Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विराटनगर किङ्समा भित्रिए आन्द्रे रसेल

विराटनगर किङ्समा भित्रिए आन्द्रे रसेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
विराटनगर किङ्समा भित्रिए आन्द्रे रसेल

काठमाडौं । वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेलले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्। रसेललाई विराटनगर किङ्सले अनुबन्ध गरेको हो। विराटनगरले सामाजिक सञ्जालमार्फत रसेललाई टोलीमा भित्र्याएको जानकारी दिएको छ। विश्व क्रिकेटमा आक्रामक ब्याटिङ र प्रभावशाली बलिङका लागि परिचित रसेलले वेस्ट इन्डिजबाट १४३ खेल खेलिसकेका छन्। उनले ८६ टी–२० अन्तर्राष्ट्रिय खेलमा १ हजार १२२ रन बनाउनुका साथै ६१ विकेट लिएका छन्। रसेलले विश्वका दर्जनभन्दा बढी फ्रेन्चाइज लिगमा समेत आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन्। उनको अनुभव र आक्रामक खेलशैलीले एनपीएलको तेस्रो संस्करणमा विराटनगर किङ्सलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। रसेलको आगमनसँगै विराटनगरको टोलीप्रति समर्थकको चासोसमेत बढ्ने देखिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नौरथाभर पूजाआजामा व्यस्त रहन्छु : भवानी राणा
ताजा खबरJust now

नौरथाभर पूजाआजामा व्यस्त रहन्छु : भवानी राणा

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष राणा भन्छिन्- 'म आफैंले पाठ पनि गर्छु । गुरु राखेर पूजा पनि हुन्छ । १८ वर्षदेखि दसैंमा यही नित्यकर्म गर्दै आएकी छु ।' ...

कान्तिपुर
वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण
ताजा खबरJust now

वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण

काठमाडौं । इजरायली बस्तीका बासिन्दाहरूले कब्जामा रहेको वेस्ट ब्याङ्कमा युरोपेली कूटनीतिज्ञहरूको टोलीमाथि आक्रमण गर्नुका साथै फ्रान्सेली मेयर बर्नार्ड बाउडोक्सलाई कुटपिट गरेका छन्। अमेरिकी फोटो पत्रकारमाथि आक्रमण भएको भोलिपल्टै भएका घटनाप्रति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिन्ता व्यक्त गरेका छन्। उत्तरी फ्रान्सको औल्नोए–आयमेरिसका ७८ वर्षीय मेयर बाउडोक्स प्यालेस्टिनी किसानहरूसँग जैतुन टिप्न सहभागी भएका बेला मुख छोपेका व्यक्तिहरूले उनलाई लात्ती र फलामको बारले प्रहार ...

केन्द्रबिन्दु
खोइँछ भर्न जनकपुरको राजदेवी मन्दिरमा महिलाको घुइँचो
ताजा खबरJust now

खोइँछ भर्न जनकपुरको राजदेवी मन्दिरमा महिलाको घुइँचो

जनकपुरधाम । दसैँको महाअष्टमीका अवसरमा जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरमा दुर्गा माताको खोइँछ भर्न हजारौँ महिलाको घुइँचो लागेको छ। सन्तानको दीर्घायु, पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्दै महिलाहरू बिहानैदेखि विभिन्न शक्तिपीठमा... ...

रातोपाटी
बुटवलमा दसैं, अर्घाखाँचीमा घुमघाम : चन्द्र टण्डन
ताजा खबरJust now

बुटवलमा दसैं, अर्घाखाँचीमा घुमघाम : चन्द्र टण्डन

सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक टण्डनले यसपालि दसैं बिदामा विदेश घुम्ने योजना बनाएनन् । मुलुकलाई परेको पीडा भुलाउन र रीति तथा परम्परा जोगाउन दसैंलगायत चाडपर्व मनाउनुपर्ने बताए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play