Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ०५ अङ्कले घटेर दुई हजार ६२५ दशमलव ०५मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०६ अङ्कले घटेर ४७६ दशमलव १५ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५६ अङ्कले घटेर १८२ दशमलव २० मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३४ अङ्कले घटेर १६१ दशमलव ४२ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड एक लाख ६२ हजार ६०५ कित्ता सेयर रु चार अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ मूल्यमा खरिद बिक्री भएको छ । १३ उपसमूहमध्ये ११ उपसमूह घट्यो भने दुई उपसमूह बढेको छ । ६९ कम्पनीको सेयर बढ्यो भने २०० कम्पनीको सेयर घटेको छ । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज सानिमा लार्ज क्याप फण्ड, कुमारी सवल योजना र लिवर्टी इनर्जी कम्पनीलगायतका लगानीकर्ताले आम्दानी गरेका छन् । त्यसैगरी एभरेष्ट कलर, सयपत्री हाइड्रोपावर र सेन्ट्रल फाइनान्सलगायतका लगानीकर्ताले गुमाएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतमा स्वच्छ ऊर्जा विस्तार गर्न अमेजनको सात अर्ब डलर लगानी
Latest NewsJust now

भारतमा स्वच्छ ऊर्जा विस्तार गर्न अमेजनको सात अर्ब डलर लगानी

• अमेरिकी कम्पनी अमेजनले भारतमा स्वच्छ ऊर्जा उत्पादन विस्तारका लागि २०३० सम्ममा सात अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। • यस लगानीले भारतको नवीकरणीय ऊर्जा उत्पादनमा वृद्धि र कम्पनीका सञ्चालनमा कार्बन उत्सर्जन घटाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। • अमेजनले भारतमा चार नयाँ सौर्य र पवन ऊर्जा परियोजना पनि घोषणा गरेको छ, जसले दीर्घकालीन योजना र उद्योगसँगको सहकार्यलाई ...

नेपालबहस
विशेषज्ञ चिकित्सक अभावले चौतारा अस्पतालको सेवा प्रभावित
Latest NewsJust now

विशेषज्ञ चिकित्सक अभावले चौतारा अस्पतालको सेवा प्रभावित

सिन्धुपाल्चोक। चौतारा प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावले सेवा प्रवाह प्रभावित भएको छ। सदरमुकाम चौतारामा रहेको उक्त अस्पताल ५० शय्यामा स्तरोन्नति भएको छ। दैनिक तीन सयभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरे पनि आवश्यक विशेषज्ञ जनशक्ति नहुँदा अपेक्षाअनुसार सेवा दिन चुनौती थपिएको हो। अस्पतालमा आधुनिक भवन र उपचारका लागि आवश्यक उपकरण पर्याप्त मात्रामा उपलब्ध छन्। सिजेरियन, एपेन्डिक्स, हाडजोर्नीसम्बन्धी शल्यक्रियादेखि डायलाइसिससम्मका सेवा सञ्चालनमा ...

नेपालन्युज
मानव बेचबिखन तथा शारीरिक शोषण रोक्न प्रभावकारी कानुनी व्यवस्था गर्न सुझाव
Latest NewsJust now

मानव बेचबिखन तथा शारीरिक शोषण रोक्न प्रभावकारी कानुनी व्यवस्था गर्न सुझाव

काठमाडौं । सरोकारवालाहरुले मानव बेचबिखन तथा शारीरिक शोषण रोक्नका लागि प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समिति बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयकमाथिको छलफलका क्रममा उनीहरुले मानव बेचबिखनको परिभाषालाई विस्तृत बनाउर्दै यसबिरुद्ध प्रभावकारी कानुनी बनाउनुपर्ने सुझाव दिएका हुन् । बैठकमा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सबै ...

केन्द्रबिन्दु
खाडी क्षेत्रमा इरानी आक्रमण पुनः तीव्र
Latest NewsJust now

खाडी क्षेत्रमा इरानी आक्रमण पुनः तीव्र

तेहरान, मङ्सिर २ गते । इरानको केशम टापुस्थित क्षेप्यास्त्र अखडामा अमेरिकाले आक्रमण गरेपछि तेहरानले खाडी क्षेत्रका अमेरिकी सैन्य अखडालाई लक्षित गरी ड्रोन प्रहार गरेको छ । बहराइन र क... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play