Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

विशेषज्ञ चिकित्सक अभावले चौतारा अस्पतालको सेवा प्रभावित

Share:WhatsAppFacebookX (Twitter)Telegram
विशेषज्ञ चिकित्सक अभावले चौतारा अस्पतालको सेवा प्रभावित
Photo / Coverage: नेपालन्युज

सिन्धुपाल्चोक। चौतारा प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावले सेवा प्रवाह प्रभावित भएको छ। सदरमुकाम चौतारामा रहेको उक्त अस्पताल ५० शय्यामा स्तरोन्नति भएको छ। दैनिक तीन सयभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरे पनि आवश्यक विशेषज्ञ जनशक्ति नहुँदा अपेक्षाअनुसार सेवा दिन चुनौती थपिएको हो। अस्पतालमा आधुनिक भवन र उपचारका लागि आवश्यक उपकरण पर्याप्त मात्रामा उपलब्ध छन्। सिजेरियन, एपेन्डिक्स, हाडजोर्नीसम्बन्धी शल्यक्रियादेखि डायलाइसिससम्मका सेवा सञ्चालनमा छन्। अस्पतालका अनुसार दैनिक तीनवटाभन्दा बढी शल्यक्रिया हुने गरेका छन्। तर, यी सेवा सञ्चालनका लागि आवश्यक विशेषज्ञ चिकित्सकको अभाव छ। चौतारा अस्पतालमा उपचाररत मनकुमारी खत्री ढाडको नसासम्बन्धी समस्याबाट पीडित छन्। उनलाई बस्न र उठ्नसमेत कठिनाइ छ। आवश्यक परीक्षण र विशेषज्ञ उपचार सहज रूपमा उपलब्ध नहुँदा थप उपचारका लागि राजधानी जानुपर्ने हो कि भन्ने चिन्ता उनलाई छ। अस्पतालमा एमआरआई सेवा उपलब्ध नहुनु र चिकित्सक फेरिइरहँदा पटक–पटक आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुपर्ने बाध्यता रहेको उनको गुनासो छ। विशेषज्ञ चिकित्सकको निरन्तरता नहुँदा उपलब्ध सेवासमेत नियमित सञ्चालन गर्न समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा विशेषज्ञ चिकित्सकका लागि छ जनाको दरबन्दी रहे पनि हाल छात्रवृत्ति करारमा नियुक्त एक जना विशेषज्ञ चिकित्सक मात्रै कार्यरत छन्। करारमा नियुक्त चिकित्सकले एक वर्षको अवधि पूरा गरेपछि अस्पताल छाड्ने गरेका छन्। नयाँ नियुक्तिका लागि विज्ञापन गर्दा समेत चिकित्सकको आवेदन नपर्ने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरीले बताए। उनका अनुसार सेवा क्षेत्रभित्रका स्थानीय तहले विशेषज्ञ चिकित्सकका लागि आर्थिक सहयोग वा अनुदानको व्यवस्था गर्न सके जिल्लामै विशेषज्ञ सेवा नियमित बनाउन सहज हुनेछ। गत असारमा हाडजोर्नी विशेषज्ञको सरुवापछि तीन महिनासम्म उक्त सेवा अवरुद्ध भएको थियो। बालरोग विशेषज्ञका लागि समेत आवेदन नपरेको अस्पतालको भनाइ छ। चिकित्सकलाई आकर्षित गर्न पर्याप्त आवासीय सुविधा र अतिरिक्त आर्थिक प्रोत्साहनको व्यवस्था नहुँदा जिल्लामा विशेषज्ञ चिकित्सक टिकाउन कठिन भइरहेको अस्पताल व्यवस्थापन समितिको निष्कर्ष छ। सरकारी तलब सुविधाले मात्रै विशेषज्ञ चिकित्सकलाई जिल्लामा आकर्षित गर्न नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विवेक भण्डारीले बताए। जुगल, बलेफी, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका नागरिक उपचारका लागि चौतारा अस्पताल आउने गरेका छन्। त्यसैले अस्पतालको सेवा प्रभावकारी बनाउन स्थानीय तहबीच सहकार्य र समन्वय आवश्यक रहेको व्यवस्थापन समितिको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतमा स्वच्छ ऊर्जा विस्तार गर्न अमेजनको सात अर्ब डलर लगानी
Latest NewsJust now

भारतमा स्वच्छ ऊर्जा विस्तार गर्न अमेजनको सात अर्ब डलर लगानी

• अमेरिकी कम्पनी अमेजनले भारतमा स्वच्छ ऊर्जा उत्पादन विस्तारका लागि २०३० सम्ममा सात अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। • यस लगानीले भारतको नवीकरणीय ऊर्जा उत्पादनमा वृद्धि र कम्पनीका सञ्चालनमा कार्बन उत्सर्जन घटाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। • अमेजनले भारतमा चार नयाँ सौर्य र पवन ऊर्जा परियोजना पनि घोषणा गरेको छ, जसले दीर्घकालीन योजना र उद्योगसँगको सहकार्यलाई ...

नेपालबहस
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
Latest NewsJust now

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ०५ अङ्कले घटेर दुई हजार ६२५ दशमलव ०५मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०६ अङ्कले घटेर ४७६ दशमलव १५ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५६ अङ्कले घटेर १८२ दशमलव ...

केन्द्रबिन्दु
मानव बेचबिखन तथा शारीरिक शोषण रोक्न प्रभावकारी कानुनी व्यवस्था गर्न सुझाव
Latest NewsJust now

मानव बेचबिखन तथा शारीरिक शोषण रोक्न प्रभावकारी कानुनी व्यवस्था गर्न सुझाव

काठमाडौं । सरोकारवालाहरुले मानव बेचबिखन तथा शारीरिक शोषण रोक्नका लागि प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समिति बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयकमाथिको छलफलका क्रममा उनीहरुले मानव बेचबिखनको परिभाषालाई विस्तृत बनाउर्दै यसबिरुद्ध प्रभावकारी कानुनी बनाउनुपर्ने सुझाव दिएका हुन् । बैठकमा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सबै ...

केन्द्रबिन्दु
खाडी क्षेत्रमा इरानी आक्रमण पुनः तीव्र
Latest NewsJust now

खाडी क्षेत्रमा इरानी आक्रमण पुनः तीव्र

तेहरान, मङ्सिर २ गते । इरानको केशम टापुस्थित क्षेप्यास्त्र अखडामा अमेरिकाले आक्रमण गरेपछि तेहरानले खाडी क्षेत्रका अमेरिकी सैन्य अखडालाई लक्षित गरी ड्रोन प्रहार गरेको छ । बहराइन र क... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play