काठमाडौं । शाओमी नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिरहेको ‘शाओमी किन्दा उपहार एभ्रिडे बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेता घोषणा गरेको छ। कम्पनीका अनुसार सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्मका विभिन्न मितिका लागि रेडमी बड्स ६ प्ले का दैनिक विजेता घोषणा गरिएको छ। त्यस्तै रेडमी वाच ६ एक्टिभ का साप्ताहिक विजेतासमेत सार्वजनिक गरिएको छ। योजनाअन्तर्गत दैनिक रूपमा ८ जना भाग्यशाली विजेताले रेडमी बड्स ६ प्ले र साप्ताहिक रूपमा १० जना विजेताले रेडमी वाच ६ एक्टिभ प्राप्त गर्नेछन्। त्यस्तै बम्पर उपहारअन्तर्गत ४ जना भाग्यशाली विजेताले ४ रात ५ दिनको थाइल्यान्ड भ्रमण गर्ने अवसर पाउने कम्पनीले जनाएको छ। विशेषगरी रेडमी नोट १५ सिरिजलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको योजनामा ग्राहकले ‘टाइटन टफ’ प्रविधिसहितको स्मार्टफोन खरिद गर्दा आकर्षक उपहार जित्ने मौका पाउनेछन्। कम्पनीका अनुसार ग्राहकले शाओमीका स्मार्टफोन शून्य प्रतिशत ईएमआई सुविधामा समेत खरिद गर्न सक्नेछन्। यो योजना आगामी २५ नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ। शाओमी नेपालले योजनामा सहभागी भई उपहार जित्ने अवसरको लाभ लिन ग्राहकलाई आग्रह गरेको छ। The post शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

Read Complete Original Article
Published originally on कर्पोरट खबर






