विश्वभर साइबर सुरक्षा जोखिम: राष्ट्र बैंकसमेत वित्तीय संस्थाका वेबसाइट बन्द, सामाजिक सञ्जालबाट सुचना प्रवाह हुने

काठमाडौं । विश्वभर देखिएको साइबर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको छ। बिहिबारदेखि नै नेपालमा सरकारी निकाय तथा बैंक तथा वित्तीय संस्थाका वेबसाइट र अनलाइन सेवासमेत प्रभावित भएका छन्। नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको अत्यन्त जरुरी सूचनामा वेब प्रविधि (PHP) मा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको छ। यसबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा असुविधा परेको छ। जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा सतर्कता अपनाउन र नियमित सुरक्षा निगरानी बढाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ। राष्ट्र बैंकले जोखिमलाई केन्द्रित गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन, प्रयोगमा रहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन सम्पूर्ण बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) तथा विप्रेषण कम्पनीहरूलाई अपिल गरेको छ। विश्वव्यापी रूपमा देखिएको सुरक्षा जोखिमले नेपालका सरकारी वेबसाइट तथा वित्तीय संस्थाका डिजिटल सेवामा समेत असर पारेपछि अनलाइन सेवाको नियमित सञ्चालनमा अन्योल देखिएको छ। आवश्यक सुचनाहरु आधिकारिक सामाजिक सञ्जालबाट प्रवाह हुने पनि राष्ट्र बैंकले जनाएको छ । सुरक्षा जोखिम नियन्त्रण तथा प्राविधिक परीक्षणपछि सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

हिंसात्मक फ्रान्सेली आन्दोलन : फेरि सडकमा उत्रिने कि नउत्रिने भन्नेमा प्रदर्शनकारीबिच अन्योल
काठमाडौँ । अक्टोबर १७ मा फ्रान्सभर भएका विरोध प्रदर्शनमा सहभागी मानिसहरू पसलमा भएको लुटपाट, सार्वजनिक भवनमा भएको तोडफोड र शान्तिपूर्ण जुलुसमा व्यापक रूपमा अश्रुग्यास प्रयोग गरिएको घटनाबाट अझै स्तब्ध छन् ।... ...

बांगलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने
काठमाडौं।बांगलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। “एनपिएलको तेस्रो संस्करणका लागि बांगलादेशका अन्तर्राष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ। सैफउद्दिन बलिङ र तल्लो क्रममा ब्याटिङ गर्न सक्ने अलराउन्डर हुन्। उनले सन् २०१७ मा ...

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न
बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता सम्पन्न भएको छ । नरहरिनाथ गाउँपालिका–९, लालुका सचेत युवाहरुको समूहले जिल्लामा नै पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता आयोजना गरेको हो । कालीकोट पुल–अप होल्ड च्यालेन्ज–२०८३ खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागितामा भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ । प्रतियोगितामा […] ...

रवि लामिछाने धनगढीमा अवतरण, गड्डाचौकी नाका भएर भारत जाँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धनगढी विमानस्थल अवतरण गरेका छन्। भारत भ्रमणका लागि निस्केका उनी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै त्यसतर्फ लाग्नेछन्। लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी उडेका थिए। धनगढीमा अवतरणपछि लामिछाने सडकमार्ग हुँदै कञ्चनपुरतर्फ आउँदैछन्। सडकमार्ग हुँदै उनी गड्डाचौकी नाका भएर भारत जानेछन्। भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने ...


