Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न नीतिगत तथा प्रक्रियागत सुधारका कामहरू भइरहेका छन् : मन्त्री सोविता गौतम

Share:WhatsAppFacebookX (Twitter)Telegram
वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न नीतिगत तथा प्रक्रियागत सुधारका कामहरू भइरहेका छन् : मन्त्री सोविता गौतम
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ११ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न नीतिगत तथा प्रक्रियागत सुधारसँगै नागरिकलाई सही सूचना र जानकारी प्रदान गर्न आवश्यक रहेको बताउनुभएको छ। उहाँले आफू राजनीतिमा प्रवेश गरेदेखि नै नागरिकबाट सबैभन्दा धेरै सुनिएका गुनासाहरूमध्ये वैदेशिक रोजगारीका नाममा हुने ठगी पनि एक रहेको उल्लेख गर्दै यस समस्याको समाधानका लागि सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको हो। मन्त्री गौतमका अनुसार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको नेतृत्वमा वैदेशिक रोजगारी क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न नीतिगत तथा प्रक्रियागत सुधारका कामहरू भइरहेका छन्। “यस क्षेत्रको सुधारका लागि युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवज्यूको नेतृत्वमा विभिन्न नीतिगत तथा प्रक्रियागत सुधारका कामहरू भइरहेका छन्”, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ । नीतिगत र प्रणालीगत सुधारले मात्रै वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न पर्याप्त नहुने उहाँको भनाइ छ। नागरिकलाई सही प्रक्रिया र कानुनी व्यवस्थाबारे जानकारी गराउनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उहाँले औँल्याउनुभएको छ। “प्रणाली सुधारेर मात्र पुग्दैन, नागरिकलाई सही प्रणालीबारे सुसूचित गराउनु पनि उत्तिकै आवश्यक छ,” मन्त्री गौतमले भन्नुभएको छ। वैदेशिक रोजगारीमा जान चाहने नागरिकले कुन प्रक्रिया अपनाउने, कसलाई विश्वास गर्ने, ठगीबाट कसरी बच्ने र समस्या परे कहाँ सम्पर्क गर्ने भन्ने विषयमा स्पष्ट जानकारी समुदायस्तरसम्म पुर्‍याउनुपर्ने उहाँको धारणा छ। यसै उद्देश्यले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयबीच सहकार्य गरी विशेष पहल अघि बढाउन लागिएको पनि मन्त्री गौतमले जानकारी दिनुभएको छ। उहाँले भन्नुभएको छ, “यसै उद्देश्यका साथ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयको सहकार्यमा एउटा विशेष पहल लिएर छिट्टै आउँदै छौँ।” सरकारको उक्त पहलले वैदेशिक रोजगारीमा जाने नागरिकलाई सही सूचना प्राप्त गर्न, सम्भावित ठगीबाट जोगिन र समस्या परेको अवस्थामा सम्बन्धित निकायसम्म पुग्न सहज बनाउने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चेम्बरका अध्यक्ष अग्रवाल भन्छन्- प्रधानमन्त्रीको भ्रमणले भारतसँगको आर्थिक सम्बन्धमा ‘आइसब्रेक’
PoliticsJust now

चेम्बरका अध्यक्ष अग्रवाल भन्छन्- प्रधानमन्त्रीको भ्रमणले भारतसँगको आर्थिक सम्बन्धमा ‘आइसब्रेक’

नेपाल र भारतबीच लामो समयदेखि देखिँदै आएका आर्थिक तथा व्यावसायिक अवरोध हटाउने दिशामा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले सकारात्मक आधार तयार गरेको निजी क्षेत्रले बताएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भ्रमण छोटो भए पनि दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनका अनुसार नेपाल र भारत ऐतिहासिक रूपमा प्राकृतिक आर्थिक ...

फरकधार
कांग्रेस सहमहामन्त्री शाहीको अपिल– ‘सबैलाई मिलाएर लैजान तयार छौँ, नफुटौँ’
PoliticsJust now

कांग्रेस सहमहामन्त्री शाहीको अपिल– ‘सबैलाई मिलाएर लैजान तयार छौँ, नफुटौँ’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन बहादुर शाहीले पार्टी फुटेर होइन जुटेर जान आह्वान गरेका छन् । १५ औँ महाधिवेशनबाट गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले अद्यावधिक गरे पछि सहमहामन्त्री शाहीले सबैलाई एकजुट हुन आग्रह गरेका हुन् । नेपाली कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवा समूहले समान्तर गतिविधि गरिरहेको बेला शाहीले नेपाली कांग्रेस सबैलाई समेटेर […] ...

लोकपथ
वैकल्पिक आवासको सुनिश्चितताबिना सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णय आपत्तिजनक : एमाले
PoliticsJust now

वैकल्पिक आवासको सुनिश्चितताबिना सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णय आपत्तिजनक : एमाले

काठमाडौं, मंसिर ११ । नेकपा एमालेले वैकल्पिक आवासकाे सुनिश्चतताबिना सुकुम्वासीलाई हाेल्डिङ सेन्टरबाट हटाउने कार्य आपत्तिजनक भएकाे जनाएकाे छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति कडा आपत्ति जनाउनुभएको छ। उहाँले सरकारको उक्त कदमलाई आपत्तिजनक, अमानवीय र गैरजिम्मेवार भन्दै तत्काल निर्णय फिर्ता लिन माग गर्नुभएको छ। आचार्यले घर ...

जनताटाइम्स
कांग्रेस सहमहामन्त्री शाहीको अपिल-सबैलाई मिलाएर लैजान्छौं, कोही नफुटौं’
PoliticsJust now

कांग्रेस सहमहामन्त्री शाहीको अपिल-सबैलाई मिलाएर लैजान्छौं, कोही नफुटौं’

काठमाण्डु- नेपाली कांग्रेसका सहमहामन्त्री जीवनबहादुर शाहीले पार्टीभित्र एकता कायम राख्दै सबै पक्षलाई समेटेर अघि बढ्न आह्वान गरेका छन् । १५औँ महाधिवेशनबाट गगन थापा नेतृत्वमा निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएर अद्यावधिक गरेपछि शाहीले पार्टी फुटेर नभई जुटेर अघि बढ्नुपर्ने बताएका हुन् । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गरिरहेका बेला शाहीको यस्तो अपिल आएको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement