विश्वकप लिग- २ मा आज नेपालले ओमानविरुद्ध जित्नैपर्ने दबाबमा खेल्दै

काठमाडौं । नेपालले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिज अन्तर्गत आज ओमानविरुद्ध खेल्दैछ । ओमानको अल अमेरात स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शरू हुदैछ । नेपालले यस सिरिजका दुई खेल जितेको छ भने एक खेल हारेको छ । त्यस्तै ओमानले नेपालविरुद्धको खेल हारेको थियो भने क्यानडाविरुद्धएक खेल जितेको थियो । विश्वकप लिग-२ को शिर्ष चारमा परेर विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा सिधै छनौट हुने सम्भावना सकिए पछि नेपाल अहिले एकदिवसीय मान्यता जोगाउने लडाइमा रहेको छ । यसका लागि नेपालले लिग-२ को अंकतालिकामा शिर्ष ६ भित्र रहनु पर्ने हुन्छ । लिग–२ मा पाँचौँ र छैटौँ स्थानमा रहने टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता स्वतः जोगिनेछ भने सातौँ र आठौँ स्थानमा रहने टोलीको मान्यता जोखिममा पर्नेछ । नेपाल अहिले ३५ खेलमा २८ अंकसहित छैठौं स्थानमा रहेको छ र छैटौं स्थानमा पर्न आजको खेल जित्नैपर्ने अवस्थामा रहेको छ । साथै नेपालको लिग-२ को यस राउण्डको यो अन्तिम खेल पनि हो । क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिम ओमान पठाएको छ । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, नन्दन यादव, साहब आलम र सन्दीप जोरा रहेका छन् । The post विश्वकप लिग- २ मा आज नेपालले ओमानविरुद्ध जित्नैपर्ने दबाबमा खेल्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

रास्वपाभित्र बढ्दो निराशाको संकेत
यस घटनालाई सांसदहरूले आफ्नो स्वतन्त्र विवेक प्रयोग गरेको उदाहरणका रूपमा हेर्न सकिएला तर त्यसो गर्दा अर्को प्रश्न उठ्न सक्छ । ...

भारत छाड्ने आदेशविरुद्ध इमरान खान बम्बे हाईकोर्टमा, निर्णयलाई दिए चुनौती
मुम्बई । अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानले आफूलाई भारत छाड्न दिइएको नोटिसविरुद्ध शनिबार बम्बे हाईकोर्टमा रिट निवेदन दायर गरेका छन्। उनले उक्त नोटिसलाई मनपरी, गैरकानुनी र असंवैधानिक भएको दाबी... ...

दाङको गढवामा दुई महिलामाथि दुर्व्यवहारको प्रयास, प्रहरीले थाल्यो अनुसन्धान
रूपन्देही । दाङको गढवा गाउँपालिकामा दुई महिलामाथि दुर्व्यवहारको प्रयास भएको घटनामा प्रहरीले अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीले घटनाबारे मौखिक उजुरी प्राप्त भएपछि राति नै अनुसन्धान अघि बढाइएको जानकारी दिए । उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याइनेछ । आइतबार राति मादक पदार्थ सेवन गरेका केही युवाले दुई महिलामाथि दुर्व्यवहारको प्रयास गरेका ...

दुबैगैंडामा हायस २०० मिटर तल खस्यो, तीन जना घाइते
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ...


