Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं। शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले रु ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व सङ्कलन गरेको छ। पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका ४६ हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत रु ३२ करोड ३७ लाख ८८ हजार ९९० सङ्कलन गरेको हो । विभागका शाखा अधिकृत सुधा रेग्मीले १७१ टोलीका एक हजार ४९३ आरोहीलाई आरोहण अनुमति प्रदान गरेबापत उक्त राजस्व सङ्कलन भएको जानकारी दिइन् । हिमाल आरोहणका लागि एक हजार १३७ पुरुष र ३५६ महिलाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएको उनले जानकारी दिइन् । विभागका अनुसार धवलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरूबाट विभागले रु ८४ लाख ७३ हजार ६५० राजस्व सङ्कलन गरेको विभागका शाखा अधिकृत रेग्मीले उल्लेख गरिन् । उनका अनुसार मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएकामा रु छ लाख ८८ हजार ५० राजस्व सङ्कलन भएको हो । यसैगरी, हिम्लुङ हिमालका लागि १३ टोलीका १३० आरोही र आमादब्लम हिमाल आरोहणका लागि ३४ टोलीका ४१२ जनाले आरोहण अनुमति लिएका हुन् । साथै पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल, पेरीलगायत हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ । उक्त हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४९३ आरोहीले अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी चीनका १४२ जना रहेका उनले जानकारी दिइन् । यसबाहेक रसिया, फ्रान्स, अमेरिका, बेलायत, पोल्यान्ड, नेपाल, स्वीट्जरल्यान्ड, स्पेन, भारत, इटली, जापानलगायत देशका आरोहीले अनुमति लिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

मौसम खुलेसंगै खचाखच पृथ्वीराजमार्ग (फोटो फिचर)
ताजा खबरJust now

मौसम खुलेसंगै खचाखच पृथ्वीराजमार्ग (फोटो फिचर)

• मौसममा सुधार आएसँगै पृथ्वी राजमार्गमा सवारी साधनको चाप बढेको छ। • काठमाडौँ प्रवेश गर्ने नागढुङ्गा–नौबिसे र नौबिसे–मुग्लिन खण्डमा सवारीको ओहोरदोहोर ह्वात्तै बढेको छ। • यात्रुहरू ढुक्क भएर यात्रा गरिरहेका छन् र राजमार्ग छेउमा सवारी कुरेर बसेका यात्रुहरूको संख्या पनि धेरै छ। ...

नेपालबहस
सांग्रिला बैंकको वार्षिकोत्सवमा स्वास्थ्य शिविरदेखि विद्यार्थीलाई शैक्षिक सामग्रीसम्म
ताजा खबरJust now

सांग्रिला बैंकको वार्षिकोत्सवमा स्वास्थ्य शिविरदेखि विद्यार्थीलाई शैक्षिक सामग्रीसम्म

• सांग्रिला डेभलपमेन्ट बैंकले २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गर्यो। • बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निःशुल्क स्वास्थ्य शिविर र विद्यालयका विद्यार्थीलाई सामग्री उपलब्ध गराउने घोषणा गरेको छ। • आगामी दिनमा बैंकका सेवाहरूलाई स्मार्ट र आधुनिक बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। ...

नेपालबहस
अम्बे स्टिलमा आगलागी हुँदा ८ जना कामदार घाइते, २ जनालाई उपचारका लागि भारत लगियो
ताजा खबरJust now

अम्बे स्टिलमा आगलागी हुँदा ८ जना कामदार घाइते, २ जनालाई उपचारका लागि भारत लगियो

बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। जानकी गाउँपालिका-५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा त्यहाँ कार्यरत ८ जना कामदार घाइते भएका प्रहरीले जनाएको छ। आइतबार बिहान कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमता) मा विद्युत् सर्ट भएर अचानक आगलागी भएको हो। आगल... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play