दाङको गढवामा दुई महिलामाथि दुर्व्यवहारको प्रयास, प्रहरीले थाल्यो अनुसन्धान

रूपन्देही । दाङको गढवा गाउँपालिकामा दुई महिलामाथि दुर्व्यवहारको प्रयास भएको घटनामा प्रहरीले अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीले घटनाबारे मौखिक उजुरी प्राप्त भएपछि राति नै अनुसन्धान अघि बढाइएको जानकारी दिए । उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याइनेछ । आइतबार राति मादक पदार्थ सेवन गरेका केही युवाले दुई महिलामाथि दुर्व्यवहारको प्रयास गरेका थिए । सो क्रममा एक महिलाको ज्याकेटसमेत तानिएको जनाइएको थियो । घटनापछि दुवै महिलाले असुरक्षित महसुस गरेको र घटनामा संलग्नमाथी कारबाहीको माग गर्दै प्रहरीलाई जानकारी दिएका थिए । घटनालाई गम्भीरतापूर्वक लिएर निष्पक्ष अनुसन्धान गर्न र दोषीमाथि कानुनअनुसार कारबाही गर्न पीडित पक्षले माग गरेको छ । प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

शरद ऋतुमा बगैँचाको हेरचाह: कुन बिरुवा राख्ने, कुन हटाउने ?
कुन बिरुवा राख्ने र कुन हटाउने भन्ने सही निर्णयले बगैँचाको स्वास्थ्य र अर्को वर्षको फूल फुल्ने क्षमतामा महत्त्वपूर्ण प्रभाव पार्छ। ...

भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा
काठमाडौं । अभिनेता आमिर खानका भाञ्जा इमरान खानले भारत छाड्न दिइएको नोटिसविरुद्ध बम्बई उच्च अदालतमा निवेदन दिएका छन्। उनले उक्त नोटिस मनोमानी, गैरकानुनी र असंवैधानिक भएको दाबी गरेका छन् । भारतको विदेशी नागरिक दर्ता कार्यालयले इमरानलाई दोस्रो नोटिस पठाउँदै उनको भारतीय मूलका विदेशी नागरिक परिचयपत्र किन रद्द नगर्ने भन्दै १५ दिनभित्र जवाफ दिन भनेको छ । यसअघि उनलाई अक्टोबर २८ अघि ...

बारामा सुतिरहेको अवस्थामा सर्पले टोक्दा १० वर्षीया बालिकाको मृत्यु
रौतहट । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५, नौतन टोलका मनोज साहकी छोरी सन्झना कुमारी रहेकी छन्। आइतबार राति करिब ११:५५ बजे सुतिरहेको अवस्थामा उनलाई अज्ञात विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि अस्वस्थ भएकी बालिकालाई तत्काल उपचारका ...

घरमै सुतिरहेकी बालिकालाई सर्पले टोक्यो, उपचारका क्रममा मृत्यु
रौतहट । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५, नौतन... ...


