Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

संरक्षणसँगै जीविकोपार्जनमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
संरक्षणसँगै जीविकोपार्जनमा जोड
Photo / Coverage: नेपालन्युज

काठमाडौं।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु तथा जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक विकासलाई पनि प्राथमिकता दिनुपर्ने बताएकी छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ४७औं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री चौधरीले संरक्षण र विकासलाई परिपूरक बनाउँदै स्थानीय समुदायलाई संरक्षणको नेतृत्वकर्ता बनाउनु पर्ने बताइन्। उनले नेपालका १३ राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा शिकार आरक्ष, ६ संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रले मुलुकको कूल भूभागको करिब २३.३९ प्रतिशत क्षेत्र समेटेको जानकारी दिइन्। संरक्षित क्षेत्र व्यवस्थापनमा करिब एक हजार ४०० निजामती कर्मचारी, आठ हजारभन्दा बढी नेपाली सेना तथा स्थानीय समुदाय र संरक्षण साझेदारको योगदान रहेको उल्लेख गर्दै मन्त्री चौधरीले संरक्षण कार्यलाई प्रभावकारी बनाउन व्यावसायिक दक्षता, इमानदारी र संस्थागत प्रतिबद्धता आवश्यक रहेको बताइन्। बाघ, गैँडा, हिउँ चितुवा, सारस, घडियाल र बाह्रसिङ्गेको संरक्षणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै मन्त्री चौधरीले संरक्षणका उपलब्धिलाई दिगो बनाउन सहभागितामूलक संरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिइन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा संरक्षणको उच्चतम मापदण्ड कायम राख्दै जैविक विविधता, पारिस्थितिक अखण्डता र प्राकृतिक सम्पदाको संरक्षणमा कुनै सम्झौता गर्न नहुने उनको भनाइ थियो। मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्वलाई संरक्षण क्षेत्रको प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै यसको न्यूनीकरणका लागि राहत वितरणमा मात्र सीमित नभई पूर्वसूचना प्रणाली, जोखिम न्यूनीकरण, सुरक्षित आवास, वैकल्पिक बाली, शीघ्र प्रतिकार्य, बिमा तथा वैज्ञानिक व्यवस्थापनका उपाय अवलम्बन गर्नुपर्ने बताइन्। उनले मध्यवर्ती तथा संरक्षण क्षेत्रका स्थानीय समुदायको विकास र जीविकोपार्जनलाई प्राथमिकतामा राख्दै प्राकृतिक स्रोतको दिगो उपयोगबाट आर्थिक लाभ लिन सक्ने वातावरण बनाउनु पर्ने बताइन्। पर्यापर्यटन प्रवर्द्धन, होमस्टे विकास तथा जडीबुटी र गैरकाष्ठ वन पैदावारको दिगो संकलन तथा मूल्य अभिवृद्धिमार्फत स्थानीयस्तरमा रोजगारी सिर्जना र गरिबी न्यूनीकरणमा योगदान पुर्‍याउन सकिने मन्त्री चौधरीले उल्लेख गरिन्। संरक्षित क्षेत्र बाहिर रहेका जैविक मार्ग, वन, नदी तथा सिमसारको संरक्षणमा समेत ध्यान दिनुपर्ने बताउँदै उनले समुदायमा आधारित संरक्षण, निजी क्षेत्रसँगको सहकार्य र अन्तरनिकाय समन्वयलाई सुदृढ बनाउनु पर्नेमा जोड दिइन्। संरक्षण कार्यलाई प्रभावकारी बनाउन अनुसन्धान, प्रविधि र प्रमाणमा आधारित निर्णय प्रणाली विकास गर्नुपर्ने उल्लेख गर्दै मन्त्री चौधरीले संरक्षणमा खटिने रेन्जर, गेम स्काउट तथा फिल्ड कर्मचारीको सुरक्षा, क्षमता विकास र मनोबल अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताइन्। उनले विभागको संस्थागत सुदृढीकरण, नीतिगत सुधार, कानुनी स्पष्टता र संरक्षण तथा विकासबीच सन्तुलन कायम गर्न मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिक
Latest NewsJust now

नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिक

विराटनगरमा एक्स्पोको तयारी शुरु भएको छ। आगामी पुस २ देखि ११ गतेसम्म नवौँ संस्करणको ‘विराट एक्स्पो २०२६’ आयोजना हुन लागेको हो। विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा सञ्चालन हुने सो एक्स्पोको औपचारिक घोषणा गर्दै उद्योग संगठन मोरङले बुधवार थिम, मस्कट र अवधारणा सार्वजनिक गरेको हो। ‘द इकोसिस्टम अफ अपर्चुनिटिज’ थिमका साथ आयोजना गर्न ल... ...

नेपालखबर
तिहारका लागि १,५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेंसी झारिए
Latest NewsJust now

तिहारका लागि १,५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेंसी झारिए

मुस्ताङ।तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडाच्याङ्ग्रा बेंसी झारिएका छन्। उक्त भेडाच्याङ्ग्रा तिहारका लागि बिक्री गर्न उपल्लो मुस्ताङ र डोल्पाबाट बेंसीतर्फ झारिएको हो। यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका अनुसार बुधबार बिहानसम्म डोल्पाबाट मुस्ताङ झारिएका र उपल्लो मुस्ताङबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा व्यापारीहरुले खरिद गरी बेंसी झारिएको बताएका छन्। कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा. लालमणि अर्यालका अनुसार तिहार पर्वलाई लक्षित गरी ...

नेपालन्युज
पाँच कर्मचारीलाई फलेवासको स्पष्टीकरण
Latest NewsJust now

पाँच कर्मचारीलाई फलेवासको स्पष्टीकरण

साजन परियारपर्वत, कात्तिक १८ गते । पर्वतको फलेवास नगरपालिकाले राजनीतिक दलमा आबद्ध कर्मचारीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ । राजनीतिक दलका विभिन्न तहका पदमा जिम्मेवारी... ...

गोरखापत्र
रोजगारीको बहानामा किशोरीमाथि शोषण
Latest NewsJust now

रोजगारीको बहानामा किशोरीमाथि शोषण

विराटनगर। विराटनगर-१३, मलाया रोड। सीमावर्ती क्षेत्रनजिकै रहेको यो बस्तीमा केही दिनयता एउटा घर र त्यससँग जोडिएको होटलमा अस्वाभाविक चहलपहल बढेको थियो। बाहिरबाट हेर्दा सामान्य देखिने होटलको पछाडि टिनले छाएको पुरानो घर थियो। स्थानीय रामनारायण साह रौनियारको स्वामित्वमा रहेको त्यही घरभित्र नेपाली किशोरीहरूलाई बन्धक बनाएर जबरजस्ती यौनधन्दामा लगाइएको घटना बाहिर आयो। पहाडी जिल्लाबाट राम्रो रोजगारी र भविष्यको सपना बोकेर विराटनगर आएका किशोरीहरूका ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play