Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

संसद् छल्ने र प्रेसमाथि दबाब सिर्जना गर्ने प्रयास मान्य हुँदैन : एमाले सचिव महेश बस्नेत

Share:WhatsAppFacebookX (Twitter)Telegram
संसद् छल्ने र प्रेसमाथि दबाब सिर्जना गर्ने प्रयास मान्य हुँदैन : एमाले सचिव महेश बस्नेत
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १८ । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारको कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संसद्लाई छलेर अध्यादेश ल्याउने प्रयासप्रति आपत्ति जनाउनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले पत्रकार तथा सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने, पत्रकारलाई कानुनी आधारबिना पक्राउ गर्ने र सञ्चारमाध्यमका कार्यालयअगाडि गाडी तेर्स्याउनेजस्ता गतिविधि लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको टिप्पणी गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “कहिले पत्रकार र सञ्चारमाध्यमका कार्यालयअगाडि गाडी तेर्स्याउने, कहिले पत्रकारलाई बिना कानुनी आधार पक्राउ गर्ने र अहिले चलिरहेका सदन बन्द गरेर संसद्लाई छलेर अध्यादेश ल्याउने ?” प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने नभई संविधान र लोकतान्त्रिक मूल्य, मान्यताको सम्मान गर्ने शासन आवश्यक रहेको उल्लेख गर्दै बस्नेतले संसद् छल्ने र प्रेसमाथि दबाब सिर्जना गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने धारणा व्यक्त गर्नुभएको छ। यसैबीच, सचिव बस्नेतले फेसबुकमै अर्को पोस्ट गर्दै गत भदौ २३ र २४ गतेको घटनापछि मुलुकको राजनीतिक परिस्थितिमा नयाँ समीकरण र संवादको आवश्यकता महसुस हुन थालेको दाबी गर्नुभएको छ। उहाँका अनुसार उक्त घटनाले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै कमजोर बनाउँछ भन्ने बुझाइमा रहेका नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उद्योगी, व्यवसायी, कर्मचारी तथा शिक्षकहरू अहिले साझा चिन्तासहित संवाद र सहकार्यको बाटोमा अघि बढ्न थालेका छन्। बस्नेतले २३–२४ पछिको राजनीतिक घटनाक्रम, देशी तथा विदेशी हस्तक्षेप र राज्यका संस्थागत संरचनामाथि परेको दबाबले मुलुकको भविष्यप्रति विभिन्न पक्षलाई गम्भीर बनाएको उल्लेख गर्नुभएको छ। व्यक्तिगत तथा दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित, लोकतान्त्रिक व्यवस्था र संस्थागत स्थायित्वका विषयमा साझा दृष्टिकोण निर्माण गर्ने प्रयास सुरु हुनु सकारात्मक पक्ष भएको उहाँको भनाइ छ। ‘अब व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित, लोकतान्त्रिक व्यवस्था र संस्थागत स्थायित्वका विषयमा साझा दृष्टिकोण बनाउने प्रयास सुरु भएको छ, यो राम्रो पक्ष हो’, उहाँले लेख्नु भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१८ करोड काण्डमा मुछिएपछि गगन र ओलीबीच गुन्डुमा वान-टू-वान वार्ता, यी विषयमा भयो छलफल
PoliticsJust now

१८ करोड काण्डमा मुछिएपछि गगन र ओलीबीच गुन्डुमा वान-टू-वान वार्ता, यी विषयमा भयो छलफल

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुन्डुस्थित ओली निवासमा करिब एक घण्टा एकान्त भेटवार्ता भएको छ । देशको बदलिँदो राजनीतिक परिस्थिति र मधेश प्रदेश सरकारको समीकरणलाई लिएर छलफल भइरहेको समयमा दुई प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । मंगलबार साँझ करिब ६ बजे ओली निवास पुगेका थापाले ...

फरकधार
प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारीका लागि काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री
PoliticsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारीका लागि काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री

भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा बुधबार काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय विदेश सचिव मिश्री नेपाल आएका हुन् । उनको भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय कूटनीतिक संवादका दृष्टिले महत्वपूर्ण मानिएको छ । भ्रमणका क्रममा मिश्रीले नेपाली पक्षसँग उच्चस्तरीय भेटवार्ता गर्ने ...

फरकधार
ट्रम्पलाई आफ्नै गढमा धक्का, अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता
PoliticsJust now

ट्रम्पलाई आफ्नै गढमा धक्का, अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

अमेरिकामा भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा डेमोक्रेटिक पार्टीले महत्त्वपूर्ण सफलता हासिल गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको प्रभाव रहेका केही क्षेत्रमा समेत डेमोक्रेटिक उम्मेदवारले जित हासिल गरेको विवरण सार्वजनिक भएसँगै अमेरिकी राजनीतिमा नयाँ शक्ति सन्तुलनको सम्भावना देखिएको छ । ट्रम्पको दोस्रो कार्यकालको जनमत परीक्षणका रूपमा हेरिएको निर्वाचनमा डेमोक्रेटहरूले रिपब्लिकनको नियन्त्रणमा रहेका केही महत्त्वपूर्ण सिट आफ्नो पक्षमा पारेका छन् । ...

फरकधार
बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल
PoliticsJust now

बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

काठमाडौं। जेनजी अगुवा रवि किरण हमालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री बालेन्द्र शाहदेखि नेपाली कांग्रेस सभापति गगनकुमार थापासम्मको नाम जोडिएर सार्वजनिक... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play