शिक्षकलाई सामाजिक सञ्जालमा पदीय आचरण ननाघ्न निर्देशन

चितवन । शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न निर्देशन दिइएको छ । शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षकहरूलाई सो निर्देशन जारी गरेको हो । इकाईले जिल्लाका सबै विद्यालयलाई पत्राचार गर्दै प्रचलित कानुनी व्यवस्था र आचारसंहिताको पूर्णपालना गर्न तथा सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न निर्देशन दिएको हो । इकाई प्रमुख कृष्णचन्द्र पोखरेलले कानुन तथा नियममा भएका व्यवस्थाबारे स्मरण गराउँदै शिक्षक तथा कर्मचारीलाई सचेत गराइएको बताए । जिल्लाका केही शिक्षक तथा कर्मचारीले पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग गरेको भनी विभिन्न माध्यमबाट गुनासा प्राप्त भएकाले यस विषयमा सचेत गराइएको उनले बताए । उनले भने, “कानुन र नियमावलीमा भएका कुरा सम्झाएको मात्रै हो । यसको पालना गर्न सबैले पर्दछ ।” शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम ९१० को खण्ड (घ) तथा सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० को दफा ४ मा भएका व्यवस्थाको स्मरण गराउँदै इकाईले शिक्षक तथा कर्मचारीलाई कानुनी प्रावधानको पालना गर्न आग्रह गरेको हो । उक्त व्यवस्थाअनुसार नेपाल सरकार र नेपाली जनताको सम्बन्धमा खलल पार्नेगरी बेनामी वा काल्पनिक नामबाट लेख प्रकाशन गर्ने, प्रेसलाई सूचना दिने, रेडियो वा टेलिभिजनमार्फत भाषण गर्ने तथा सार्वजनिक भाषण वा वक्तव्य दिने कार्यमा निषेधात्मक व्यवस्था रहेको निर्देशनमा उल्लेख छ । शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (२) बमोजिम शिक्षक तथा कर्मचारीले आचारसंहिताको पालना गरे÷नगरेको विषयमा प्रभावकारी नियमन तथा अनुगमन गर्न पनि इकाईले सम्बन्धित विद्यालयलाई आग्रह गरेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

खोलामा डुबेका पुरुषको मृत्यु
घोराही समाचारदाताघोराही, कात्तिक १२ गते । दाङमा एक जना पुरुषको खोलामा डुबेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कटुवाखोलामा डुबेका घोराही उपमहानगरपालिका–१७ श्रीकृष्ण ट... ...

‘सर्वोच्चले १४ औँ महाधिवेशनलाई मान्यता नदिए कांग्रेस अलग-अलग दिशामा जान्छ’
काठमाण्डु- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता एनपी साउदले पार्टीभित्रको विवाद र महाधिवेशनको वैधानिकताबारे कडा गरेका छन्। उनले शेरबहादुर देउवा नेतृत्वमा भएको १४औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए पार्टी अलग-अलग दिशामा जान सक्ने बताएका छन्। साउदले विशेष महाधिवेशन र गगन थापा पक्षले गरेको नियमित महाधिवेशन दुवै विधिसम्मत नभएको दाबी गरे। देउवा अब पार्टी नेतृत्वमा नबस्ने उल्लेख […] ...

कुमाखमा केसर खेती, आम्दानीको सम्भावना
प्रतीक इच्छुक शर्मासल्यान, कात्तिक १२ गते । सल्यानमा पहिलो पटक सुरु गरिएको केसर खेतीबाट आम्दानी लिन सकिने सम्भावना देखिएको छ । कुमाख गाउँपालिका–३, चिनालीका किसान शेरबहादुर पुनले पर... ...

कर्णालीसँगको खेलमा लोकेश बमको अर्धशतक
काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका लोकेश बमले अर्धशतक बनाएका छन्। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा लोकेशले ३२ बलमा ६ छक्का र १ चौकासहित अर्धशतक... ...


