काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजविरुद्ध ब्याटिङ गर्दै विराटनगर किंग्सले निकै सस्तोमै समेटिँदै ८३ रन मात्र बनाएको छ। काठमाडौँ गोर्खाजले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको विराटनगर १८.३ ओभरमा ८३ रनमा अलआउट भयो। विराटनगरको इनिङ्समा रुपेश सिंहले सर्वाधिक २६ रन बनाए भने एन्जेलो म्याथुजले २२ रन जोडे। त्यसैगरी बासिर अहमदले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। टिमका धेरैजसो खेलाडी सस्तोमै आउट हुन पुगे। काठमाडौँका बलरहरूको उत्कृष्ट प्रदर्शनसामू विराटनगरका ब्याट्सम्यानहरू टिक्न सकेनन्। बलिङतर्फ काठमाडौँका सन्तोष यादवले ३ विकेट लिए भने करण केसी र सहन अराचचिगेले २–२ विकेट हात पारे। त्यसैगरी जहादद खान, शाहब आलम र देव शाहले १–१ विकेट लिए।
विराटनगरको लज्जास्पद ब्याटिङ, ८३ रनमा अलआउट

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






