विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म खेलाइने

काठमाडौं । सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ। प्रतियोगितामा विश्वकप लिग–२ को पुछारमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिताबाट शीर्ष चारमा पर्ने टोलीले सन् २०२७ को विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। हालसम्म नेपाल, क्यानडा, यूएई, इटाली र युगान्डाले प्लेअफमा स्थान पक्का गरिसकेका छन्। च्यालेन्ज लिग ‘ए’ बाट जर्सी छनोट हुने निश्चित भएको छ भने कुवेतको स्थान पनि लगभग पक्का भएको छ। लिग–२ बाट ओमान र नामिबियामध्ये एक टोली प्लेअफमा आउनेछ। नेपालमा विश्वकप छनोट प्लेअफ आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खलाको तालिका पनि परिवर्तन हुने भएको छ। क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको समन्वय र सहमतिमा शृङ्खलाको नयाँ तालिका तय गरी सार्वजनिक गरिनेछ। The post विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म खेलाइने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

पुनःनिर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल
म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गरेका छन् । गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुदै मुस्ताङको सिमानामा रहेको रुप्से झरनासम्म पुगेका मन्त्री लम्सालले कालीगण्डकी बाढीबाट प्रभावित मालढुङ्गा पुल, पर्वतको फर्से, म्याग्दीको बेनी खानेपानी योजना, सिंगा तातोपानी कुण्ड र बेनी–दरवाङ–ढोरपाटन सडकअन्र्तगत फापरखेतको पहिरोको पनि निरीक्षण गरेका थिए । निरीक्षणपछि रुप्सेमा सडक विभाग, कालीगण्डकी कोरिडोर योजनाका अधिकारी ...

पुनर्निर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल
म्याग्दी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको बिहीबार स्थलगत निरीक्षण गरेका छन् । गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुदै मुस्ताङको सिमानामा रहेको रुप्से झरनासम्म पुगेका मन्त्री लम्सालले कालीगण्डकी बाढीबाट प्रभावित मालढुङ्गा पुल, पर्वतको फर्से, म्याग्दीको बेनी खानेपानी योजना, सिंगा तातोपानी कुण्ड र बेनी–दरवाङ–ढोरपाटन सडकअर्न्तगत फापरखेतको पहिरोको पनि निरीक्षण गरेका हुन् । निरीक्षणपछि […] ...

पुनः निर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल
म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गर्नुभएको छ । गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुँदै मुस्ताङको सिमानामा रहेको रुप्से झरनासम्म पुग्नुभएका मन्त्री लम्सालले कालीगण्डकी... ...

पुनर्निर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल
म्याग्दी।पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपदबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गरेका छन्। गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुँदै मुस्ताङको सीमानामा रहेको रुप्से झरनासम्म पुगेका मन्त्री लम्सालले कालीगण्डकी बाढीबाट प्रभावित मालढुङ्गा पुल, पर्वतको फर्से, म्याग्दीको बेनी खानेपानी योजना, सिंगा तातोपानी कुण्ड र बेनी–दरवाङ–ढोरपाटन सडकअन्तर्गत फापरखेतको पहिरोको पनि निरीक्षण गरेका हुन् । निरीक्षणपछि रुप्सेमा सडक विभाग, कालीगण्डकी कोरिडोर योजनाका अधिकारी र म्याग्दीका प्रमुख ...


