Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, के-के भयो कुराकानी ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, के-के भयो कुराकानी ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले युनाइटेड अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जियुदीसँग भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा नेपाल र यूएईबीचको द्विपक्षीय व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनका विषयमा छलफल भएको जनाइएको छ। वैदेशिक व्यापारमन्त्री थानीसँग भेटपछिको तस्बिर फेसबुकमा सार्वजनिक गर्दै ढकालले भनेका छन्, ‘दुई देशबीचको आर्थिक सहकार्य विस्तारका विषयमा छलफल भएको छ।’ ढकालका अनुसार आगामी वर्ष नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुन लागेको सन्दर्भमा स्वर्णजयन्तीलाई विशेष समारोहका साथ मनाउने विषयमा पनि कुराकानी भएको छ। भेटमा यूएईका मन्त्री थानीले स्वर्णजयन्तीलाई ऐतिहासिक उपलब्धिका रूपमा मनाउनेबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेको ढकालले बताए। दुवै देशका सार्वजनिक तथा निजी क्षेत्रबीच सहकार्यको गति कायम राख्न उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको ढकालले बताए। त्यसैगरी, नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई थप स्पष्ट नीतिगत तथा नियामकीय व्यवस्था उपलब्ध गराउने र लगानीको वातावरणमा विश्वास बढाउने उद्देश्यले लगानीसम्बन्धी संरचना (इन्भेस्टमेन्ट फ्रेमवर्क) सुदृढ गर्ने विषयमा समेत छलफल भएको ढकालले बताए। नेपाल–यूएईबीच हवाई सम्पर्क विस्तारका सन्दर्भमा यूएईबाट पोखरासम्म फ्लाई दुबईले सिधा उडान सुरु गरेकोमा प्रशंसा गर्दै भैरहवासम्म पनि सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गरिएको ढकाले बताए। भैरहवासम्म सिधा उडान सुरु भएमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग यूएईको प्रत्यक्ष हवाई सम्पर्क स्थापित हुने र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको ढकालको भनाइ छ। भेटका क्रममा यूएईका लगानीकर्तालाई नेपालको जलविद्युत्, कृषि, सूचना प्रविधि तथा डेटा सेन्टर क्षेत्रमा लगानीका सम्भावना खोज्न औपचारिक निमन्त्रणासमेत दिइएको ढकालले बताए। त्यसबाहेक, नेपालमा केबलकार तथा स्की रिसोर्टजस्ता विशिष्ट र उच्चस्तरीय पर्यटन पूर्वाधारमा लगानी गर्न पनि आग्रह गरिएको उनले बताएका छन्। The post व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, के-के भयो कुराकानी ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
देउवा समूहकाे नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा गिरी मनोनीत
Latest NewsJust now

देउवा समूहकाे नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा गिरी मनोनीत

काठमाडाैँ। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा प्यूठानका अर्जुन गिरीलाई मनोनयन गरेको छ। समूहकाे १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले गिरीलाई नेपाल सांस्कृतिक महासंघको... ...

रातोपाटी
जेन्सेनलाई एनभिडियाकाे सीईओबाट हटाउने तयारी
Latest NewsJust now

जेन्सेनलाई एनभिडियाकाे सीईओबाट हटाउने तयारी

न्युयोर्क । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङलाई पदबाट हटाउने विषयमा सञ्चालक समितिले छलफल गर्न लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनीमाथि विवाहेतर सम्बन्ध र विदेशी गुप्तचरीसँग जोडिएका आरोप सार्वजनिक भएपछि कम्पनीले अनुसन्धानसमेत थालेको छ । वाल स्ट्रिट जर्नलका अनुसार, हुआङको भविष्यबारे छलफल गर्न सञ्चालक समितिले बुधबार आकस्मिक बैठक बोलाउने तयारी गरेको थियो । न्युयोर्क ...

केन्द्रबिन्दु
हिमाली संरक्षणका लागि जलवायु वित्त जुटाउन नेपालको आह्वान
Latest NewsJust now

हिमाली संरक्षणका लागि जलवायु वित्त जुटाउन नेपालको आह्वान

अन्ताल्या (टर्किए) कात्तिक २६ गते । कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका कारण सङ्कटमा परेको हिमाली पारिस्थितिकीय प्रणाली र समुदायको संरक्षणका लागि अन्तरराष्ट्... ...

गोरखापत्र
भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारका
Latest NewsJust now

भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारका

मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा भएको यात्रुवाहक हाइस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ११ जनाको पहिचान खुलेको छ।  जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार दुर्घटनामा ज्यान गुमाएका ११ जनाको शव हेटौंडा अस्पतालमा ल्याइएको थियो भने थप तीन जनाको शव दुर्घटनास्थलबाट भर्खरै फेला परेको हो। दुर्घटनास्थलमा शव फेला परेका थप तीन जनाको प... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play