Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

संघीय संसदका दुई समितिको बैठक बस्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
संघीय संसदका दुई समितिको बैठक बस्दै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने भएको छ । आज बिहान १० बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने तय भएको छ । बैठकमा समितिमा दफावार छलफलका लागि प्राप्त मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विज्ञ तथा सरोकारवालासँग छलफल गरिने कार्यसूची रहेको छ । यसैगरी, राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्ने भएको छ । बिहान ११:४५ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको भवनमा बस्ने बैठकमा फिनल्यान्डका पुस्तकालयविद्हरूसँग अन्तरक्रिया गरिनेछ । बैठकमा विविध विषयमा समेत छलफल हुने समितिले जनाएको छ । The post संघीय संसदका दुई समितिको बैठक बस्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिउँदलाई भारतबाट विद्युत् आयातको अनुमति
Latest NewsJust now

हिउँदलाई भारतबाट विद्युत् आयातको अनुमति

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर २ गते । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत... ...

गोरखापत्र
पर्वतीय जलवायु कार्यक्रम ०२७ देखि शुरू गर्न कोप–३१ मा नेपालको प्रस्ताव
Latest NewsJust now

पर्वतीय जलवायु कार्यक्रम ०२७ देखि शुरू गर्न कोप–३१ मा नेपालको प्रस्ताव

कार्यक्षेत्र र कार्यान्वयन विधि स्पष्ट पार्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। ...

हाम्राकुरा
बगानमै खेर गयो चिया
Latest NewsJust now

बगानमै खेर गयो चिया

सन्तोष सुवेदीधनकुटा, मङ्सिर २ गते । चिया बिक्री नहुँदा धनकुटाका किसानको बगानमै खेर जान थालेको छ । अन्य बाली छोडेर चिया खेतीतर्फ आकर्षित भएका किसान चिया बिक्री नहुँदा भने अहिले समस्... ...

गोरखापत्र
डिप्रेसन कसरी चिन्ने?
Latest NewsJust now

डिप्रेसन कसरी चिन्ने?

मानिसको जीवनमा दुःख, निराशा, तनाव र चिन्ता आउनु स्वाभाविक हो। असफलता, पारिवारिक तथा आर्थिक समस्या, सम्बन्धमा उतारचढाव वा प्रियजन गुमाउँदा केही समय मन खिन्न हुन सक्छ। तर उदासी लामो समयसम्म रहिरहे, दैनिक जीवन प्रभावित हुन थाल्यो र पहिले रुचि लाग्ने काममा समेत मन लाग्न छाड्यो भने त्यो डिप्रेसन अर्थात् अवसादको सङ्केत हुन सक्छ। मानसिक स्वास्थ्यबारे चर्चा बढे पनि डिप्रेसनलाई अझै कतिपयले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play