विराटनगर किङ्सले बागमती प्लास्टिकलाई बनायो अफिसियल होम पार्टनर

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्सले बागमती प्लास्टिकलाई आफ्नो अफिसियल होम पार्टनरका रूपमा आबद्ध गरेको छ । साझेदारीसम्बन्धी विराटनगरमा आइतबार भएको सम्झौतामा बागमती प्लास्टिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित राठी र विराटनगर किङ्सका निर्देशक स्वागत प्याकुरेलले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर समारोहमा विराटनगर किङ्सका मालिक पारस लुनियाले खेलकुदले मानिसलाई जोड्ने काम गर्ने बताए । उनले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटको न्युट्रल भेन्युका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि राज्यले खेलकुद पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिए । क्रिकेटको विकासका लागि निजी क्षेत्रसहित सबै पक्षको लगानी र सहकार्य आवश्यक रहेको लुनियाको भनाइ थियो । उनले खेलकुद क्षेत्रको विकासमा सामूहिक प्रयासले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । विराटनगर किङ्सका निर्देशक स्वागत प्याकुरेलले आगामी प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेको बताए । उनका अनुसार टिमले भारतमा अभ्यास गरिरहेको छ। उहाँले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किङ्सलाई उपाधि दिलाउने लक्ष्यका साथ तयारी अघि बढाइएको जानकारी दिए । बागमती प्लास्टिकसँगको साझेदारीले विराटनगर किङ्सको व्यावसायिक सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कार्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ । The post विराटनगर किङ्सले बागमती प्लास्टिकलाई बनायो अफिसियल होम पार्टनर appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

भोटेकोसी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ शोक र प्रतीक्षामा
घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दसैँको रौनक छ। तर राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवारका लागि यस वर्ष दसैँ खुसीको पर्व बन्न सकेको छैन। परिवारको भविष्य बनाउने सपना बोकेर रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोसी बाढीमा बेपत्ता भएपछि उनीहरूका परिवारमा खुसीभन्दा बढी पीडा छ। बाढीमा बेपत्ता प्रदीप थारुकी श्रीमती सि... ...

राष्ट्रपति पौडेलले गरे काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन
रामचन्द्र पौडेलले बडादशैँका अवसरमा सोमबार काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् । ...

मैतीदेवी मन्दिरमा राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल महाअष्टमीका अवसरमा मैतीदेवी मन्दिर पुगेर दर्शन गरेका छन् । ...

फ्रान्समा सुरक्षा असफलताको स्वीकारोक्ति: २ हजार ४०० पक्राउ, गृहमन्त्रीको राजीनामा अस्वीकृत
काठमाडौं । फ्रान्समा महँगी, इन्धनको मूल्यवृद्धि र सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध उर्लिएको जनप्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रों सरकारमाथि दबाब चुलिएको छ। देशभर भएको प्रदर्शनका क्रममा २ हजार ४०० जनाभन्दा बढी पक्राउ परेका छन् भने झन्डै एक हजार प्रहरी तथा सुरक्षाकर्मी घाइते भएका छन्। सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र व्यापक तोडफोड भएपछि सरकारको सुरक्षा तयारीमाथि गम्भीर प्रश्न उठेको छ। सुरक्षा व्यवस्थापनमा ...


