Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

शंकर पोखरेलको प्रश्न : अर्थतन्त्र सुधार्न असफल अर्थमन्त्री विश्वका प्रभावशाली व्यक्तिको सूचीमा पर्नु खुसी कि व्यङ्ग्य ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
शंकर पोखरेलको प्रश्न : अर्थतन्त्र सुधार्न असफल अर्थमन्त्री विश्वका प्रभावशाली व्यक्तिको सूचीमा पर्नु खुसी कि व्यङ्ग्य ?
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २४ । मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त बन्दै गएको र आर्थिक सुधारको अपेक्षाअनुरूप परिणाम देखिन नसकेको अवस्थामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका ‘टाइम’को सन् २०२६ का १०० प्रभावशाली जलवायु व्यक्तित्वको सूचीमा समेटिनुभएको विषयलाई लिएर राजनीतिक वृत्तमा बहस सुरु भएको छ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अर्थमन्त्री वाग्लेको उक्त अन्तर्राष्ट्रिय पहिचानप्रति टिप्पणी गर्दै यसलाई नेपाली जनताका लागि खुसीको विषय मान्ने कि विडम्बनापूर्ण व्यङ्ग्यका रूपमा बुझ्ने भन्ने प्रश्न उठाउनुभएको छ । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भन्नुभएको छ, “अर्थतन्त्र सङ्कटग्रस्त बन्दै गएको बेला सुधार गर्न असफल अर्थमन्त्री विश्वका प्रभावशाली १०० व्यक्तिको सूचीमा पर्नु नेपाली जनताका लागि खुसीको विषय हो कि विडम्बनापूर्ण व्यङ्ग्य-बुझ्न कठिन भएको छ ।” अमेरिकी पत्रिका ‘टाइम’ले अर्थमन्त्री डा. वाग्लेलाई सन् २०२६ का जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्व (TIME 100 Climate) को सूचीमा समावेश गरेको हो । गत अगस्टमा नेपालमा आएको रसुवा–भोटेकोसी क्षेत्रको विनाशकारी बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा उहाँले गर्नुभएको पैरवी, जलवायु वित्त परिचालन तथा जलवायुजन्य विपद्बाट प्रभावित मुलुकको अधिकारका विषयमा उठाउनुभएको आवाजलाई उक्त पत्रिकाले महत्त्व दिएको छ । वाग्लेको नाम उक्त सूचीमा समावेश भएपछि उहाँ आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रेस विज्ञप्ति जारी गर्दै बधाई तथा शुभकामना व्यक्त गरेको छ । रास्वपाले विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्येता, नीतिनिर्माता तथा राजनीतिक व्यक्तित्वका रूपमा वाग्लेले योगदान पुर्‍याउँदै आउनुभएको उल्लेख गरेको छ । विशेष गरी रसुवा–भोटेकोसी बाढीपछि जलवायु न्यायका लागि विश्वमञ्चमा गर्नुभएको पैरवी, जलवायु वित्त परिचालनका लागि लिनुभएको पहल तथा अन्तर्राष्ट्रिय प्रणालीगत सुधारका विषयमा देखाउनुभएको अग्रसरता नेपालको सन्दर्भमा उल्लेखनीय रहेको पार्टीको भनाइ छ । पार्टीले वाग्लेको नेतृत्वमा विपद्पछिको आवश्यकता आकलन, जलवायुजन्य क्षतिका विषयमा तथ्यमा आधारित पैरवी तथा प्रभावित नागरिकका लागि अन्तर्राष्ट्रिय सहयोग परिचालनका प्रयास भएको जनाएको छ । रास्वपाले यस उपलब्धिलाई वाग्लेको व्यक्तिगत प्रयासको सम्मानका रूपमा मात्र नभई जलवायु सङ्कटको असमान असर भोगिरहेका नेपालजस्ता मुलुक र समुदायका सरोकारप्रति विश्वको ध्यानाकर्षणका रूपमा समेत व्याख्या गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारमा मिठाईको व्यापार सामान्य, उपभोक्ताले घटाए खरिदको मात्रा
PoliticsJust now

तिहारमा मिठाईको व्यापार सामान्य, उपभोक्ताले घटाए खरिदको मात्रा

तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन् । विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि पछिल्लो समय उपभोक्ताको संख्या बढ्दा पनि प्रतिव्यक्ति खरिदको मात्रा घटेकाले व्यापार सामान्य रहेको उनीहरूको भनाइ छ । काठमाडौंस्थित त्रिपुरेश्वरमा ४० वर्षदेखि सञ्चालनमा रहेको बाग्मती स्विट्सका व्यवसायी शिवराम खत्रीले तिहारमा हुनुपर्ने व्यापार यस वर्ष ...

फरकधार
एआई कम्पनीलाई नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय बनाउने
PoliticsJust now

एआई कम्पनीलाई नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय बनाउने

अस्ट्रेलिया सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सुरक्षित, जिम्मेवार तथा व्यवस्थित विकास र प्रयोग सुनिश्चित गर्न एआई विकासकर्ता कम्पनीका लागि अनिवार्य सुरक्षा मापदण्ड लागू गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले मंगलबार क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका छन् । प्रधानमन्त्री अल्बानिजका अनुसार प्रस्तावित कानुनी व्यवस्थाअन्तर्गत एआई क्षेत्रको नियमन तथा अनुगमनका लागि छुट्टै नियामक निकाय स्थापना गरिनेछ । उक्त निकायले ...

फरकधार
नेपाल संवत् ११४७ को अवसरमा विशिष्ट व्यक्तित्व सम्मानित
PoliticsJust now

नेपाल संवत् ११४७ को अवसरमा विशिष्ट व्यक्तित्व सम्मानित

नेपाल संवत् ११४७ को अवसरमा नेपाल भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने नौ जना विशिष्ट व्यक्तित्व सम्मानित भएका छन् । सिंफ नेवाः खलःद्वारा मंगलबार आयोजित ‘न्हुदँया भिंतुना र्याली व ज्याझ्‌वलय् हनेगु खँय्‌’ कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा हितकर वीर सिंह कसाः, तुलसी नारायण खमु श्रेष्ठ, प्रा. दिनेश राज पन्त, प्रा. डा. चुन्दा बज्राचार्य, राजु शाक्य, अमृत नारायण मानन्धर, ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play