संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता

संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् । तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेको संघीय संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पाँच, अर्थ समितिमा चार तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकार समितिमा तीन–तीन वटा विधेयक विचाराधीन छन् । त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्य व्यवस्था तथा सुशासन समितिमा दुई–दुई वटा तथा कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक विचाराधीन रहेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विचाराधीन छैनन् । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी राष्ट्रिय सेवा दल विधेयकको सन्देश मात्रै रहेको उनले बताए । प्रतिनिधिसभाका समितिमा अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन र खारेज गर्ने विधेयक, राहदानी (पहिलो संशोधन) विधेयक, भुक्तानी तथा फछ्र्योटसम्बन्धी विधेयक, फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक, चलचित्र विधेयक तथा खानी तथा खनिज पदार्थसम्बन्धी विधेयकलगायत छलफलका क्रममा छन् । ‘हाल संघीय संसद्मा ३६ वटा विधेयक विचाराधीन अवस्थामा छन् । त्यसमध्ये प्रतिनिधिसभाका समितिमा २४ वटा विधेयक विचाराधीन छन् । राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विचाराधीन छैनन्,’ प्रवक्ता गिरीले भने । संघीय संसद्मा नयाँ दर्ता भएका विधेयकको संख्या सात पुगेको छ । संसद्को अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक, २०८३ दर्ता भएको थियो । त्यसपछि थप छ वटा विधेयक दर्ता भएको प्रवक्ता गिरीले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्को अधिवेशन अन्त्य गरेका थिए । अधिवेशन अन्त्य भएपछि दर्ता भएका छ विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सुशासन (व्यवस्थापन तथा सञ्चालन) (पहिलो संशोधन) विधेयक, भवन (दोस्रो संशोधन) विधेयक, राष्ट्रिय सडक सुरक्षा विधेयक तथा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक रहेका छन् । त्यस्तै, सभामा प्रस्तुत भएर छलफल हुन बाँकी एउटा विधेयक छ । डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक सभामा विचाराधीन रहेको सचिवालयले जनाएको छ । समितिमा छलफल भएर प्रतिवेदन तयार भएका दुई विधेयक पनि प्रक्रियामा छन् । संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ को प्रतिवेदन समितिले सभामा पेस गरिसकेको छ । उक्त विधेयक सभामा विचाराधीन छ । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयकको समितिगत प्रतिवेदन भने तयार भएर सचिवालयमा प्राप्त भएको प्रवक्ता गिरीले बताए । उनका अनुसार संघीय संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकको संख्या १२ पुगेको छ । त्यस्तै, संसद्मा प्रस्तुत भएका छ वटा सन्धि तथा महासन्धि पनि पारित भइसकेका छन् । संसद् सचिवालयका अनुसार दशैं बिदापछि प्रतिनिधिसभाका विषयगत समितिमा विचाराधीन विधेयकमाथिको छलफल अघि बढाइनेछ । दशैं बिदाअघि केही विधेयकमाथि दफावार छलफल भइरहेको थियो भने केही विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरिएको थियो । बिदापछि विधेयकलाई टुंगोमा पुर्याउने गरी छलफल अघि बढाउने तयारी गरिएको सचिवालयले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा
९ कात्तिक, वालिङ (स्याङ्जा) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुन:स्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् । स्याङ्जाको पुतलीबजारमा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले मतभन्दा पनि कांग्रेसले विश्वास गुमाएको बताए । ‘कांग्रेसले गुमाएको मत होइन, विश्वास हो,’ उहाँले भन्नुभयो, ‘विश्वास पुन:स्थापित भयो भने मत त्यसलाई पछ्याउँदै… ...

हुंकार मधेशले तोक्यो २५ जिल्लामा सम्पर्क व्यक्ति
हुंकार मधेशले देशका विभिन्न २५ जिल्लाका लागि सम्पर्क व्यक्ति तोकेको छ। ...

सञ्चारमन्त्रीद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह
९ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका छन् । बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई आज मन्त्रालयलमा नियुक्तिपत्र हस्तान्तरणका अवसरमा उहाँले चलचित्रकर्मीहरूले बोर्ड सबैको साझा हुन सकेन भन्ने गुनासो रहेको उल्लेख गर्र्दै चलचित्रकर्मीहरूले वर्तमान सरकारबाट ठूलो… ...

आसाममा गुञ्जियो ‘प्रमोद एण्ड परम्परा’, झुम्मिए हजारौं नेपालीभाषी
काठमाडौं । नेपालबाट आसाम पुगेका लोकप्रिय गायक प्रमोद खरेल र उनको ‘परम्परा ब्यान्ड’ ले त्यहाँका नेपाली भाषीमाझ नेपाली संगीतको इन्द्रेणी छरे । दसैंको अवसरमा अक्टोबर १९ र २० मा असमका दुई फरक स्थानमा उनको सांगीतिक प्रस्तुती रहेको थियो । कार्यक्रमअन्तर्गत पहिलो दिन अक्टोबर १९ मा सोनितपुर जिल्लाको लोखरामा भव्य सांगीतिक धमाका भयो भने, अक्टोबर २०… ...


