शुभ साइतसँगै बडा दशैँको टीका-जमरा लगाउन थालियो

काठमाडौं । आज बडादशैँको मुख्य दिन अर्थात् विजयादशमी। बिहान १०:२६ बजेको उत्तम साइतसँगै मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम शुरू भएको छ। यतिबेला घर–घरमा नवदुर्गाको प्रसादस्वरूप रातो टीका थाप्ने र आशीर्वाद लिनेको उल्लास छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ८:४९ बजे देवी विसर्जनको र १०:२६ बजे टीकाको उत्तम साइत तोकेको थियो। सोही साइत पारेर घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाउन थालिएको हो। आज बिहानबाट शुरू भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म निरन्तर चल्छ। यद्यपि, नेपालका केही भागमा भने आज विजयादशमीको दिन मात्र रातो टीका र जमरा लगाउने चलन छ। यसैगरी, केही जाति र समुदायले आफ्नो कुल परम्पराअनुसार आज दही र अक्षता मुछेर सेतो टीका पनि लगाउने गरेका छन्। The post शुभ साइतसँगै बडा दशैँको टीका-जमरा लगाउन थालियो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

केएफसीको नयाँ पेय पदार्थ साझेदारमा कोका–कोला, पेप्सीसँगको करिब ४० वर्ष लामो साझेदारी अन्त्य
काठमाडौँ। अमेरिकी फास्टफुड चेन केएफसीले अमेरिकास्थित आफ्ना रेस्टुरेन्टहरूका लागि नयाँ पेय पदार्थ साझेदारका रूपमा कोका–कोलालाई छनोट गरेको छ। यस निर्णयसँगै केएफसी र पेप्सिकोबिचको करिब ४० वर्ष लामो साझेदारी अन्त्य हुने भएको... ...

यातायात सहज भएसँगै लाङटाङमा पर्यटकको चहलपहल बढ्दै
रसुवा । यातायातको सुविधा सहज बन्दै गएपछि रसुवाको प्रसिद्ध पर्यटकीय गन्तव्य लाङटाङमा पर्यटकको आगमन बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको हो । लाङटाङसम्म पुग्ने वैकल्पिक मार्ग तय भएसँगै पर्यटकको आवागमन सहज भएको छ । यातायातको सुविधा सहज भएपछि पर्यटक आउन थालेको र यसले पर्यटन व्यवसायीमा उत्साह थपेको लाङटाङस्थित माउन्टेन भ्युका ...

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष साहको निधन
जनार्जन खत्रीसर्लाही, कात्तिक ४ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहको बुधबार निधन भएको छ । ब्रह्मपुरी गाउँपालिका –२ घर भएका ८५ वर्षीय साहको बुधबार बिहान का... ...

आशीर्वाद दिने ती हातहरूको सम्झनामा…
काठमाडौँ। शरद ऋतुको नीलो आकाशमुनि यतिबेला सारा देश मालाश्रीको धुनमा झुमिरहेको छ । हावाको प्रत्येक झोँकासँगै पिङको मच्चाई, आँगनभरि पोखिने रातो अक्षताको चमक र जमराको सुगन्धले संसारलाई पुलकित बनाएको छ... ...


