संविधानमाथि आँच पुर्याउने जोकोही सजायको भागीदार हुनुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि नभएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधान र लोकतन्त्रमा आँच आउने काम गर्ने जोसुकै भए पनि सजायको भागीदार हुनुपर्ने बताएका हुन्। ‘संविधानभन्दा माथि र डेमोक्रेसीभन्दा ठूलो केही छैन, कोही छैन। रास्वपा र रवि लामिछाने यसमा स्पष्ट छ, यसमा कहिल्यै कसैले दुविधा मान्नुपर्दैन,’ उनले भने, ‘संविधानमा आँच आउने कुनै पनि क्रियाकलाप जोकसैले गरेको छ भने त्यो सजायको भागीदार हुनुपर्छ र त्यसले जिम्मेवारी लिनुपर्छ।’ संविधानलाई बेवास्ता गर्ने तथा संविधानप्रदत्त अधिकारको उल्लंघन गर्ने जोकोहीले उन्मुक्ति नपाउने उनले स्पष्ट पारे। यस विषयमा पार्टीको बैठक बसेर छिट्टै आधिकारिक निर्णय सार्वजनिक गरिने पनि लामिछानेले जानकारी दिए।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एनपीएल: सुदूरपश्चिम र विराटनगरबिचको खेल ५ ओभरमा छोट्याइयो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबिचको खेल ५-५ ओभरमा खेलाइने भएको छ। वर्षाका कारण प्रभावित बनेको खेल मैदानबाट कभर हटाएर सञ्चालन हुन लागेको हो। नयाँ तालिकाअनुसार साँझ... ...

इलाममा सत्याग्रह बसेका डा.केसीको स्वास्थ्य सिथिल बन्दै
• डा. गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै इलाममा सत्याग्रह गरिरहेका छन्, तर उनले शारीरिक रूपमा शिथिल महसुस गर्दैछन्। • डा. केसीले छ बुँदे माग राखेका छन्, जसमा विवादित निर्णय खारेज गर्न, निष्पक्ष छानबिन गर्न र सरकारी मेडिकल कलेजको स्थापना समावेश छ। • सरकारले डा. केसीको सत्याग्रहप्रति खास चासो नदेखाएको र उनले अल्टिमेटमको थप समयावधिभित्र मागहरूको ...

सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध
काठमाडौ । मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध गरेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । सुन्दरीजल हुँदै गोसाईकुण्ड, हेलम्बुजस्ता गनतव्यहरूमा सहजै जान सकिने मोटर बाटो एक हप्तादेखि आयोजनाले रोक्दा आवागमनमा समस्या भएको स्थानीयवासी सुशील सिम्खडाले राससलाई जानकारी दिए । सुन्दरीजलस्थित महाँकाल खण्डमा संरचना बनाउन भनी मेलम्ची खानेपानी आयोजनाले सडक अबरोध गरेको हो । दैनिक सयौँ मानिसले प्रयोग ...

वर्षाले फूल खेतीमा क्षति, तिहार र छठको मुखमा किसान निराश
सिरहा । तिहार र छठ पर्वलाई लक्षित गरी फूल बिक्री गर्ने तयारीमा रहेका सिरहाका किसान लगातार दुई दिन परेको वर्षाले खेतीमा क्षति पुर्याएपछि निराश भएका छन्। फूल टिपेर बजार लैजाने तयारीमा रहेका किसानको महिनौँदेखिको मिहिनेत वर्षाका कारण खेर गएको छ। गोलबजार नगरपालिका–३ का किसान मनु स्याङ्दन विगत १५ देखि २० वर्षदेखि फूल खेती गर्दै आउनुभएको छ। उहाँले यस वर्ष चार कठ्ठा ...

