Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सञ्चारगृहमा प्रहरी प्रवेश र पत्रकार पक्राउप्रति पत्रकार नेताहरूको आक्रोश

सञ्चारगृहमा प्रहरी प्रवेश र पत्रकार पक्राउप्रति पत्रकार नेताहरूको आक्रोश

Share:WhatsAppFacebookX (Twitter)Telegram
सञ्चारगृहमा प्रहरी प्रवेश र पत्रकार पक्राउप्रति पत्रकार नेताहरूको आक्रोश

काठमाडौं । सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई वर्तमान सरकारको असंवैधानिक कदम भन्दै पत्रकार नेताहरूले आपत्ति जनाएका छन्। शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरूले प्रेसमाथिको हस्तक्षेपले सरकारको कार्यशैलीमा शाहीकालीन झल्को दिएको टिप्पणी गर्दै यस्तो गतिविधिले सरकारलाई पतनको बाटोतर्फ लैजाने चेतावनी दिएका छन्। नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले वर्तमान सरकारले प्रेस स्वतन्त्रतामाथि सीधा हस्तक्षेप गरेर लोकतन्त्रको घाँटी निमोठ्न खोजेको आरोप लगाउनुभयो। ‘बालेन सरकार आउनेबित्तिकै विज्ञापन रोकेर आर्थिक नाकाबन्दी गर्‍यो। त्यसपछि लगातार पत्रकार पक्राउ गर्ने कार्य जारी भयो। अहिले आएर शाहीकाललाई माथ खुवाउने अभ्यास गरिएको छ,’ उहाँले भन्नुभयो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले आफ्ना गलत कदम ढाकछोप गर्न सञ्चारजगत्माथि प्रहार गरेको आरोप लगाउनुभयो। कानुनी राज्यमा कसैको सनकका आधारमा शासन सञ्चालन हुन नसक्ने उल्लेख गर्दै उहाँले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउनुभयो। ‘कानुनी राज्य कसैको सनकले चल्दैन। बालेनजी सनकी तानाशाह बन्न खोजेको हो भने यो देशमा संविधान छ, कानुन छ। तपाईंको भारदारी प्रथा चल्दैन,’ त्रिपाठीले भन्नुभयो। पत्रकारलाई गैरकानुनी रूपमा पक्राउ गरेर समाचार स्रोतबारे सोधपुछ गर्नु आपराधिक चरित्र भएको दाबी गर्दै उहाँले स्वतन्त्र प्रेसलाई लोकतन्त्रको अक्सिजन र जनताको मुटुको संज्ञा दिनुभयो। ‘के संवैधानिक व्यवस्था निलम्बित भएको हो र ?’ उहाँले प्रश्न गर्नुभयो। प्रेस सेन्टर नेपालका उपमहासचिव बुद्ध लोप्चनले लोकतन्त्रको मुख्य रक्षक मानिने मिडिया जगत्लाई आतंकित बनाउने कार्य भर्त्सनायोग्य रहेको बताउनुभयो। पत्रकारलाई नियन्त्रणमा लिने घटनाले सरकार कुन दिशातर्फ अघि बढिरहेको छ र के गर्न खोजिरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको उहाँको भनाइ थियो। मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बरालले आफूलाई आफ्नै कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको र समाचार स्रोतबारे सोधपुछ गरेको बताउनुभयो। त्यस्तै, डिएनए खबरका सम्पादक धिरज बस्नेतले आफूलाई ईसेवा स्क्यामसम्बन्धी विषयमा जानकारी लिनुपर्ने भन्दै झुक्याएर अपराध महाशाखा लगिएको बताउनुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

आर्थिक लेखक तथा पत्रकार रिसव गौतम ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’बाट सम्मानित
ताजा खबरJust now

आर्थिक लेखक तथा पत्रकार रिसव गौतम ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’बाट सम्मानित

काठमाडौँ । शब्दयात्रा प्रकाशनले लेखन तथा पत्रकारिताको क्षेत्रमा योगदान दिएबापत आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमलाई २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेको छ। शब्दयात्रा प्रकाशनले शनिबार बनेपास्थित आफ्नै सभाकक्षमा... ...

रातोपाटी
सत्ताको सुनौलो वाचा र विवेकको परीक्षा
ताजा खबरJust now

सत्ताको सुनौलो वाचा र विवेकको परीक्षा

सरकार वा पार्टीले आलोचकलाई झन्झट ठान्दा उनीहरूलाई सोध्नुपर्छ: नागरिकको भूमिका ताली बजाउनुमा सीमित छ ? लोकप्रियताले जवाफदेही हुनु नपर्ने छुट दिन्छ? ...

कान्तिपुर
जुगल-२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण
ताजा खबरJust now

जुगल-२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण

• सिन्धुपाल्चोकको जुगल-२ हिमालमा स्पेनका तीन पर्वतारोहीले पहिलोपटक सफल आरोहण गरेका छन्। • यस सफलताले नेपालको पर्वतीय पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ। • जुगल गाउँपालिकाले हिमाल आरोहण र पर्यटन प्रवर्द्धनका लागि 'जुगल भ्रमण वर्ष २०८३' सञ्चालन गरिरहेको छ। ...

नेपालबहस
सुदूरपश्चिमले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने
ताजा खबरJust now

सुदूरपश्चिमले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ । यो खेल ५-५ ओभरको हुने भएको छ । सुदूरपश्चिमका विदेशी खेलाडीले मैदान खेल्न योग्य नरहेको बताएर खेल्न तयार नभएपछि टसमा ढिलाई भएको थियो । लामो छलफलपछि म्याच रेफ्रीले खेल नखेलेमा विराटनगर किंग्सलाई २ अंक दिने ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play