Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट
Photo / Coverage: नेपालन्युज

काठमाडौं।युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का कन्ट्री डाइरेक्टर नुमान ओज्जानले भेट गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा नेपालका ७५३ वटै स्थानीय तहमा रहेका सीप, रोजगार तथा उद्यमशीलता केन्द्रहरूको सुदृढीकरण, मर्यादित रोजगारी प्रबर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ। सो क्रममा नेपालमा सञ्चालित श्रम तथा रोजगारसम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनलगायत विषयमा समेत छलफल भएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राज्यमा विवेक र विचार हरायो, स्वाधीनता नै रहेन भने हामी रहँदैनौँ : प्रचण्ड
Latest NewsJust now

राज्यमा विवेक र विचार हरायो, स्वाधीनता नै रहेन भने हामी रहँदैनौँ : प्रचण्ड

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राज्य सञ्चालनमा विचार र विवेक हराउँदै गएको भन्दै मुलुकमा निरङ्कुश तथा विवेकहीन प्रवृत्ति हाबी भएको टिप्पणी गरेका छन्। मङ्गलबार पार्टी केन्द्रीय... ...

रातोपाटी
स्वार्थ बाझिने नियुक्ति सच्याएपछि मात्रै वार्ता गर्ने डा. केसीको अडान
Latest NewsJust now

स्वार्थ बाझिने नियुक्ति सच्याएपछि मात्रै वार्ता गर्ने डा. केसीको अडान

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वार्थ बाझिने नियुक्ति नसच्याएसम्म सत्याग्रह यथावत रहने बताएका छन्।  सत्याग्रहमा बसिरहेका डा. केसीले मंगलबार विज्ञप्ति जारी गरी माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका हुन्। ‘चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन तथा सामाजिक न्यायका लागि उठाइएका मागहरू सम्बोधन नभएसम्म सत्याग्रहसहितको हाम्रो आन्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play