेट लिए। रुबेन ट्रम्पलम्यान र शेर मल्लले १-१ विकेट आफ्नो नाममा दर्ता गराए।
एनपीएल: लुम्बिनीलाई १०६ रनको सामान्य लक्ष्य

Read Complete Original Article
Published originally on नेपालन्युज






